बुधबार, २० नोभेम्बर २०२४

गृहमन्त्री लामिछानेद्वारा सशस्त्र प्रहरीको गोदाम आगलागी स्थलको निरीक्षण

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँको चन्द्रागिरि नगरपालिका सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा (स्टोर रुममा) आगलागी भएको स्थलको अवलोकन गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘विद्यालयले पोसाक र शैक्षिक सामग्री बिक्री गर्न नपाउने’

काठमाडौँ महानगरका विद्यालयले पोसाक र शैक्षिक सामग्री बिक्री गर्न नपाउने निर्णय स्वागतयोग्य रहेको सरोकारवालाले बताएका छन्। तीन दिनअघि काठमाडौँ महानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयले विद्यार्थीलाई विद्यालयबाटै पाठ्यपुस्तक, पाठ्य सामग्री, पोसाक, शैक्षिक सामग्रीलगायत सामग्री खरिद गर्न बाध्य नगर्न र विद्यालयबाट बेचबिखनसमेत नगराउन सूचना जारी गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आगलागीबाट ३५ लाख बराबरको क्षति

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–२ स्यालामा रहेको खाद्यान्न तथा किराना पसलमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम पश्चिम

सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी

काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भीषण आगलागी भएको छ।साेमबार लागेकाे आगलागी नियन्त्रणमा लिन दमकल, प्रहरी तथा स्थानीयले प्रयास गरिरहेका छन्।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कञ्चनपुरमा घट्दै चैते धानखेती

सिँचाइको सुविधा नहुँदा चैते धानखेती घट्दै गएको जोशीको भनाइ छ। 'यो धानका लागि नियमित सिँचाइ हुने जमिन हुनुपर्छ। सबैतिर सिँचाइ सुविधा पुगेको छैन। बोरिङ हुनेहरुले मात्रै निरन्तरता दिँदै आएका छन्', उनले भने, 'कतिपयले समयमै गहुँ काट्न नसकेर र खाली जग्गा नहुँदा पनि चैते खेतीबाट छुटिरहेका छन्।'

बिएल संवाददाता

बिएल संवाददाता - बेदकोट (कञ्चनपुर)

माओवादीले छोड्यो कोशी सरकार

माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

जनमतका उपाध्यक्ष चढेकाे कार दुर्घटना

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति समेत रहेका खानलगायत बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संकटमा बनेकाे सरकार हाे, जनतामा आशा जगाउने काम मात्र गर्छ: मन्त्री गिरी

प्रेस चौतारी कास्कीद्वारा आज (साेमबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गिरीले भने, ‘केही वर्षयता सरकार र राजनीतिक पार्टीप्रति जनतामा पैदा भएको निराशालाई मेटेर सरकार र दलहरुप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता

शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो। सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पोर्चुगल

काँग्रेसले गृहमन्त्री लामिछानेले राजीनामा नदिए संसद अवरुद्ध गर्ने अडान लिएपछि सभामुखले छलफल गर्न बाेलाए चार दलका शीर्ष नेता

प्रमुख विपक्षी नेपाली काँग्रेसले आगामी संसद बैठकमा उपप्रधान एवम् गृहमन्त्रीमाथि छानबिन गर्ने समिति गठनसहित सरकार नआए बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुख घिमिरेले चार दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

हरेक वर्ष चैत कृष्ण औँसीका दिन विभिन्न कार्यक्रम गरी घोडेजात्रा पर्व मनाउने गरिन्छ। यो पर्व विशेषगरी काठमाडाैँ उपत्यकामा मनाउने चलन छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल इन्जिनियरिङ कलेज हत्याउन खोज्ने लम्बोदर न्यौपाने दोषी ठहर

आइतबार विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै उनलाई सजाय निर्धारणको लागि पेस गर्ने आदेश दिएको छ। सजाय निर्धारणका लागि विशेष वैशाख १६ गते पेशी तोकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उप-निर्वाचनका उम्मेदवारको आज नाम सार्वजनिक गरिने

निर्वाचन आयोगका अनुसार उम्मेदवारविरूद्ध उजुरीका लागि हिजो बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो। तर, साँझ ५ बजे आयोगले कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको जनाएको थियो। हिजै साँझ उम्मेदवारको मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तीन प्रदेशमा वर्षाकाे सम्भावना, अरु क्षेत्रकाे माैसम सफा रहने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सङ्खुवासभा शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक भित्रियो

 पूर्वी जिल्ला सङ्खुवासभामा यो वर्ष समयमै पाठ्यपुस्तक आइपुगेको छ। भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्या हटाउन पुस्तक व्यवसायीले पाठ्यपुस्तक उपलब्ध गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - किमाथाङ्का

चन्द्रागिरिका सबै सामुदायिक विद्यालयमा ‘बालविकास कक्ष’

 चन्द्रागिरि नगरपालिकाले आफ्ना सामुदायिक विद्यालयको ‘बालविकास कक्षलाई सबलीकरण’ गरेको छ। अब नयाँ शैक्षिक सत्र (वैशाखदेखि) सामुदायिक विद्यालयमा भर्ना हुने बालबालिकाले आफू अनुकूल खेल्दै, रमाउँदै, सिक्दै र पढ्दै गर्ने स्तरीय वातावरण पाउनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

महेश बस्नेतविरुद्ध बलात्कार र भ्रूण हत्या आराेपमा जाहेरी दर्ता

प्रहरीका अनुसार एमालेमै आवद्द एक युवतीले उनीविरुद्ध बलात्कार, भ्रूण हत्या र डाँका चोरी मुद्दामा जाहेरी दिएकी हुन्। बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको र २ महिना १५ दिनको भ्रूण हत्या गरेको आरोप लगाएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब न्यायाधीशको परीक्षामा ४० अङ्क ल्याए पनि उत्तीर्ण हुने

न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि न्यूनतम ५० प्रतिशत अङ्क ल्याउनुपर्ने यसअघिको प्रावधान रहँदा धेरै विद्यार्थी अनुत्तीर्ण भएको हुँदा केही परिमार्जन गरेर जानुपर्ने विषयमा सहमति भएको हो। आयोगले यसअघि लिएको परीक्षामा एकजना मात्र उत्तीर्ण भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब श्रम स्वीकृति लिन कसैकाे पावर लगाउनुपर्दैन: मन्त्री अर्याल

यसअघि चिनेजानेका व्यक्तिले छिटाे श्रम स्वीकृति पाउने र अन्यथा महिनाैँ लाग्ने समस्या थियाे। तर अबदेखि १ घण्टाभन्दा बढी समय नलाग्ने मन्त्री अर्यालले दाबी गरे। उनले सेवामा सुधार भएकाे र अब सरकार वा मन्त्री फेरिए पनि सेवा नफेरिने बताए। उनले सेवा दिने समय घट्दै जाने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम आइतबार अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा