मङ्गलबार, १९ नोभेम्बर २०२४

घरभित्रै हत्या गरिएको अवस्थामा महिलाको शव फेला, श्रीमान बेहाेस

सिरहाको गोलबजार नगरपालिका- ६ का महेन्द्रकुमार साहकी श्रीमती करिब ३५ वर्षिय अनिताकुमारी साहको धारीलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

विद्यालय परिसरमै च्याउ र तरकारीखेती : पढ्दै कमाउँदै विद्यार्थी

पश्चिम म्याग्दीको मङ्गला– २ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका– ७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तरकारी, फलफूल र  च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

मिथिला माध्यमिक परिक्रमा आजदेखि सुरु

नेपाल र भारतका हजारौँ सङ्ख्याका श्रद्धालु भक्तजनहरुको सहभागीता हुने सो परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गरिन्छ। सोही यात्राका लागि आज बिहान धनुषाको मिथिला विहारी नगरपालिका– ८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी कीर्तनसहित श्रद्धालुहरू प्रस्थान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

कार्यालय सहयोगीद्वारा नासुकाे भेषमा १० कराेड ठगी

कृषि ज्ञान केन्द्र सिरहाले भने फरार रहेका कर्ण कार्यालय सहयोगीमात्र भएको जानकारी दिएको छ। पीडितका अनुसार कर्णले नायबसुब्बाको परिचयपत्र झुण्ड्याएको बताए पनि ज्ञान केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठले भने कर्ण कार्यालय सहयोगीमात्र भएको र विगत दुई महिनादेखि तलब पनि नलिएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

कस्ताे रहनेछ आजकाे माैसम?

देशका पहाडी भू-भागमालगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उमेर पुगेपछि बिहे गर्ने सम्मानित

जोरायल गाउँपालिका-६ ले विवाह गर्ने उमेर पुगेपछि विवाह गर्ने एक जोडीलाई सम्मान गरेको छ। वडाले गत जेठ ३१ गते २० वर्ष पुगेपछि विवाह गर्नेलाई सम्मान गर्ने निर्णयका आधारमा एक जोडीलाई सम्मान गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - डोटी

तनहुँबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्लागण्डकीबाट भरुवा बन्दुकसहित आज एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–११ भुसुनापुर बस्ने ५६ वर्षीय कुलबहादुर शाही रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

महिला सशक्तिकरणका लागि ‘राइड टू राइज’

कार्यक्रममा लैङ्गिक समानताको वकालत गर्ने केही परुषहरुसहित विविध पृष्ठभूमि र पेशाहरुमा संलग्न एक सयभन्दा बढी महिलाकाे समावेशी सहभागिता थियाे। विविध गतिविधि र महिलाहरुकाे मिश्रित सहभागितासहित कार्यक्रम भव्य रुपमा सफल भएकाे संयाेजक निश्मा श्रेष्ठले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

४० हजार नेपाली विद्यार्थी जापानमा उच्च शिक्षा अध्ययन गर्दै

जापानमा ४० हजार नेपाली विद्यार्थीले उच्च शिक्षा अध्ययन गरिरहेका छन्। जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीका अनुसार जापानमा नेपालीको संख्या झण्डै १ लाख ६३ हजार रहेकाे र जसमा ४० हजार विद्यार्थीले उच्च शिक्षा अध्ययन गरिरहेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - टोकियो

छ गुणाले बढे साइबर अपराधका घटना

साइबर ब्यूरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता दीपकराज अवस्थीले अनलाइन ठगी, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गर्ने, वेभसाइट ह्याकिङ लगायतका अपराधका विभिन्न स्वरुपमध्ये पछिल्लो समय ब्यूरोमा आर्थिक ठगीका निवेदन बढी आएको जानकारी दिए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

फागुन ३० गते विश्वासकाे मत लिने प्रधानमन्त्रीकाे तयारी

कांगेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले १ महिनामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। साेही प्रावधानअनुसार उनले विश्वासकाे मत लिन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन’ भन्ने हल्ला सत्य होइन: ओली

अध्यक्ष ओलीले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने हल्ला सत्य होइन भन्दै अहिले विभिन्न तीन तहमा सम्पूर्ण जनप्रतिनिधिमध्ये ४० प्रतिशत महिला हुनु र राज्यका निकायका ३३ प्रतिशत महिला आरक्षण हुनुजस्ता विषयलाई उपलब्धिपूर्ण मान्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गोलबजारमा होटल सञ्चालक महिलाको घरभित्रै हत्या, चार जना पक्राउ

स्थानीय सिकन्द्र पूर्वेको घर भाडामा लिएर विगत एक वर्षदेखि होटल सञ्चालन गर्दै आएकी साहको गर्दन काटएको तथा टाउको क्षतविक्षत भएको अवस्थामा घरभित्र शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गोलबजार

अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने

उनले २०२६ भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल अक्सिजनको प्रयोग नगरी आरोहण गर्ने लक्ष्य रहेको बताइन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सप्तरीमा मोटरसाइकलसहित यादवको शव पुलमुनि फेला

पुलमुनि मधेस प्रदेश ३०६१ नंको मोटरसाइकलसहित उनको शव भेटिएकाले दुर्घनामा परेर ज्यान गएको हुन सक्ने प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए। कुन कारणले कसरी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुलेको छैन तर घटनाका बारेमा प्रहरीले अनुसन्धान थालिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सप्तरी

कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु

विद्युत्को सवस्टेशनबाट चाखा काल्ढुङ्गा भन्ने स्थानमा सबलाइन विस्तार गर्ने क्रममा करेन्ट लागेको नरहरीनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - कालीकोट

खानेपानीकाे समस्या समाधान गर्नका लागि योजना बनाएरै काम गर्छु: मन्त्री राई

उनले विशेष गरेर नेपालको पहाडी जिल्लामा देखिएको खानेपानी समस्याको समाधान गर्न योजना बनाएर काम गर्ने बताए। ‘नेपालको खानेपानी समस्या समाधान गर्नका लागि योजना बनाएरै काम गर्छु’, मन्त्री राईले भने। ध

बिएल संवाददाता

बिएल संवाददाता - धनकुटा

बागमती प्रदेशसभाको बैठक २९ गते बस्ने

यही फागुन १७ गते प्रदेशसभाको बैठकले अनुमोदन गरेको बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको बैठकबाट प्राप्त प्रतिवेदनलाई फागुन २९ गते अपराह्न १ बजे बस्ने कार्य परामर्श व्यवस्थापन समितिको बैठकमा पेश गर्न कार्यसूची तयार गरिने प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

इटहरीमा माेटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु

मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी– ८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। मृतक दुवै काका भतिजा हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - इनरुवा

कालीगण्डकीको बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

म्याग्दीको बेनी नगरपालिका– १ आनन्दबगरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ। कालीगण्डकी नदीको कटानबाट जोखिममा रहेको आनन्दबगरको बस्ती संरक्षणका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले योजना कार्यान्वयन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी