मङ्गलबार, १९ नोभेम्बर २०२४

भोजपुरको याङपाङमा अस्थायी प्रहरी पोष्ट स्थापना

News Image
• • •

भोजपुरको पूर्वी अरुण गाउँपालिका–१, याङपाङमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ।

उक्त पोष्टको प्रहरीे प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङले आज संयुक्त रुपमा उद्घाटन गरेका छन्। 

पुरानो वडा कार्यालयको भवनमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो। जिल्ला सुरक्षा समितिले प्रहरी पोष्ट स्थापनाका लागि  माग गरेको थियो।

अन्य प्रहरी पोष्ट टाढा रहेका कारण सो क्षेत्रमा स्थानीयले प्रहरी युनिटको माग गरेका कारण उक्त पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक सुदीपराज पाठकले बताए। प्रहरी पोष्ट स्थापनासँगै याङपाङ र त्यस आसपासका नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति गर्न सक्ने उनको भनाइ छ। 

प्रहरीबाट नागरिकले गरेका अपेक्षाअनुसार शान्ति सुरक्षा सुदृढ गर्ने कार्यमा लाग्न चौकीमा खटिएका सुरक्षाकर्मीलाई डिआइजी ढकालले निर्देशन  दिएका छन्। यस्तै कोशी प्रदेश प्रहरी प्रमुख खापुङले नागरिकले प्रहरी चौकीको माग गर्नु प्रहरीको सफलता भएको बताएका छन्।

प्रहरी पोष्टको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै उहाँले अस्थायी प्रहरी पोष्टलाई स्थायी बनाउन स्थानीय सरकार र नागरिकको सहयोग आवश्यक भएको बताए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?