सोमबार, १८ नोभेम्बर २०२४

फागुन ३० गते विश्वासकाे मत लिने प्रधानमन्त्रीकाे तयारी

File Photo
• • •

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते विश्वासकाे मत लिने तयारी गरेका छन्।

नेपाली कांग्रेससँगको सत्ता सहकार्य ताेडर नेकपा एमालेसहितको दलसँग नयाँ समीकरण बनाएका प्रचण्डले ३० गते विश्वासकाे मत लिने तयारी गरेका हुन्।

कांगेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले १ महिनामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। साेही प्रावधानअनुसार उनले विश्वासकाे मत लिन लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डलाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र नेकपा (एकीकृत समाजवादी)को समर्थन छ। जसमा एमालेका ७७, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० गरी १५१ सांसद छन्।

यस विषयमा अहिले जारी माओवादी केन्द्रको संसदीय दलको बैठक छलफल भइरहेकाे एक नेताले बताए। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?