बुधबार, २० नोभेम्बर २०२४

सकियो संसद्को हिँउदे अधिवेशन, ८१ घण्टा ७५ मिनेटमा के-के भयो? 

आइतबार राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य भएको हो। माघ १६ गते सुरु भएको यो अधिवेशन लगभग ७० दिन चल्यो। यो बीचमा २३ वटा बैठकमा संसद्ले ८१ घण्टा ७५ मिनेट खर्चिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्यार्थी भर्ना अभियान शुभारम्भ, बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ नयाँ वर्ष २०८१ को सुरूआतसँगै शैक्षिक सत्र २०८१को विद्यार्थी भर्ना अभियान शुभारम्भ भएको सन्दर्भमा प्रधानमन्त्रीले विद्यालय जाने उमेरका आफ्ना सन्तानलाई पाठशाला पठाउन अभिभावकरूलाई आह्वान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभाको बैठक बस्दै, हिउँदे अधिवेशन आज रातिदेखि अन्त्य हुने

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक हिउँदे अधिवेशनको अन्तिम बैठक रहेको छ। सरकारले यसअघि नै आज रातिदेखि हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तीन प्रदेशमा मेघगर्जनसहित वर्षाकाे सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र मधेश प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि मुख्यतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया आंशिकदेखि सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमालेले जनताका मुद्दा सम्बोधन गर्छः उपमहासचिव ज्ञवाली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले जनताका मुद्दा सम्बोधन गर्ने बताएका छन्।  एमाले व्यास नगर कमिटीले नयाँ वर्षको अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदानमा उपमहासचिव ज्ञवालीले एमाले सधैँ जनताको पक्षमा रहेको र जनताका मुद्दालाई प्राथमिकता दिँदै आएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

इलाममा मदिरा बिक्री–वितरणमा रोक

 इलाममा मदिरा बिक्री–वितरणमा प्रतिबन्ध गरिएको छ। इलाममा हुन लागेको उपनिर्वाचनका अवसरमा मदिरा प्रतिबन्ध गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

सुपा देउरालीमा धार्मिक पर्यटकको घुइँचो

नयाँ वर्षको दिन धार्मिक तथा पर्यटकीयस्थल सुपा देउरालीमा धार्मिक पर्यटकको घुइँचो लागेको छ। मनले मागेको मनोकामना पूरा हुने विश्वासका साथ नेपाल तथा भारतका विभिन्न भागबाट दर्शनार्थीको घुइँचो लागेको सुपा देउराली मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - अर्घाखाँची

चैतमा पाथीभरामा ७५ लाखभन्दा बढी भेटी संकलन

ताप्लेजुङको पाथीभरा मन्दिरमा चैत महिनामा रु ७५ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ। पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद सङ्कलन गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - फुङ्लिङ

काठमाडौँमा स्कुटर दुर्घटनामा एकको मृत्यु

काठमाडौंमा शनिबार स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–३२ कोटेश्वरनजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

गैँडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैडाको आक्रमणबाट मृत्यु भएको छ।  आज बिहान ११: ५० बजे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका गोरखा आरुघाट गाउँपालिका-८ पोखरी घर भई हाल रत्ननगर नगरपालिका-६ सौराहा बस्ने ३२ वर्षीय सुवास रेग्मीलाई गैँडाले आक्रमण गरेको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर

यस्ता छन् २०८० मा भएकाे स्वास्थ्य क्षेत्रको उपलब्धि

चिकित्सा शिक्षाअन्तर्गत भर्ना, सम्बन्धन, शुल्क र गुणस्तरका विषयमा अनियमितता छानबिन गर्न सरकारले २०७४ वैशाख ४ मा आयोग गठन गरेको थियो। आयोगले ४२ जनालाई कारबाही सिफारिस गरेको छ। योसहित २०८० मा स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धि देखिएका छन्, यद्यपि सुधार गनुपर्ने उत्तिकै छन्। स्वास्थ्य क्षेत्रको अर्को उपलब्धि भनेको क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधिबारे सहमति हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ वर्षलाई देश बन्दैन भन्ने भ्रमबाट मुक्त वर्ष बनाउनुपर्छ: केपी ओली

‘म बनाउँछु मेरो देश’ भन्ने विश्वास जगाउने वर्षका रूपमा २०८१ लाई स्थापित गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले कुनै पनि देश अरु कसैले नभई आफैँले बनाउनुपर्ने स्पष्ट गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डोल्पामा आगलागीमा परेका तीनै जना बालबालिकाको मृत्यु

आगलागीबाट गम्भीर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको उनले बताए। उपचारको क्रममा १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौँमा आज निधन भएको प्रजिअ दाहालले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - डोल्पा 

बाँकेका १६ सीमा स्तम्भ हराए, १७१ स्तम्भ जीर्ण

‘नदीनाला क्षेत्रमा रहेका पिल्लर हराएका छन्। अन्य केही जीर्ण अवस्थामा छन्’, सशस्त्र प्रहरी उपरीक्षक डाँगीले भने, ‘हराएका पिल्लर प्रायः राप्ती नदी आसपासका छन्, बाढीले बगाएका ती पिल्लर पुनःनिर्माण हुन नसकेको हो।’

बिएल संवाददाता

बिएल संवाददाता - बाँके   

राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्छ: माधव नेपाल

सामाजिक न्याय, समानता, समावेशी र सहभागितामूलक प्रतिनिधित्वका लागि आवधिक निर्वाचनसहितको लोकतन्त्रको महत्व मननीय छ भन्दै सन्देशमा अध्यक्ष नेपालले सबै प्रकारका विभेदको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेद्वारा थापाथली चाेकमा चालक र यात्रुलाई लड्डु वितरण

गृहमन्त्री लामिछानेले शनिबार बिहान काठमाडाैँकाे थापाथली चाेकमा पुगेर चालक र यात्रुलाई लड्डु वितरण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

 राष्ट्रपति पौडेलद्वारा सपनतीर्थमा पूजार्चना

राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजा अर्चना गरेका छन्। राष्ट्रपतिले प्रथम महिला सविता पौडेलसहित  सपनतीर्थमा पूजार्चना गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इजरायल तोपखानामा हिजबुल्लाहको आक्रमण

हिजबुल्लाह समूहले इजरायली तोपखानामा आक्रमण गरेका छन्। लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले शुक्रबार इजरायली तोपखाना स्थानहरूमा दर्जनौं रकेट प्रहार गरेका छन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आजदेखि नयाँवर्ष २०८१ साल सुरू

आज विक्रम सम्वत २०८१ सालको पहिलो दिन अर्थात् नयाँ वर्ष २०८१ साल सुरु भएको छ। नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तीन प्रदेशमा वर्षाकाे सम्भावना, अन्य क्षेत्रकाे माैसम सफा रहने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी, बागमती र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखी मुख्यतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया आंशिकदेखि सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं