सोमबार, १८ नोभेम्बर २०२४

प्रहरीलाई हतियार किन्ने प्रस्ताव ४ वर्षदेखि अलपत्र– भयो स्रोत सुनिश्चितता, आएन बजेट

News Image
• • •

प्रहरीका लागि गोलीगठ्ठासहितका हतियार खरिद गर्ने प्रस्ताव चार वर्षदेखि अलपत्र परेको छ । २०७८ देखि प्रक्रिया शुरू भएर अर्थले स्रोत सुनिश्चितता दिए पनि रकम विनियोजन नगर्दा एलसी खोल्न नसकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

२०७८ फागुन १६ मा गृह मन्त्रालयले प्रहरी मुख्यालयलाई पत्राचार गर्दै सोध्यो– ‘स्थानीय तहको चुनावका लागि हातहतियार र स्रोतसाधनको अवस्था के छ ? खरिद गर्नुपर्ने भए प्रस्ताव ल्याऊ । फागुन १८ मा प्रहरी मुख्यालयले गृहमा जवाफ पठायो । पत्रमा गाडी र हातहतियारसहितका सामग्री खरिद गर्न ९३ करोड ९९ लाख रुपैयाँ आवश्यक पर्ने उल्लेख गरिएको थियो । त्यतिबेला प्रहरी महानिरीक्षक थिए, शैलेस थापा क्षेत्री । 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?