मङ्गलबार, १९ नोभेम्बर २०२४

सुन तस्करी प्रकरण: जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

बिहीबार आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश डिल्लीराज आचार्यले गृह मन्त्रालयमा पुगेर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेको नैतिकतामाथि कांग्रेसले उठायो प्रश्न, प्रधानमन्त्रीसँग जवाफ माग

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेसका बद्री पाण्डेले सहकारी ठगी आरोप लागेका र अनुसन्धानको दायरामा तानिएका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै लामिछानेको नैतिकतामाथि नै प्रश्न उठाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु

कुवेतकाे महाबुल्ला क्षेत्रको सी-साइड रोडमा मंगलबार भएको दुर्घटनामा तीन नेपालीको घटनास्थलमै मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जलवायु परिवर्तनले मानव स्वास्थ्य र वातावरणलाई अन्योलतातर्फ धकेलेको छ: प्रधानमन्त्री

‘यी चुनौतीहरूले मानव स्वास्थ्य र वातावरणलाई अन्योलतातर्फ धकेलेको छ, यसले स्थानीयस्तरमका लागि विस्तृत कार्यक्रमको आवश्यकता औंल्याएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रो स्वास्थ्य प्रणाली र सामुदायलाई सशक्त बनाउन अनुसन्धान, नवीनता खोज र स्थानीय ज्ञानको उपयोग गर्नुपर्छ,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गण्डकीमा वर्षा, लुम्बिनीमा हुरी

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

करेन्ट लागेर जालपादेवी हाइड्रोका अप्रेटरको मृत्यु

मृत्यु भएका उपाध्याय जाल्पादेवी विद्युत आयाेजनाका अपरेटर हुन्। मृतक विद्युतकाे ट्रान्सफर्मरमा झुण्डिएकाे अवस्था भेटिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

प्रतिनिधिसभा बैठक बस्दै, निजामति विधेयक प्रस्तुत हुने

संसद सचिवालयका अनुसार नेमकिपाका सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक २०८०’लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्ने विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विमानस्थलमा लामो समयदेखि खटिएका ५४ प्रहरी एकसाथ हटाइए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि खटिएका ५४ जना प्रहरी कर्मचारीलाई एकसाथ हटाउने निर्णय गरिएको छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षदेखि १६ वर्षसम्म विमानस्थलमै बसेका प्रहरी कर्मचारीलाई त्यहाँबाट अन्यत्र सरुवा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एक महिनामा पाथीभरामा ५५ लाख भेटी संकलन

पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट संकलन भएको रु ५५ लाख भेटी संकलन गरेको छ। फागुन महिनामा पाथीभराबाट संकलन भएको रु ५५ लाख ७० हजार ८८० विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - ताप्लेजुङ

नेपाल–भारत सीमा समन्वय बैठक

नेपाल–भारत सीमा समन्वय बैठक बुधबार महेन्द्रनगरमा सम्पन्न भएको छ। बैठकमा भारतमा हुने लोकसभा निर्वाचनको सुरक्षा, नेपाल– भारत सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा दुवै देशका सुरक्षा अधिकारीहरु सहमत भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चार जना स्रष्टालाई पारिजात सम्मान

 पारिजात स्मृति केन्द्रले नेपाली भाषा,साहित्यको श्रीवृद्धिमा क्षेत्रमा योगदान गर्नुभएको चार जना श्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

डोल्पाली साइकलयात्री भास्करद्वारा जन्मदिनकाे अवसरमा बालबालिकालाई खाजा उपहार

उनले जन्मदिनको उपलक्ष्यमा जगदुला- १ स्थित हुरिकोटको गाड्छेन म्हेरी आधारभूत विद्यालयमा अध्यनरत होस्टेलका ५० जना विद्यार्थीलाई खाजा सहयाेग गरेर जन्मदिन मनाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - डाेल्पा

नवनियुक्त तीन प्रदेश प्रमुखले लिए राष्ट्रपतिसमक्ष शपथ

राष्ट्रपति कार्यालयमा बुधबार अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

होस्टल छाड्न भन्दै छात्रालाई लछारपछार, सञ्चालक मधु रेग्मी पक्राउ

मोरङको विराटनगर महानगरपालिका-८ मा रहेको सो होस्टलमा बस्दै आएकी एक छात्रालाई राति नै होस्टल छाड्न भन्दै लछारपछार गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

महोत्तरीमा पोखरीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

मृत्यु हुनेमा स्थानीय मङ्गल पाण्डेकी छोरी दुई वर्षीया रुचि पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

प्रधानमन्त्री प्रचण्डले पाए तेस्राे पटक विश्वासकाे मत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट तेस्राे पटक विश्वासकाे मत प्राप्त गरेका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बुधबार भएकाे मत विभाजनमा प्रधानमन्त्री प्रचण्डले १ सय ५७ जनाकाे मत प्राप्त गरेका छन्। आजको बैठकमा २ सय ६८ जना उपस्थित थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हत्या गरेर गाडेको अवस्थामा काठमाडौँको तारेभिरमा भेटियाे सुस्माकाे शव

१२ कक्षामा अध्ययनरत सुस्मा एक महिनाअघि क्याम्पस जान भन्दै घरबाट हिँडेकी थिइन्। उनी घर नफर्केपछि परिवारले प्रहरीमा निवेदन दिएकाे थियाे। एक महिनापछि तारेभिरबाट हात बाँधेर गाडेको अवस्थामा उनकाे शव प्रहरीले उत्खनन् गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदै (लाइभ)

यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए। उनले २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कार्यव्यवस्था परामर्श समिति बैठक जारी

यही फागुन २१ गते सत्ता गठबन्धनमा फेरबदल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन्। सोको प्रक्रिया र आगामी १५ दिनका लागि संसद्को कार्यतालिका बनाउन परामर्श समितिको बैठक भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सुन्दर प्रकृति र वैभवशाली संस्कृतिले नेपाल विश्वमा आकर्षणको केन्द्र हाे’

ललितपुरको बालकुमारीस्थित पुनःनिर्मित बालकुमारी मन्दिर समुद्घाटन समारोहमा राष्ट्रपति पौडेलले काठमाडौँ, ललितपुर र भक्तपुरका महत्त्वपूर्ण ऐतिहासिक सम्पदाहरूको पुनःनिर्माण गरी जीवन्त राख्न गरेको प्रयास र यसले पर्यटन प्रवर्द्धनमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर