लुम्बिनीमा कर्मचारी सरुवामा बेथिति
लुम्बिनी प्रदेश सरकारले कर्मचारी सरुवामा चरम बेथिति गरेकाे पाइएकाे छ। प्रदेश सरकारले ऐन/कानुनकाे उल्लघंन गर्दै कर्मचारी सरुवा गरेकाे पाइएकाे हाे।
बिएल संवाददाता - बुटवल
लुम्बिनी प्रदेश सरकारले कर्मचारी सरुवामा चरम बेथिति गरेकाे पाइएकाे छ। प्रदेश सरकारले ऐन/कानुनकाे उल्लघंन गर्दै कर्मचारी सरुवा गरेकाे पाइएकाे हाे।
बिएल संवाददाता - बुटवल
मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा मन्त्री न्यौपानेले आमनागरिकलाई मन्त्रालय र समग्र सरकारको प्रत्याभुत हुने गरी काम गर्न निर्देशन दिएका हुन्।
बिएल संवाददाता - लुम्बिनी
शनिबार राप्ती सोनारी गाउँपालिकाका वडा अध्यक्ष ‘ज्ञानु’ भनिने ज्ञानेन्द्र वली नेतृत्वको समूहले विनौनामा स्थानीय युवा सन्दीप विष्टमाथि आक्रमण गरेका छन्। अध्यक्ष आफैंले स्थानीय युवालाई सामान्य विवादमा धारिलो हतियार प्रहार गरेका थिए।
बिएल संवाददाता - बाँके
नेकपा (एमाले) लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा चेतनारायण आचार्य चयन भएका छन्। लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका आचार्य यसअघि संसदीय दलका उपनेता रहेका थिए।
बिएल संवाददाता - बुटवल
शनिबार दिउँसो २ बजे बस्ने संसदीय दलको बैठक प्रदेशको राजधानी भालुवाङमा राख्नुको साटाे बुटवलमा राखेको भन्दै पश्चिमी भेगका सांसदहरु आचार्यसँग असन्तुष्ट भएका हुन्।
बिएल संवाददाता - बुटवल
लसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले तुलसीपुर उपमहानगरपालिका–११ पिरगाउँ निवासी ५० वर्षीय बालाराम ओलीको मृत्यु भएको हो। आज दिउँसो १ बजेतिर घर नजिकै रहेको बारीमा मोटर लगाउने क्रममा तार ‘सर्ट’ भई करेन्ट लागेर घाइते भएका थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
बिएल संवाददाता - तुलसीपुर
सांसद ढकाल भनेका थिए, ‘शिक्षकहरुलाई एकपटक शिक्षक सेवा पास गरेका शिक्षकलाई ५/५ वर्षमा परीक्षा लिनुपर्ने र राति १ बजेसम्म दारु खान्छ तर ऊ शिक्षक हो।’
बिएल संवाददाता - बाँके
दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार शान्तिनगर–४ स्थित चिराघाट खोलाले बगाउँदा तुलसीपुर–२ झारगाउँ निवासी ६७ वर्षीय तेजबहादुर भण्डारीको मृत्यु भएको हो।
बिएल संवाददाता - दाङ
शनिबार मन्त्री न्यौपानेले कांग्रेस सभापति शेरबहादुर देउवालाई उनको निवास बूढानीलकण्ठमा भेट गरेका थिए। भेटका क्रममा सभापति देउवाले सरकारका कामकारबाही चुस्त रुपमा गर्न सुझाव दिए।
बिएल संवाददाता - काठमाडाैं
नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीले लुम्बिनी सरकारमा मन्त्री छनाैट सही ढंगले नगरेकाे भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई आपत्तिपूर्णपत्र लेखेका छन्। पुनले बुधबार विज्ञप्ति जारी गर्दै लुम्बिनीमा मन्त्री छनाैटकाे प्रक्रियाप्रति आपत्ति जनाएका हुन्।
बिएल संवाददाता - दाङ
सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसले मन्त्रीहरुको नाम पनि टुंगाएका छन्।
बिएल संवाददाता - बुटवल
भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु र सीता शर्मा (चाैधरी) मन्त्री बन्न लागेका हुन्। मन्त्री छनाेटमा महासचिव शंकर पाेखरेल समूह हाबी भएकाे छ।
बिएल संवाददाता - बुटवल
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीकाे दबाबमा महासचिव शंकर पाेखरेलनिकट उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएपछि गिरीले नैतिकताका आधारमा राजीनामा दिएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
दाङमा जडीबुटी उत्पादन बढेको छ। टिमुर, हर्रो, बर्रो, त्रिफला, लहरेगुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०८०–०८१ मा ६ लाख किलो जडिबुटी उत्पादन भएको छ। गत आर्थिक वर्षमा निजी वनबाट सबैभन्दा धेरै टिमुर उत्पादन भएको थियो। उक्त आवमा टिमुर एक लाख ४९ हजार ६ सय ७० किलो, मालागेडी एक लाख ३९ हजार ६ सय २० किलो, रिठा ८३ हजार ८ सय ७० किलो, तेजपात ४३ हजार ४ सय ५० किलो, काउलो ३६ हजार ५ सय किलो, दालचिनी ३५ हजार २० किलो, कालिकाठ २९ हजार ३ सय ७० किलो उत्पादन भएको छ। वन डिभिजन कार्यालयका अनुसार चुत्रो ९ सय ४० किलो, अमला ५ सय किलो, गुर्जो लहरा १ हजार किलो र तिगेडी ६ हजार ४ सय ६० किलो उत्पादन भएको छ। उक्त कार्यालयका प्रमुख मोहनप्रसाद श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७८–०७९ मा रु ६ लाख ३८ हजार राजस्व सङ्कलन भएको थियो। आर्थिक वर्ष २०७९–०८० मा त्यो घटेर रु ५ लाख ६१ हजार ५ सयमा सीमित भएको थियो। यद्यपि गत आर्थिक वर्ष २०८०–०८१ मा जडीबुटी सङ्कलन इजाजत बापतको राजस्वमा केही सुधार भएको छ। उक्त अवधिमा रु ५ लाख ७६ हजार ७ सय राजस्व सङ्कलन भएको छ। आर्थिक वर्ष २०७८–०७९ मा २९ हजार ५ सय ५० किलो टिमुर उत्पादन भएकामा आर्थिक वर्ष २०७९–०८० मा त्यो घटेर १३ हजार किलोमा झरेको थियो।
बिएल संवाददाता - दाङ
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रदेश अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
बिएल संवाददाता - लुम्बिनी
प्रदेशसभाको आज अपराहन्न १ बजे बस्ने बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ।
बिएल संवाददाता - बुटवल
दाङको दङ्गीशरण–७ बोगटी नजिकै जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार आज दाङको तुलसीपुरबाट सल्यानको कालीमाटी जाँदै गरेको लु१ज १३८३ नंको जिप दुर्घटना हुँदा चालक सल्यान कालीमाटी गाउँपालिका–२ का ४१ वर्षीय खिमबहादुर बोपाल मगर, जिपमा सवार कालीमाटी–३ का १६ वर्षीय किरण बोहरा, सोही ठाउँका १४ वर्षीय विपिन केसी, १० वर्षीया आरती थापा, ३० वर्षीय गणेश केसी, ५० वर्षीया धनसरी खत्री, १५ वर्षीया करिष्मा खत्री घाइते भएका छन्।
बिएल संवाददाता - तुलसीपुर
यसपटक आफू मुख्यमन्त्री बन्न नपाउने भएपछि लुम्बिनी नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लबहादुर चाैधरीले भने प्रतिशाेधकाे खेलमा लागेकाे छन। चाैधरीकाे त्याे खेल हाे, स्वर्गिय नेता खुमबहादुर खड्काका छाेरालाई मन्त्री बन्नबाट राेक्ने।
बिएल संवाददाता - काठमाडाैं
भारतको सीमा नजिक रहेका बाँकेका दुर्गम गाउँमा अझै पनि विद्युतीकरण हुन सकेको छैन। जिल्लाको राप्तीसोनारी–४ र १ को खयरभट्टीमा विद्युत् जडानका लागि स्थानीयले आग्रह गरेका छन्। सो क्षेत्रमा करिब चार सय ५० घरधुरीले विद्युत्को सुविधा नपाउँदा खानेपानी र सिँचाइको अभाव झेल्न बाध्य भएको स्थानीय प्रकाश नेपालीले जानकारी दिए। 'पहिले त हामीले खोलाको पानी नै खान्थ्यौँ तर पछिल्लो पटक केही घरमा धारा जडान भएको छ, खानेपानीको समस्या समाधान भएको छैन,' उनले भने। विद्युतीकरण भएपछि खोलामा बग्ने पानीको सदुपयोग गरेर खानेपानीको समस्या सधैँका लागि अन्त्य हुने उल्लेख गर्दै नेपालीले ठेकेदारको लापरबाहीले विद्युतीकरणको काम अघि बढ्न नसकेको बताए।
बिएल संवाददाता - नेपालगञ्ज
दाङमा खोलाले ट्याक्टर पल्टाउँदा एक जनाको मृत्यु भएको छ।
बिएल संवाददाता - दाङ