आइतबार, १७ नोभेम्बर २०२४

मेची नदीले पार गर्‍यो खतराको तह

News Image
• • •

निरन्तरको वर्षापछि झापास्थित मेची नदीमा बाढीले खतराको तह पार गरेको छ। पूर्व–पश्चिम राजमार्गको निन्दीखोला मापन केन्द्रमा नदीले खतराको तह पार गरेको हो। 

जहाँ नदीको खतराको हत १२२ दशमल ५ मिटर हो। अहिले यो समाचार तयार गर्दै गर्दा (१२:५०)मा नदीको सतह १२२.५७ मिटर पुगेको छ। 

नदीले खतराको तह पार गरेपछि साइरन बजाइएको छ। यस नदीमा बिहानैदेखि खतराको तह पार गर्ने र घट्ने क्रम निरन्तर भइरहेको छ। 

अहिले देशभर वर्षा भइरहेको छ। देशभरका १६ मापन केन्द्रमा अत्यधिक वर्षा भएको रेकर्ड भइसकेको छ। 

यो वर्षा आइतबारसम्मै रहने भएकाले सतर्कता अपनाउनका लागि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। 

 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?