मङ्गलबार, १९ नोभेम्बर २०२४

भोजपुरको याङपाङमा अस्थायी प्रहरी पोष्ट स्थापना

भोजपुरको पूर्वी अरुण गाउँपालिका–१, याङपाङमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ। उक्त पोष्टको प्रहरीे प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङले आज संयुक्त रुपमा उद्घाटन गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

पूर्वीय दर्शनलाई विश्वव्यापि बनाउनुपर्छ: प्रा.डा. लामिछाने

विश्वविद्यालयको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित ‘विश्वमा शान्ति प्रयास र धर्मयुद्ध’ विषयक अन्तरसम्वाद कार्यक्रममा बोल्दै उपकुलपति प्रा.डा. लामिछानेले भने, ‘पूर्वीय दर्शन र साहित्यले पश्चिमा जगत्लाई आकर्षित गर्दै गइरहेका छन्। यो हाम्रा लागि खुसीको विषय हो। जुनरुपमा हामीले पूर्वीय दर्शनलाई विश्वव्यापि बनाउनु पर्दथ्यो। हामीले सकेका छैनौं। अब यसतर्फ सबैको ध्यान केन्द्रीत हुनु आवश्यक छ।’ 

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

राष्ट्रसंघकाे मानवअधिकार र सामाजिक तथा आर्थिक परिषद्मा नेपालले उम्मेदवारी दिने

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मानवअधिकारकाे सन् २०२७ देखि २०२९ र  सामाजिक तथा आर्थिक परिषद्काे २०२९ देखि २०३१ सम्मकाे अवधिकाे लागि सदस्य पदमा नेपालकाे उम्मेदवारी पेश गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मैले जिम्मेवारी सम्हाल्दा अर्थतन्त्र शिथिल थियो, लयमा फर्काउन अथक प्रयास गरेँ: डा महत

‘मैले अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दा मुलुकको अर्थतन्त्रको अवस्था शिथिल थियो, मेहनतका साथ लयमा ल्याएका थियौँ। नेपाल राष्ट्र बैंक, एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकलगायतले प्रकाशित गरेका तथ्याङ्कबाट पनि यो स्पष्ट हुन्छ’, उनले भने, ‘अर्थमन्त्रीको जिम्मेवारी लिँदा मूल्यवृद्धि आठ दशमलव पाँच प्रतिशत रहेकोमा अहिले त्यो पाँच प्रतिशतमा सीमित छ।’

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

वीरगञ्जमा दाइजोमा सुनको सिक्री नपाएपछि बिहे नै रद्द, बेहुला पक्राउ

साेमबार राति जन्तीसहित बिहे गर्न वीरगञ्ज रानीघाट गएका साहले विवाह मण्डपमा बेहुली पक्षबाट सुनको सिक्री नपाउँदा बिहे रद्द गरेपछि बेहुलालाई प्रहरीले पक्राउ गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणमा युवाको महत्वपूर्ण योगदान रहँदै आएको छ: प्रधानमन्त्री

प्रधानमन्त्रीले युवा सशक्तीकरण तालिमले सामर्थ्यवान्, उद्यमशील, सृजनशील एवं सकारात्मक सोचयुक्त भविष्यका कर्णधारहरू तयार गरी राष्ट्रको पक्षमा अर्थपूर्ण योगदान दिन सक्ने सक्षम युवाहरू उत्पादनमा सरकार हरसम्भव प्रयासरत रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, एकजना घाइते

मृत्यु हुनेमा इटहरी–२ की ७८ वर्षीया चन्द्रकुमारी बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - सुनसरी

प्रहरीलाई गृमन्त्रीले भने- गैरकानूनी काम गर्नेलाई कारबाही गर्न मेराे आदेश कुर्नु पर्दैन

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई देशकाे कुनै पनि भागमा कसैले गैरकानूनी काममा कसैलाई कारबाही गर्न आफ्नाे आदेश नकुर्न भनेका छन्। मन्त्री लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत् यस्ताे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै महिला

गतवर्ष फागुनमा तालिम लिएपछि सात लाख रुपैयाँ लगानी गरेर ताराखोला होजियारी लघुउद्यमी समूहमार्फत ढाकाका सामान उत्पादनमा लागेकाको समूहकी अध्यक्ष दिलकुमारी घर्तीमगरले बताइन्। उद्योग सातजना महिलाले सञ्चालन गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन

राष्ट्रियसभा अध्यक्षका लागि आज मतदान हुँदै, मैदानमा दाहाल र शर्मा

संसद सचिवालयले साेमबार सार्वजनिक गरेको उम्मेदवारीको अन्तिम नामावलीअनुसार नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माबीच प्रतिस्पर्धा हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

केही प्रदेशमा छिटफुट वर्षा हुन सक्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशभर साधारणतया बदली रही  गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकार र मिटरब्याज पीडितबीच सहमति

सरकार र मिटरब्याज पीडितबिच ४ बुँदे सहमति भएको छ। सिंहदरबारमा सोमबार अबेर सम्पन्न छलफलपछि ४ बुँदे सहमति भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयले बताएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हेटौँडा सिमेन्ट उद्योगको क्लिङ्कर उत्पादन बन्द

कोइला आपूर्ति हुनासाथ क्लिङ्कर उत्पादन हुने उनले बताए। अर्कातिर सो उद्योगद्वारा उत्पादित सिमेन्टको बिक्री वितरण भइरहेको जनाइएको छ। कोइलालगायत विभिन्न कारणले गत असोजदेखि सिमेन्टको उत्पादन बन्द रहेको सो उद्योग माघको पहिलो हप्ताबाट सञ्चालनमा आएका हो। अहिले क्लिङ्करबाहेक सिमेन्ट उत्पादन भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - हेटाैँडा

रमजान भोलिदेखि सुरु

इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुने भएको छ। एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार बस्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मन्त्रिपरिषद्का समितिको समन्वय गर्न ताेकिए संयोजक, प्रधानमन्त्रीलाई राजनीतिक समितिको जिम्मेवारी

साेमबार बसकाे मन्त्रिपरिषद् बैठकले समितिहरुको समन्वय गर्न संयोजक तोक्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। मन्त्री शर्माका अनुसार राजनीतिक समितिको संयोजककाे जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डेढ करोड रुपैयाँसहित नेपालगञ्जबाट ८ जना पक्राउ

आइतबार ३९ लाख २० हजार रुपैयाँसहित राजपुर–१, बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगञ्जका हफिक अहमद पक्राउ परेका थिए। स्रोत नखुलेको रकम रहेको सूचनाका आधारमा प्रहरीले सोमबार बसपार्कस्थित सन्तोष दङ्गेली होटलको एक कोठामा छापा मारेर ५७ लाख २८ हजार ७ सय नेपाली रुपैयाँ बरामद गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सरकारकाे निर्णय, नयाँ नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाजुराकाे जुगाडा केन्द्रविन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ चार बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं