आइतबार, १७ नोभेम्बर २०२४

चीन भ्रमण छोट्टयाएर स्वदेश फर्किए रास्वपाका नेताहरू

१० दिने भ्रमणका लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा शनिबार राति चीन गएका रास्वपाका नेताहरू बिहीबार काठमाडौँ फर्किएका हुन्। सहकारी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने सम्भावना बढेको भन्दै पार्टीले तत्काल स्वदेश फर्किन निर्देशन दिएपछि उनीहरु भ्रमणमा छाेट्याएर स्वदेश फर्किएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मौसम प्रतिकुलले आन्तरिक उडान प्रभावित

बिहीबार काठमाडौँबाट सिमराका लागि उडेको यती एयरलाइन्सको विमान सिमराको आकाशमा पुगेर अवतरण हुन नसकी काठमाडौँ फर्किएको छ भने यतीकै काठमाडौँबाट विराटनगर उडेको अर्को विमान मौसम बिग्रिएकाले बिचबाटोबाटै काठमाडौँ फर्किएको विमानस्थलको कार्यालयले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ

पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका-४ का ४२ वर्षीया भुपेन्द्र बोहोरा, काठमाडौँ नागार्जुन नगरपालिका-९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी र मकवानपुर ईन्द्रसरोवर गाउँपालिका-५ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१० बस्ने २६ वर्षीय रोमन कार्की रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चाडपर्व लक्षित बजार अनुगमन राजश्वका लागि होइन: निर्देशक कार्की

दसैँ तिहारका लागि गाउँ फर्किने उपभोक्ताहरु राजमार्गका होटलहरुमा ठगिने गरेका छन्। अखाद्य वस्तुहरु समेत बेच्न राखेका हुन्छन्। यसरी मानव स्वास्थ्यलाई प्रतिकुल असर पुर्याउने गतिविधि हुनसक्ने भएकाले राजमार्ग केन्द्रित अनुगमन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई विभाग र गृह मन्त्रालयले अनुरोध गरिरहेको छ। अनुगमन हुन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आजदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचना प्रकाशित गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कहाँ छन्, यी २४ प्रहरी?

पछिल्लोपटक सम्पर्कमा नआएका तीनजना  सहायक निरीक्षक, दुईजना सहायक हवल्दार र १९ जना प्रहरी जवानहरू छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कहिले थामिलएला यो युद्ध: ‘बिराम’का लागि ११ देशको प्रस्ताव

गत वर्ष हमासले इजरायालमाथि एकाएक आक्रमण थालेपछि त्यसको समर्थनमा हिजबुल्लाहले पनि इजरायालमाथि निशाना साँधेको थियो। यो युद्धमा १० जना नेपालीको पनि ज्यान गएको छ। अहिले पनि एक जना नेपाली विद्यार्थी बिपीन जोशी हमासकै नियन्त्रणमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एक महिनाअघि विदेशबाट फर्केका थिए धिरेन्द्र, श्रीमतीकाे हत्या गरेर फरार भए

वैदेशिक राेजगारीका एक महिनाअघिमात्रै फर्केका धिरेन्द्र दम्पत्तिबीच झगडा हुने गरेकाे स्थानीय बताउँछन्। सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार बुधबार राति धिरेन्द्र एकजना साथीसँग मोटर साइकल चढेर आएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता -

विमानस्थलमाथि चंगा, ड्रोन र बेलुन उडाए ‘कारबाही’

‘कसैले यस सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही हुनेछ,’ कार्यालयको सूचनामा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दसैंमा ‘घर जाने’ यात्रा सजिलो बनाउन कसले के गर्दैछ?

त्यसका लागि यातायात व्यवसायीहरूसँग छलफल गरेर यही शनिबारदेखि बस टिकटको अग्रिम बुकिङ खुला गरिने भएको छ। घर पुगेर फर्किनका लागि पनि तिहारसम्मकै लागि अग्रिम बुकिङको व्यवस्था मिलाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यी प्रदेशहरूमा छ धेरै भारी वर्षाको सम्भावना

सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हाम्रा हिमाल बचेमात्रै पृथ्वी जोगिन्छ: ओली

प्रधानमन्त्री ओलीले हिमालयहरू प्राकृतिक ‘रिचार्ज सिस्टम’ भएकाले यिनलाई पग्लिन र समुद्रको तापक्रम बढ्न नदिन विश्वव्यापी साझा प्रयास हुनुपर्नेमा जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल एयरलाइन्सले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने

निगमले नजिकिएको बडादसैँ, तिहार तथा छठ पर्वजस्ता चाडपर्वको समयमा यात्रुको सहजताका लागि ती स्थानबाट टिकट बिक्रीको व्यवस्था मिलाएको हो। निगमले अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँ बाहिर भैरहवास्थित निगमको कार्यालयबाट मात्र टिकट बिक्री गर्दै आइरहेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफूमाथि ठूलै खतरा रहेको डोनाल्ड ट्रम्पकाे दाबी

अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले इरानबाट आफूमाथि ठूलै खतरा रहेको दाबी गरेका छन्। उनको चुनावी अभियानका अनुसार अमेरिकी गुप्तचर निकायले इरानले ट्रम्पमाथि  घातक आक्रमण गर्नसक्ने खोजिम रहेको सूचना दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजनीतिक अस्थिरताले गर्दा गर्नुपर्ने कामहरु भएको छैन: कार्यवाहक प्रधानमन्त्री

मन्त्री सिंहले भने, ‘अहिले अर्थतन्त्रलाई एउटा गति दिनको लागि राजनीतिक स्थिरता आवश्यक हुन्छ। यो बिना अरु कुनै क्षेत्र स्थिर हुन नसक्ने भएको हुनाले सबैभन्दा पहिला राजनीतिक स्थिरता दिनुपर्छ। अहिले सरकार परिवर्तन भइराख्दा जनतामा निराशा छाएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अवकाशमा जान लागेका प्रधानन्यायाधीशले न्यायाधीश सिफारिस गर्न खोजेको भन्दै बारको विरोध

उनले भने, ‘नियमावली असंवैधानिक छ। र यो असंवैधानिक नियमावली खारेज यो तरिकाले मात्र हुँदैन जस्तो लाग्यो। अब सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षकरणदेखि बाहेकका मुद्दा ठप्प गर्नुपर्छ। किनकी साच्चै नियमावली खारेज गर्ने हो भने योबाहेक अरु कुनै उपाय छैन। न्यायाधीस रोक्ने हाम्रो उद्देश्य होइन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनएसटीका प्रवक्ता पौड्याल नेतृत्वकाे टोलीद्वारा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजुसँग औपचारिक भेट

टेक्ससमा नेपालीहरुका लागि नेपाल सरकारको कन्सुलर अफिस स्थापनाको गर्न नेपाली समाज टेक्सस(एनएसटी) का प्रवक्ता किरण पौड्यालको नेतृत्वमा टेक्ससको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग औपचारिक भेट गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अध्यागमनको निरीक्षण गर्दै गृहमन्त्रीले भने- बाहिर नकारात्मक टिकाटिप्पणी हुन्छ, ‘इमेज’ सुधार गर्न आवश्यक

बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखक अध्यागमनका बारेमा राम्रो बुझाई नभएको भन्दै यहाँ कुनै खालको अवाञ्छनीय गतिविधि भए कुनै हालतले स्वीकार्य हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

काभ्रेकाे पनौतीका किसानलाई धान भित्र्याउने धान भित्र्याउन थालेका छन्। दसैँअघि नै धान भित्रयाउने गरी पनौतीका किसानहरूलाई खेतमा व्यस्त छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं