बिएल संवाददाता
पोखरा
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्।
प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम आइतबार अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
उनले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए।
उनले सभामुखसहितको मतलाई जोडेर पेस गरेको दाबीलाई प्रदेश प्रमुखले स्वीकार गर्दै मुख्यमन्त्री नियुक्त गरेका छन्।