बुधबार, २० नोभेम्बर २०२४

‘उथलपुथल’ असीका फन्काहरू 

नेपाली पात्रोमा एउटा दशक बितेको वर्ष पनि हो। गणतन्त्रका लगभग दुई दशक बिताएको यो २०८० साल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ सापटी लिएर भन्ने हो भने ‘उथलपुथल’को वर्ष पनि भयो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

त्रिभुवन विश्वविद्यालयको रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त

त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर)मा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाललाई नियुक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ग्रामीण विकास बैंकका अधिकारीविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

नक्कली सदस्य बनाइ विना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा ब्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको पाइएको छ। आयोगले अधिकारीविरुद्ध रु १९ लाख दुई हजार दुई सय ३७ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस नेता पौडेलको निधन

पौडेलको आजै सेती नदी घाटमा अन्त्येष्टि गरिने र अन्त्येष्टि अघि पार्थिव शरीर नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिने छ। उनी प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला प्रधानमन्त्री रहेकै समयमा २०१७ सालमा कास्की क्षेत्र नं ९९ को अधिवेशनमा सहभागी भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

वर्ष २०८०ः सडकबाटै न्याय र अधिकार खोज्नेहरु

असन्तुष्टि व्यक्त गर्ने र न्यायको खोजीमा सडक भर्नेहरु वर्ष २०८० मा पनि भेटिए। केहीले न्याय खोज्दै सडक तताए भने केहीले आफ्ना आवाज सुनाउन सडकलाई माध्यम बनाए। केहीले न्याय पाए भने केही आशा लिएर घर फर्किए। केहीलाई सरकारले न्याय दिने आश्वासन दिएको छ भने केहीलाई केहीका माग सम्बोधन गने प्रतिबद्धता पनि जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभाले गरेको संशोधनलाई राष्ट्रियसभाको सहमति

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले प्रस्तुत गरेको सो विधेयकमाथि सांसदहरु विष्णुकमारी सापकोटा, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, भुवनबहादुर सुनुवारले धारणा राखे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनकोसी मरिण डाइभर्सनः वैशाख २६ गते ब्रेक थ्रुको तयारी

तराई–मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल गरेको छ। कुनै भौगोलिक जटिलता उत्पन्न नभएको खण्डमा आगामी वैशाख २६ गते विशेष समारोहको आयोजना गरी सुरुङ ब्रेक थ्रु गर्ने तयारी गरिएको आयोजनाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन्। शुक्रबार लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले ४८ सांसदको मत पाएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने सरकारकाे निर्णय

सरकारले सुन्तलालाई नेपालको राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्काे बैठकले सुन्तलालाई राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अञ्जान शाक्यलाई राष्ट्रियसभाको सदस्यमा नियुक्त गर्न सिफारिस

मन्त्रिपरिषद्काे शुक्रबार बसेको बैठकले शाक्यलाई राष्ट्रियसभाको रिक्त पदमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारकाे निर्णय

सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्काे शुक्रबार बसेको बैठकले वैशाख २ गते राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाठेघर सफा गर्दा २२ वर्षीया युवतीकाे मृत्यु

आठबिस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा गुरुङ बलामीकाे बिहीबार मृत्यु भएकाे हाे। पेट दुखेको भन्दै उपचारका लागि बिहीबार बिहान कर्णाली प्रदेश अस्पताल भर्ना भएकी उनकाे उपचारकाे क्रममा दिउँसाे चिकित्सकले घोषणा गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै संसदबाट पारित हुन्छ: मन्त्री शर्मा

उनले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक जरुरी रहेको उल्लेख गरिन्। ती दुवै विधेयक सङ्घीय सङ्सदमा पेश गर्ने अन्तिम तयारीमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नारायणगढ–मुग्लिन सडकका ११ वटा पुल सञ्चालनमा

निर्माण भइरहेका चार पुलमा तीनवटाको पहुँच सडक निर्माणको काम जारी छ। नाम्चे, कालिखोला र खहरेखोलामा निर्माण भएका पुलको पहुँच सडक निर्माणको काम भइरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का इन्जिनियर कृष्ण आचार्यले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

अमेरिकामा मन्दिरलाई राजु पराजुलीकाे साढे एक कराेड दान

नेपालका लागि अमेरिकाको मेरिल्यान्ड राज्यका पर्यटन प्रवर्द्धक राजु पराजुलीले हिन्दु–बुद्ध मन्दिर पुर्ननिर्माणका लागि एक लाख एघार हजार एक सय एघार अमेरिकी डलर दान गरेका हुन्। जसकाे हालकाे नेपाली मूल्य एक कराेड ४७ लाख ७७ हजार ७ सय ६३ हुन आउँछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

डोल्पा आगलागीमा घाइते भएका तीनमध्ये एक बालकको मृत्यु, दुई जनालाई काठमाडाैँ लगिँदै

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका– ४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीन जना बालबालिकामध्ये एक जनाको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - डाेल्पा

कोशी, बागमती र गण्डकीका पहाडी भू-भागमा वर्षाकाे सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन्। भारतीय उद्योग परिसङ्घका प्रतिनिधिमण्डलसँगको भेटमा उनले विदेशी लगानीकर्तालाई सहज बनाउन सरकार नीतिगत सुधार गर्न इच्छुक रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

डोल्पामा आगलागीबाट तीन बालबालिका घाइते

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेर तीन बालबालिका गम्भीर घाइते भएका छन्। गाउँ नजिकैको वनमा लागेको आगलागीमा परेर आज एउटै घरका दाजुभाईसहित तीन बालबालिका घाइते भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - डोल्पा

संविधानको कार्यान्वयन अहिलेको आवश्यकता हो : उपाध्यक्ष पौडेल

नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधानको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता भएको बताएका छन्। संविधानले नागरिकलाई सबै हिसाबले सुविधा सम्पन्न बनाएको भए पनि कार्यान्वयन नहुँदासम्म नागरिकले महसुस नगर्ने उनले उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ