काठमाडौं उपत्यकामा बाढीको वितण्डा (फोटो/भिडियो)
बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौंका नदी–खोलाको जलसतह बढेर आसपासका क्षेत्रमा बाढी पसेको छ। बाढीले यहाँको जनजीवन प्रभावित भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौंका नदी–खोलाको जलसतह बढेर आसपासका क्षेत्रमा बाढी पसेको छ। बाढीले यहाँको जनजीवन प्रभावित भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
नदीको पानीको बहाव उच्च रहेकोले खोजी कार्यमा समस्या भएको इलाका प्रहरी कार्यालय गौरीगन्जका प्रहरी निरीक्षक रामचन्द्र साहले बताए।
बिएल संवाददाता - काठमाडाैँ
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगातारको वर्षाका कारण प्राकृतिक विपत्तिको अवस्था सिर्जना हुन सक्ने भन्दै राज्यका सबै निकाय, सबै राजनीतिक दल, सामाजिक संघ-संगठन तथा आफ्नो पार्टीका कार्यकर्तालाई सतर्क रहँदै जनसेवामा जुट्न आग्रह गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसममा आएको खराबीका कारण आज साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
राष्ट्रिय मानव अधिकार आयोगले चाडपर्वमा आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न तीनै तहका सरकार, स्थानीय प्रशासन, सुरक्षा निकायलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ।
बिएल संवाददाता - काठमाडौँ
सहरकारीको रकम अपचलन गरेको आरोप लागेपछि भागेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडौँ
बिहीबार रातिदेखि परिरहेको वर्षाका कारण रातिमा पहिरोको जोखिम हुने देखिएकोले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म जिल्ला सुरक्षा समिति चितवनले सवारी सञ्चालनमा रोक लगाएको हो ।
बिएल संवाददाता - चितवन
बल्खु खोला बस्तीमा पसेको छ। खोलाले कलंकी आसपासका बस्ती डुवाएको छ।
बिएल संवाददाता - काठमाडौँ
मकवानपुरमा रहेको कुलेखानीको बाँध भरिन थालेको छ। बाँध भरिन थालेकाले ढोका खोल्नेसमेत तयारी भएको छ।
बिएल संवाददाता - काठमाडौँ
गोरखा मिडियाका संचालक तथा पूर्व डिआइजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राखुन अदालतले अनुमति दिएको छ। उनी यही असोज ६ गते सहकारीको रकम अपचलन गरेको आरोपमा काठमाडौँको शंखमुलबाट पक्राउ परेका थिए।
बिएल संवाददाता - काठमाडौँ
दसैं मनाउन घर फर्किन थालेका एक युवक महाकाली नदीमा खसेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय अमर धामी रहेको प्रहरीले जानकारी दिएको छ।
बिएल संवाददाता - कैलाली
शुक्रबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हाे। सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका पाण्डे गृहमन्त्री रमेश लेखकका साडु भाइ हुन्। उनी उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए।
बिएल संवाददाता - काठमाडौं
जुन स्टलको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अवलोकन गरे। साथमा दुई टाेपी पनि किने। उतिखेरै लगाए। जुन प्रेमकुमारीले नेता–मन्त्रीलाई पहिलो पटक बेचेकी हुन्।
बिएल संवाददाता - काठमाडौँ
मन्त्री भण्डारीले व्यवसायीका संगठनहरुले उपभोक्ताको हितमा वकालत गर्न आग्रह गरे। उनले महंगी अनुसारको सुविधा होटलहरुले नदिएकोले सुधार गर्नुपर्ने बताउँदै होटलमा कामगर्ने कर्मचारीले समयमै उचित तलव नपाएको प्रयाप्त गुनासो आफुसंग आउने गरेको गरेको भन्दै सचेत गराए।
बिएल संवाददाता - काठमाडौं
बैठकमा समसामयिक राजनीतिक र स्थानीय तहको उपनिर्वाचनको विषयमा छलफल हुने बुझिएको छ। साथै बैठकमा उपसभापति एवं प्रतिनिधिसभा सदस्य स्वर्णीम वाग्लेको चीन भ्रमणको रिपोर्टिङसमेत गर्ने बताइएको छ।
बिएल संवाददाता - काठमाडौं
अपराधिक घटनाहरु न्यूनीकरणका लागि उपत्यकामा तीन हजार सात सय ६५ जना प्रहरी परिचालन गरिने रजौरेले बताए। हरेक दिन काठमाडौं उपत्यका भित्रिने नाकाहरुमा कुकुरसहित चेकजाँच गरिने प्रहरीको याेजना छ। त्यसैगरी ड्रोन क्यामेरामार्फत पनि निगरानी गरिने प्रहरीले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
निरन्तरको वर्षापछि झापास्थित मेची नदीमा बाढीले खतराको तह पार गरेको छ। पूर्व–पश्चिम राजमार्गको निन्दीखोला मापन केन्द्रमा नदीले खतराको तह पार गरेको हो।
बिएल संवाददाता - काठमाडौँ
वर्षाले देशका विभिन्न १६ स्थानमा चेतावनी तह पार गरेको छ। चेतावनीको तह पार गर्ने ठाउँहरू मध्ये धेरै कोशी प्रदेशमा रहेका छन्। साथै लुम्बिनीको पाल्पा जिल्ला र मधेश प्रदेशको सप्तरी जिल्लामा पनि वर्षाले चेतावनी तह पार गरेको छ।
बिएल संवाददाता - काठमाडौँ
आज (असोज ११ गते)देखि राप्ती राजमार्ग तीन दिन बन्द हुने भएको छ। तुलसीपुरको राम्रीदेखि सल्यानको कपुरकोटसम्मको सडक तीन दिन बन्द हुने भएको हो।
बिएल संवाददाता - काठमाडौँ
पार्टी केन्द्रीय कार्यालयमा दिउँसो ४ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं