शनिबार, १६ नोभेम्बर २०२४

मन्त्री न्याैपानेलाई देउवाकाे बधाई, क्रियाशील बनेर काम गर्न गगन थापाकाे सुझाव

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

लुम्बिनी प्रदेशका मन्त्री प्रचण्डविक्रम न्यौपानेले कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस नेताहरुसँग भेटघाट गरेका छन्।

शनिबार मन्त्री न्यौपानेले कांग्रेस सभापति शेरबहादुर देउवालाई उनको निवास बूढानीलकण्ठमा भेट गरेका थिए। भेटका क्रममा सभापति देउवाले सरकारका कामकारबाही चुस्त रुपमा गर्न सुझाव दिए।

प्रदेशको औचित्य पुष्टिका लागि प्रदेश सरकारले प्रभावकारी रुपमा काम गर्नुपर्ने भन्दै सभापति देउवाले प्रदेशवासीलाई सरकारप्रतिको अपनत्व बोध गराउन मन्त्रीको भूमिका महत्वपूर्ण रहने बताए।

जनताका आवश्यकता पूरा गर्न सधैं क्रियाशील बनेर काम गरिनुपर्ने भन्दै सभापति देउवाले मन्त्री न्यौपानेलाई त्यो क्रियाशिलता कायम राखेर काम गर्न सुझावसमेत दिए। साथै देउवाले मन्त्री नियुक्त न्यौपानेलाई बधाई तथा शुभकामनासमेत दिएका गरेका थिए।

सभापति देउवासँगको भेटमा मन्त्री न्यौपानेले प्रदेश बासीलाई सरकारको अनुभूति दिलाउने गरी काम गर्ने बताएका थिए। यसैगरी मन्त्री न्यौपानेले कांग्रेस महामन्त्री गगन थापासँग पनि भेट गरेका छन्। महामन्त्री थापाले पनि प्रदेशबासीको हितका लागि सक्रिय भएर काम गर्न मन्त्री न्यौपानेलाई आग्रह गरेका थिए।

यसैगरी कांग्रेस नेता चन्द्र भण्डारी, बालकृष्ण खाँडले पनि प्रदेशमन्त्री न्यौपानेलाई बधाई तथा शुभकामना दिँदै प्रदेश बासीलाई प्रदेश सरकारको अनुभूति हुने गरी काम गर्न सुझाव दिएका थिए। यसैगरी मन्त्री न्यौपानेले कांग्रेस केन्द्रीय सदस्य दीपक गिरी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसँग समेत भेट गरेका छन्।

मन्त्रीको सपथ लिएपछि काठमाडौं पुगेका मन्त्री न्यौपानेले राजनीतिक तथा पारिवारिक भेटघाट गरिरहेका छन्। उनले कांग्रेस नेताहरुलाई भेट गरी धन्यवाद ज्ञापन गरिरहेका छन्।

नयाँ समीकरणपछि लुम्बिनीमा नेकपा (एमाले)का चेतनारायण आचार्य मुख्यमन्त्री भएका छन्। नेपाली काँग्रेस र एमालेका गरी ८ जना मन्त्री नियुक्त भए पनि उनीहरूको कार्यविभाजन भने भएको छैन।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?