बुधबार, २० नोभेम्बर २०२४

तटस्थ र निष्पक्ष भएर काम गर्छु : नवनिर्वाचित उपाध्यक्ष घिमिरे

राष्ट्रियसभाको आजको बैठकबाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष घिमिरेले उपाध्यक्षको भूमिकालाई लिएर हुँदै आएका टिक्काटिप्पणी र मनोविज्ञानलाई चिर्दै क्रियाशीलताका आधारमा पदको गरिमा स्थापित गर्ने बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतको बेतालघाटमा दुर्घटनाः शव परीक्षण सकेर नेपाल ल्याइँदै

दुर्घटनाको खबरपछि बुबाको शव बुझ्न नैनीताल पुगेका बाँके बैजनाथ गाउँपालिका– ८ का प्रमोद थारुले मृतक सबैको शव परीक्षण अस्पतालले गरिसकेको जानकारी दिए। दुर्घटनामा मृत्यु भएका विश्राम थारुका छोरा प्रमोदले मृतकका केही आफन्तहरु पनि शव लिन नैनीताल पुगेका बताए।

बिएल संवाददाता

बिएल संवाददाता - महेन्द्रनगर

राष्ट्रियसभाको उपाध्यक्षमा बिमला घिमिरे विजयी

राष्ट्रियसभाको उपाध्यक्षमा एमालेबाट उम्मेदवार बनेकी बिमला घिमिरे विजयी बनेकी छन्। बुधबार राष्ट्रियसभामा भएको मतदानमा उनले ३९ मत पाएर विजयी भएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बागमतीका मेयर थापाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भाेलि सार्वजनिक बिदा

सरकारले इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै ‘इद-उल-फित्र’ बिहीबार मनाउने भएपछि सो दिन सार्वजनिक बिदा दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गृहमन्त्रीले राप्रपाको आन्दोलनलाई दमन गरे- ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले राप्रपाको आन्दोलनमाथि दमन गरेको आरोप लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘शान्ति सैनिकहरूको देश’का रूपमा विश्वसामु परिचित गराउन नेपाली सेनाको योगदान महत्त्वपूर्ण छ- प्रधानमन्त्री

स्नातक अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रमलाई आज (बुधबार) सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विशिष्ट साङ्गठनिक क्षमताका आधारमा नेपाली शान्ति सैनिकहरूले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्तिदूतका रूपमा खटिएर विश्वशान्ति स्थापनार्थ महत्त्वपूर्ण योगदान गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रवि लामिछाने गृहमन्त्री भएदेखि सहकारी ठगीकाे छानबिन राेकियाे- काँग्रेस

सभामुखको अनुमतिले काँग्रेसका सांसद रामहरी खतिवडाले रवि लामिछाने गृहमन्त्री बनेदेखि सहकारी ठगीको छानबिन अवरुद्ध भएको दाबी गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अर्घाखाँचीमा कार दुर्घटना: एक जनाकाे मृत्यु, ७ जना घाइते

अर्घाखाँची हुँदै कास्की जाँदै गरेकाे ग३च ४५७४ नम्बरकाे कार बुधबार बिहान साढे ९ बजे पाणिनी गाउँपालिका- ८ काेलडाँडामा दुर्घटना भएकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - सन्धिखर्क

गण्डकीका मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै दायर रिट न्यायाधीश शर्माको इजलासमा

गण्डकी काँग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दुर्घटनामा एकै गाउँका ६ जनाकाे मृत्यु: शोकले व्याकुल बाँकेको टिटिहिरिया

भारतको पर्यटकीय क्षेत्र नैनीतालमा मजदुरी गरी नयाँ वर्ष मनाउन घर फर्कने क्रममा भारतको बेतालघाट नजिकै सोमबार राति भएको सडक दुर्घटनामा परेर बैजनाथ गाउँपालिका– ८ टिटिहिरियाको थपुवा र फत्तेपुर गाउँका ६ जनाको निधनले सम्पूर्ण वडावासीलाई व्याकुल बनाएको वडाध्यक्ष भगन थारूले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

काठमाडौँ विश्वकै बढी वायु प्रदूषित सहर

वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको सहर रहेको छ। अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स २४५ रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभा बैठक: गृहमन्त्री लामिछानेले पेस गर्ने विधेयक कार्यसूचीबाट हटाइयो

मंगलबार प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले अबरोध गरेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रस्तुत गर्ने भनिएको राजनीतिक दलसम्बन्धी विधेयक आजको कार्यसुचीमा हटाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रियसभाको बैठक: उपाध्यक्षका लागि निर्वाचन हुँदै

राष्ट्रियसभाकाे उपाध्यक्ष पदका लागि आज (बुधबार) निर्वाचन हुँदैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसाे १ : १५ बजे बस्ने बैठकमा निर्वाचन कार्यसूची रहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उप-निर्वाचनको आचारसंहिता आजबाट सुरु

उप-निर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागु हुने भएको छ। इलाम– २ र बझाङ– १ (क)मा हुन गइरहेको निर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागु हुन लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्षाकाे सम्भावना

दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रियसभा अध्यक्षसँग इजरायली राजदूतको भेट

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग  इजरायली राजदूत हनान गोदरले शिष्टाचार भेट गरेका छन्।  सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा दुई देशबिचको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो। भेटका अवसरमा अध्यक्ष दाहालले नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पुगिसकेको चर्चा गर्दै आगामी दिनमा पनि दुई देशबिचको सम्बन्ध थप मजबुत र घनिष्ठ हुने विश्वास व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन्। जमलस्थित चेम्बर भवनमा आज भएको ७३ औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि हुन्छ: उपप्रधानमन्त्री महासेठ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्ने गरी गृहकार्य भइरहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ