आइतबार, १७ नोभेम्बर २०२४

अष्ट्रेलियाकाे राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन

अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन भएकाे छ। बुधबार बसेको संसदीय सुनुवाइ समितिले यादवको नाम अनुमोदन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ। बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज रातिदेखि डिभी खुल्दै, यसरी दिन सकिन्छ आवेदन

डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरूमध्येबाट निष्पक्ष रूपमा गरिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। दूतावासका अनुसार एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीका सांसदले १५ दिनको तलब राहत कोषमा जम्मा गर्ने

प्रतिनिधिका १० र राष्ट्रियसभाका ८ जना गरी एकीकृत समाजवादीका १८ जना सांसदले १५ दिनको पारिश्रमिक जम्मा गर्ने  निर्णय गरेकाे उपमहासचिव तथा प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दसैँ अवधिभर विमानस्थलहरू बिहान साढे ४ बजे खुल्ने

बाढीपहिरो तथा चाडपर्वका कारण बढेको हवाई चापलाई घटाउन भाेलि घटस्थापनादेखि ३० गते पूर्णिमासम्म बिहान साढे ४ देखि राति १२ बजेसम्म उडान सञ्चालन गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपद्का घटनाका लागि चिनियाँ रेडक्रसद्वारा १ लाख अमेरिकी डलर सहयोग

पछिल्लो समय बाढी, पहिरो र डुवानलगायत प्राकृतिक विपत्तिमा परेका नागरिकहरुको सहयोगका लागि गृह मन्त्रालयमार्फत नेपाल रेडक्रस सोसाइटीलाई उक्त रकम हस्तान्तरण गरेको गृह मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारकाे छापा, महत्वपूर्ण कागजात बरामद

आयोगको टोलीले बुधबार सिनामंगलस्थित प्राधिकरणको कार्यालयमा छापा मारेर केही कागजातहरु बरामद गरेको छ। प्राधिकरणकाे परियोजनामा भएकाे अनियमितताबारे अनुसन्धान गर्ने क्रममा अख्तियारले कागजात मागेकाे र महत्वपूर्ण कागजात उपलब्ध नगराएपछि कार्यालयमा छापा मारेर बताइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढीपहिरोले ६ अर्ब रुपैयाँकाे अन्नबालीमा नोक्सानी, राहत दिने कुरामा छलफल भइरहेको छ: कृषिमन्त्री

उनले भने, ‘हालको डाटा अनुसार अहिलेलाई अन्नबालीमा ६ अर्ब रुपैयाँ नोक्सानी भएको छ। तर आगामी दिनमा नोक्सानीमा पर्नुभएका किसानहरुलाई कुन तहको राहत दिन सक्छौँ। कसरी दिन सकिन्छ, यसतर्फ गम्भीरतापूर्वक सोचेका छौँ। मन्त्रालयमा छलफल पनि भएको छ। यसको व्यवस्थापनका विषयमा दातृ संस्थाहरु सँग हामीले अनुरोध गरेका छौँँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढी–पहिरो प्रभावित क्षेत्रमा खटियाे गृह मन्त्रालयकाे कार्यदल

गृहसचिव गोकर्णमणि दुवाडीले आवश्यक कार्यदेशसहित प्रभावित जिल्लामा आठ जना सह–सचिव बुधबार खटिएको जानकारी दिएका छन्। बाढी–पहिरो प्रभावित जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा खटाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशन भद्रगोल, कसरी टुंगिन्छ उमेर हदको विवाद?

अखिल क्रान्तिकारीमा नेताहरुको उमेर हद २८, ३० वा ३२ वर्षे राख्ने भन्ने विवाद रहेको छ। उमेर हद लागू भएमा अहिले नेतृत्वको दाबी गरेका लगभग सबै नेताहरुको विद्यार्थी राजनीति समाप्त हुने बताइएको छ। आफ्नो राजनीतिक क्यारियरनै सकिने भएपछि धेरै सिनियर विद्यार्थी नेताहरु उमेर हदको विपक्षमा उभिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शहर केन्द्रीत ‘सुपथ मूल्य पसल’हरु कति सुपथ छन् ?

पसलहरुमा दैनिक उपभोग्य सामानहरु दाल, तेल, नुन, चिनी, जस्ता खाद्य वस्तुहरु सुपथ मूल्यमा विक्री वितरण गर्ने गरेका छौं। यस वर्ष देशभर करिब ४२ वटा जिल्लाका ३५ वटा स्थानहरुबाट पसलहरु सञ्चालन गरिरहेका छौं। यसमा पनि काठमाडौं उपत्यकामा चारवटा कम्पनीका आफ्नै विक्री केन्द्रहरुबाट सञ्चालन भएका छन् भने दुईवटा पालिकाहरुसँगको समन्वयमा सञ्चालन गरेका छौं। यसमा दक्षिण्काली र चाँगुनारायण रहेका छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लेबनानका नेपालीलाई सतर्क रहन सरकारको अनुरोध

सरकारले लेबनानमा रहेका नेपालीहरुलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ। इजलायलसँगको युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै लेबनानमा अधिकतम सतर्कता र सचेतना अपनाउन नेपाली नागरिकहरुलाई अनुरोध गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अब उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छोडिने

अब उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छुट्ने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार सरोकारवाला प्रतिनिधिबीच भएको छलफलमा रातमा नारायणगढ–मुग्लिन सडकमा जोखिम हुने भएकाले उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छोडिने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पूर्वी नेपालमा फेरि भारी वर्षा, बाढी र पहिरोको जोखिम

पूर्वी नेपालमा फेरि भारी वर्षा सुरु भएको छ। बुधबार बिहान कोशी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भएको हो। विशेष गरेर सुनसरीको तरहरा र आसपास भारी बर्षा भएको छ र थप हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बाढीपहिरो पीडितलाई १ महिना बराबरको तलब दिने प्रभु साहको घोषणा

आजपाको कोटेश्वर स्थित पार्टी केन्द्रीय कार्यालयमा आज सञ्चारकर्मीसंग कुरा गर्दै देशैभरी बाढीपहिरोले ठुलो मात्रामा जनधनको क्षतिपुगेको बताउँदै सरकारले उद्धार, राहत लगायतका काममा देखाएको उदासीनता प्रति दुख व्यक्त गरे। उनले एक महिना बराबरको तलब सरकारी कोषमा जम्मा गर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगी: ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

ईमेज वचत तथा ऋण सहकारी संस्थाका बागलुङका अध्यक्षसमेत रहेका नेपालीविरुद्ध बचत हिनामिना गरेको आरोपमा गत जेठ २४ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि फरार भएका नेपालीविरुद्ध रेड कर्नर नोटिस पनि जारी भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा दुई करोड हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो बैँकको सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले आज सो रकमको चेक हस्तान्तरण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान

‘यो सरकारको मात्रै होइन, सिङ्गो समाजको दुःखको विषय हो। हामी सबै विपद्का घटनाबाट दुःखी छौँ।’ प्रधानमन्त्री ओलीले भने, ‘कतिपय संरचनागत त्रुटीका कारण पनि क्षतिहरु भएका छन्। आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीनरुपमा सबल संरचना बनाइनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

न्यूयोर्कमा ‘सार्क’ ब्यूँझाउने ओलीको प्रस्ताव मोदीले गरे अस्वीकार

राष्ट्रसंघीय महासभामा भाग लिन गएका प्रधानमन्त्री ओलीले गरेको राष्ट्र राष्ट्रहरूको विदेशमन्त्रीस्तरीय बैठकको प्रस्ताव भारतले अस्वीकार गरेको छ। प्रधानमन्त्री ओलीले त्यहाँ भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि ‘साइड लाइन’ वार्ता गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१७ अर्बभन्दा धेरैको क्षति, कुन क्षेत्रमा कति?

उनका अनुसार सबैभन्दा धेरै कृषिक्षेत्रमा ६ अर्बको क्षति भएको छ। त्यस्तै खानेपानी संरचनामा ३ खर्ब ५५ करोड, सडक पूर्वाधारहरूमा २ अर्ब ५२ करोड, उर्जातर्फ ४ अर्ब, सिंचाइतर्फ २ अर्ब क्षति भएको उनले सुनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं