बुधबार, २० नोभेम्बर २०२४

संसद बैठकमा अनिवार्य उपस्थित हुन र बजेटकाे पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेकाे ह्वीप

आज बस्ने प्रतिनिधसभा बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट पारितका लागि निर्णायर्थ पेस हुने भएकोले अनिवार्य उपस्थित भइ पक्षमा मतदान गर्न एमालेले ह्वीप जारी गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विकिलिक्सका संस्थापक जूलियन असान्ज जेलमुक्त

श्रीमान जुलियनको रिहाइका लागि समर्थक तथा शुभेच्छुकहरूले गरेको अनवरत पहलका लागि उनले सामाजिक सञ्जालबाट धन्यवाद दिएकी छन्। लेखेकी छन्, ‘जुलियन रिहा भएका छन्। विश्वव्यापी रुपमा उनको रिहाइका लागि समर्थकहरूबाट भएको पहलका लागि हार्दिक आभार व्यक्त गर्न मसँग कुनै त्यस्तो शब्द छैन। वर्षौंदेखिको सबैको पहल सत्य साबित भएको छ। धन्यवाद।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना : तीन महिनाभित्रै पेट्रोल पाइपलाइबाट

नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै बाँकी रहेको काम पनि आगामी तीन महिनाभित्र सम्पन्न गरेर पेट्रोल–मट्टितेल पनि पाइप लाइनबाटै ल्याउने तयारीमा जुटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

पूर्वराजा शाह स्वदेश फिर्ता

थाइल्यान्डमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार स्वदेश फर्किएका छन्। उनी नेपाल एअरलाइन्सको उडान नम्बर आरए ४०२ मार्फत् साँझ साढे ७ बजे काठमाडौँ आइपुगेका हुन्। शाहसहित पूर्वरानी कोमल,पूर्वयुवराज्ञी हिमानी र नातिनी पूर्णिका र नाति ह्रदयेन्द्र शाह पनि काठमाडौँ फर्किएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सर्वाधिक धनराषीको पुरस्कारबाट बैकुण्ठ र एरिका सम्मानित

नेपाली खेलकुदको सर्वाधिक राशीको पुरस्कार ‘शरदचन्द्र शाहा मेमोरियल स्पोर्ट्स अवार्ड’ बाट चर्चित म्याराथन धावक बैकुण्ठ मानन्धर तथा करातेकी कीर्तिमानधारी युवा खेलाडी एरिका गुरुङ सम्मानित भएका छन्। नेपाली खेलकुदका कुशल पूर्वसदस्य–सचिव शरदचन्द्र शाहाको स्मृतिमा प्रदान गरिएको यो पुरस्कार यसै वर्षदेखि प्रदान गर्न थालिएको हो। पुरस्कारको धनराषी २ लाख ५० हजार रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बागलुङ-म्याग्दी जोड्ने सडक ट्रयाक खुलेको १९ वर्षपछि सडक कालोपत्र

दुई जिल्ला जोड्ने गरी १९ वर्ष अगाडि ट्रयाक खुलेको सडक कालोपत्र गरिएको छ। बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार, ताराखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र गरिएको हो।  पाँच वर्ष अगाडि स्तरोन्नतीसहित कालोपत्र गर्न जिम्मा पाएको निर्माण कम्पनीले यस वर्ष बल्ल काम गरेको छ। यस वर्षमा सात किलोमिटर सडक कालोपत्र गर्ने भनिए पनि साढे चार किलोमिटर मात्रै कालोपत्र भएको पूर्वधार विकास कार्यालय बागलुङका इन्जिनियर चन्द्रबहादुर पुनले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

एकसिङ्गे गैँडाको खाग खरिद बिक्रीको अभियोगमा मुद्दा दायर

चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग खरिद बिक्री गरेको अभियोगमा नौ जना विरुद्ध मुद्दा दर्ता गरेको छ। निजहरुविरुद्ध सोमबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो। कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा जनाएअनुसार मुद्दा दायर गरिएकाहरूमा भरतपुर महानगरपालिका–२८ का ४० वर्षीय सन्तबहादुर कुमाल, राप्ती नगरपालिका–३ सुन्दर बस्ती बस्ने ३३ वर्षीये बालकुमार राई, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बर्दघाट नगरपालिका–८ भानुनगर बस्ने ३५ वर्षीय देवबहादुर परियार, रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ कालिका टोल बस्ने ३८ वर्षीय धनबहादुर बानियाँ, बुटवल–११ आनन्द पथ बस्ने ५१ वर्षीय कृष्णराज पाण्डे क्षेत्री रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु

कञ्चनपुरमा चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका-७ गाउजी बस्ने ६८ वर्षीय रत्नप्रकाश लामिछाने घरको आगनमा टेबुल फ्यान (पंखा) चलाएर बसेको अवस्थामा शरीरमा खसेपछि गम्भीर घाइते भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

विदेशमा रोजगारीका लागि पठाउने आश्वासन देखाएर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ घर भएर अनामनगर बस्ने ३४ वर्षीय नर्वदा कुमार खड्का र काठमाडौँको नागार्जुन घर भएका ४० वर्षीय पासाङ लामा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जीबी राईलाई नेपाल ल्याउन प्रयासरत छौँ: गृहमन्त्री लामिछाने

गृहमन्त्री लामिछानेले प्रतिनिधिसभाको बैठकमा जीबी राई पक्राउ गर्न सरकार प्रयत्नशील रहेको बताउँदै जीबी राईलाई नेपाल ल्याउन कानुनी कठिनाइ भइरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बलात्कार मुद्दामा तपस्वी रामबहादुर बम्जन दोषी ठहर

बलात्कार आरोपमा पक्राउ परेका तपस्वी रामबहादुर बम्जन दोषी ठहर भएका छन्। साेमबार सर्लाही जिल्ला अदालतले बम्जनलाई दोषी ठहर गरेको अधिकारीहरूले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्व बैंककाे ८० मिलियन डलर ऋण स्विकार्ने सरकारकाे निर्णय, यस्ता छन् मन्त्रिपरिषद्का २१ निर्णय

सरकारले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेकाे छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त ऋण सहायता स्वीकार गर्ने निर्णय गरेकाे सूचना तथा सञ्चार  प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार र संसद् सचिवालयका कर्मचारीबीच ७ बुँदे सहमति

सरकार र संसद् सचिवायलका कर्मचारीबीच ७ बुँदे सहमति भएको छ। विभिन्न ११ बुँदे माग राखेर २१ दिनदेखि आन्दोलनरत कर्मचारीसँग सरकारले सोमबार ७ बुँदे सहमति गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दक्षिण कोरियाको ब्याट्री कारखानामा भीषण आगलागी, विदेशीसहित २२ जनाको मृत्यु

राजधानी सोलबाट दक्षिणी सहर ह्वासङरस्थित एरिसेल कम्पनीको कारखानामा सोमबार बिहान आगो लागेको थियो। उक्त कारखानाबाट लिथिअम ब्याट्री उत्पादन हुँदै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब देशभर वर्षा, सतर्क रहन आग्रह

आज सोमबार (जेठ १० गते)देखि देशभर वर्षा हुने भएको छ। मनसुनी वायु देशभर फैलिएसँगै अब वर्षा हुने भएको हो। आइतबारसम्म मनसुन देशभर सक्रिय हुन सकेको थिएन। जसले पूर्वमा बाढी, पहिरो आउँदा पश्चिमममा भने गर्मीले सताएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

जीतपुरसिमराको नगरसभा बैठकमा झडप (भिडियाे)

वडाध्यक्षहरू बिहानैदेखि विरोधमा प्रदर्शनमा उत्रिएका थिए। दिउँसो बैठकमा सहभागी हुन नगर प्रमुख राजन पौडेल नगरसभामा छिर्नसाथ उनीहरुले हुलदङ्गा गरेका हुन्। उनीहरुले बैठकस्थलकाे कुर्सी र टेबलसमेत तोडफोड गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महिला लक्षित अभिव्यक्तिप्रति मन्त्री चौधरीको आपत्ति, आत्मालोचना गर्न सांसदलाई आग्रह

मन्त्री चौधरीले सांसदबाटै यस्तो खाले अभिव्यक्तिले आम महिलाको आत्मसम्मानमा चोट पुगेको भन्दै उक्त अभिव्यक्तिप्रति आत्मा आलोचित हुन सम्बन्धित सांसदलाई आग्रह गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखराको पामेमा पर्यटककाे सहभागितासहित धान दिवस मनाइँदै

पोखरा पर्यटन परिषद्को आयोजनामा यही असार १५ गते पाेखरा महानगरपालिका- २३ पामे, फेवा फाँटमा दिवस मनाउन लागिएकाे हाे। कृषिलाई पर्यटनसँग जाेड्न उद्देश्यका साथ दिवस मनाउन लागिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

सप्तरीबाट १ सय ७ कार्टुन मदिरा बरामद

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सशस्त्र प्रहरी नायब निरीक्षक अमृत कुमार श्रेष्ठको कमाण्डमा खटिएको मोबाइल गस्तीले नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको मामाश्री ब्राण्डको मदिरा बरामद गरेकाे डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नदीमा बाढी आउन थालेपछि मेलम्ची खानेपानी आजदेखि बन्द

‘नदी नधमिलिएसम्म उपत्यकावासीलाई खानेपानीको आपूर्ति सहज बनाउन आयोजना सञ्चालनमा राखेका थियौँ’, उनले भने, ‘नदीमा बाढी आउन थालेपछि आजदेखि बन्द गर्ने निर्णय गरेका छौँ, अब वर्षा कम भएपछि आयोजना पुनः सञ्चालन हुनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं