बुधबार, २० नोभेम्बर २०२४

आजकाे माैसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशको केहि स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपालमा दूतावास खोल्ने कुवेतको निर्णय

खाडी मुलुक कुवेतले नेपालमा दूतावास खोल्ने भएको छ। उपप्रधनमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले यसबारे जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

फेसबुकमा जथाभावी लेख्ने गोपाल काफ्ले २० हजार धरौटीम रिहा

सामाजिक सञ्जाल फेसबुकमा जथाभावि लेखेर प्रहरीकाे नियन्त्रणमा परेका मोरङ पथरीशनिश्चरे–१ का गोपाल काफ्ले सोमबार २० हजार धरौटीमा रिहाइ भएका छन्। काफ्लेले पटक–पटक अप्रमाणी विषयमा चरित्र हत्या हुनेगरि सामाजिक सञ्चालमा तस्बिरसहित लेखेपछि विद्युतीय कारोबार ऐन (साइबर) अपराध सम्बन्धी जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेको थियो। गोपाल काफ्लेले प्रमाण बिना पथरीशनिश्चरे नगर स्वास्थ्य विभाग प्रमुख मुरारी आचार्य, नगर पूर्व प्रमुख दिलिपकुमार राई (किशोर)को फोटो तानेर गम्भीर अपराधी झै आँखामा पट्टी लगाएको फोटोसहित पोष्ट गरेका थिए। संविधान सभा सदस्य चण्डीप्रसाद राई, पूर्व प्रदेश सभा सदस्य कृष्णकुमारी राईको तस्बिर पनि यसैगरी पोष्ट गरेका थिए। जिल्ला प्रहरी कार्यालय मोरङको आदेश अनुसार असार ४ गते इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गशेण प्रधानले पक्राउ गरेर जिल्ला पठाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

चितवनमा खुल्यो ५० करोड लगानीमा वेलनेस होटल

चितवनको पदमपुरमा ५० करोड रुपैयाँ लगानीमा एउटा वेलनेस होटल खोलिएको छ। पर्यटनकर्मीहरू लाक्पा ढुण्डुप लामा, सुशील चौधरी र राजेन्द्र महतोको लगानीमा खुलेको उक्त होटलको मंगलबार पर्यटन तथा संस्कृति मन्त्री हितबहादुर तामाङले शुभारम्भ गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

एसईईको नतिजा बुधबार नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार नै सार्वजनिक गर्नेगरी अन्तिम तयारी गरेको छ। कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बुधबार नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए। कुनै प्राविधिक समस्या नआएमा बुधबार अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने उनको धारणा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कराेडाैँ लगानीमा चितवनमा खुल्यो वेलनेस होटल, पर्यटनमन्त्री तामाङद्वारा शुभारम्भ

पर्यटनकर्मी लाक्पा ढुण्डुप लामा, सुशील चौधरी र राजेन्द्र महतोको संयुक्त लगानीमा कालिकानगर नरपालिका– १ पदमपुरमा मुनाल एण्ड मयुर होटल खुलेकाे हाे। हाेटलकाे मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले  शुभारम्भ गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

युक्रेनी सेनाका एक शीर्ष कमाण्डर बर्खास्त

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सेनाका एक शीर्ष कमाण्डरलाई बर्खास्त गरेका छन्। सार्वजनिक आलोचना, धेरै युक्रेनी सैनिकको मृत्यु र पदका लागि अयोग्यताको आरोप पछि जेलेन्स्कीले यो कदम चलेको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

केजरीवाललाई जमानत दिने तल्लो अदालतको आदेश उच्च अदालतद्वारा खारेज

दिल्लीको राउज एभिन्यू अदालतको फैसलालाई उल्टाउँदै उच्च अदालतले अरविन्द केजरीवालको जमानत खारेज गरेको छ। जुन २० मा दिल्लीको राउज एभिन्यू अदालतले यस मामिलामा अरविन्द केजरीवाललाई जमानत दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफूहरुको माग पुरा नभएसम्म वैदेशिक रोजगार विभाग घेराउ जारी राख्ने आईटी आर्मीकाे चेतावनी

नवौं दिनसम्म वैदेशिक रोजगार विभाग अगाडि धर्ना एवं घेराउ गर्दै आएका आन्दोलनकारीले सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै सरकारका बिरुद्धमा चर्को नारावाजी समेत गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वोच्चद्वारा केदार कार्कीकाे रिट खारेज, हिक्मत कार्कीकाे सरकारले पायाे निरन्तरता

मङ्गलबार सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, डा‍. नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान सम्मिलित पूर्ण इजलासले कोशी सरकारविरुद्ध कार्कीले दायर गरेको रिट खारेज गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मामाको योजनामा भान्जाकाे घरबाट २ करोड लुटपाट, प्रहरी हवल्दारसहित ४ जना पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा प्रहरी हवल्दार कृष्ण बहादुर बोहरा, सुजन रसाइली, भीमबहादुर तामाङ्ग र ओखलढुंगाका मुनाराज राई रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘मर्छु’ भन्दै माइतीघरकाे झण्डावाला पोलमा चढिन् आरती रावल (भिडियाे)

निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल मर्छु भन्दै माइतीघर मण्डलाको झण्डावाला पोलमा चढेकी छन्। मंगलबार दिउँसो झण्डावाला पोलमा चढेकी उनलाई प्रहरीले भर्‍याङको सहायतामा तल झारेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सुरु, द्विपक्षीय सम्बन्ध र सहयोगबारे छलफल

परराष्ट्र मन्त्रालयका अनुसार नेपालले छलफलका लागि चीनको सहयोग, व्यापार, लगानी र पर्यटन प्रबर्द्धन , कनेक्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायत एजेन्डा तय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपिन जाेशीकाे रिहाइका लागि सरकारले पहल गरिरहेकाे छ: प्रधानमन्त्री प्रचण्ड

‘२०२३ अक्टाेबर २३ मा इजरायलमा भएकाे हमासकाे आक्रमणमा परेका नेपाली विद्यार्थी विपिन जाेशीकाे रिहाइका लागि नेपाल सरकारले इजरायल सरकार, मध्यस्थकर्ता कतार सरकार तथा दुबै पक्षका निकटस्थ छिमेकी राष्ट्र गणतन्त्र इजिप्ट सरकारसँग समेत अनुराेध गर्दै औपचारिक र अनाैपचारिक बैठकमा समेत पहल भइरहेकाे जानकारी गराउन चाहन्छु’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मोतिहारी–अमलेखगञ्ज परियोजना: पाइप लाइनबाट कहिले आउँछ पेट्रोलियम पदार्थ?

नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख बिनितमणि उपाध्यायले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणअन्तर्गतका मुख्य ट्याङ्क निर्माण सकिएकाले अन्य प्राविधिक कामलाई तीन महिनाभित्रै सम्पन्न गरेर पेट्रोल–मट्टितेल पाइप लाइनबाट ल्याइने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

संसद बैठकमा अनिवार्य उपस्थित हुन र बजेटकाे पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेकाे ह्वीप

आज बस्ने प्रतिनिधसभा बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट पारितका लागि निर्णायर्थ पेस हुने भएकोले अनिवार्य उपस्थित भइ पक्षमा मतदान गर्न एमालेले ह्वीप जारी गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विकिलिक्सका संस्थापक जूलियन असान्ज जेलमुक्त

श्रीमान जुलियनको रिहाइका लागि समर्थक तथा शुभेच्छुकहरूले गरेको अनवरत पहलका लागि उनले सामाजिक सञ्जालबाट धन्यवाद दिएकी छन्। लेखेकी छन्, ‘जुलियन रिहा भएका छन्। विश्वव्यापी रुपमा उनको रिहाइका लागि समर्थकहरूबाट भएको पहलका लागि हार्दिक आभार व्यक्त गर्न मसँग कुनै त्यस्तो शब्द छैन। वर्षौंदेखिको सबैको पहल सत्य साबित भएको छ। धन्यवाद।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना : तीन महिनाभित्रै पेट्रोल पाइपलाइबाट

नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै बाँकी रहेको काम पनि आगामी तीन महिनाभित्र सम्पन्न गरेर पेट्रोल–मट्टितेल पनि पाइप लाइनबाटै ल्याउने तयारीमा जुटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

पूर्वराजा शाह स्वदेश फिर्ता

थाइल्यान्डमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार स्वदेश फर्किएका छन्। उनी नेपाल एअरलाइन्सको उडान नम्बर आरए ४०२ मार्फत् साँझ साढे ७ बजे काठमाडौँ आइपुगेका हुन्। शाहसहित पूर्वरानी कोमल,पूर्वयुवराज्ञी हिमानी र नातिनी पूर्णिका र नाति ह्रदयेन्द्र शाह पनि काठमाडौँ फर्किएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं