बुधबार, २० नोभेम्बर २०२४

साउदी अरबमा मृत्यु हुने हज यात्रीकाे संख्या १३ सय नाघ्यो

जुन १४ देखि १९ सम्म भएको हज यात्राका क्रममा मृत्यु भएका पाँच तीर्थयात्रीहरूमध्ये चारसँग वैध अनुमति नभएको र उनीहरु गर्मीमा आश्रय बिना हिँडिरहेको साउदी अरेबियाले बताएको छ। मृतकमध्ये केही वृद्ध र बिरामीसमेत रहेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरेललाई २ दिनका लागि एआइजी बनाउन गृहमन्त्री लामिछानेको दबाब

एकाध दिनकै लागि राज्यलाई आर्थिक व्ययभार पर्ने गरी पोखरेललाई जबरजस्ती एआइजी बनाउन गृहमन्त्री रवि लामिछानेले जोडबल गरेकाे बताइन्छ। यसअघि वसन्त लामालाई ३४ घन्टाका लागि एआइजी बनाएको इतिहास नेपाल प्रहरीमा छ। त्यही विकृतिको निरन्तरतास्वरुप निकटकालाई विशिष्ट श्रेणी पदमा पुर्‍याउन लामिछानेले दबाब दिएको गृह स्रोत बताउँछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एसईईकाे नतिजा प्रकाशनको तयारी, यसरी हेर्न सकिन्छ नतिजा

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेकाे छ। परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यही हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बताएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजदूतको नाम सिफारिस गर्न रास्वपाले बनायो मापदण्ड

राजदूतका लागि पहिलो मापदण्डमा  नेपालको संविधान, प्रचलित काननू तथा राजदूत नियक्तिसम्बन्धी निर्देशिकाले तोकेको व्यक्ति हुनुपर्ने रहेको छ। जसमा ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक, भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिनेगरी सेवाबाट बर्खास्त नभएको, विदेशी मुलुकको स्थायी/अस्थायी आवासीय अनुमति पत्र वा सुविधा प्राप्त नगरेको हुनुपर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी, बैकुण्ठ अर्याल योजना आयोगमा

सरकारले वरिष्ठ सचिव लीलादेवी गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव गड्तौलालाई  कामु मुख्यसचिवको जिम्मेवारी दिने निर्णय गरेकाे हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वीरगन्जमा खानेपानीको अभाव, पाइप प्वाल पारेर पानी चोरी

वीरगन्ज महानगर क्षेत्रमा चापाकल सुकेर खानेपानीको चर्को अभाव हुन थालेपछि सर्वसाधारणले खानेपानीको लाइन जडान गर्न थालेका छन्। चालु आर्थिक वर्षको साउनदेखि यही असार ६ गतेसम्मको अवधिमा मात्रै थप दुई हजार आठ सय १० घरधुरीले खानेपानी संस्थान शाखा कार्यालयबाट नयाँ धारा जडान गरेका हुन्। खानेपानी संस्थान शाखा कार्यालय वीरगन्जका वितरण प्रमुख सञ्जीवकुमार यादवले सर्वसाधारणको घरआँगन परिसरमा जोडेको चापाकल सुकेसँगै खानेपानी संस्थानको धारा जोड्नेक्रम ह्वात्तै बढेको जानकारी दिए। “पहिला वीरगञ्जवासीले संस्थानको धारा जडानमा खासै रुचि देखाउँदैनथे तर अहिले घरमा गाडिएको चापाकलमा पानी आउन छाडेसँगै अहिले संस्थानको धारा जडान गर्न भन्दै आउने गरेका छन्”, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘लुगा सिलाएर बिक्री गर्दा घरखर्च राम्रैसँग चलेको छ’

कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्छिन्। राना थारु समुदायका लोप हुँदै गएका पहिरन सिलाउँदै उनले आफ्नो परिवारको घरखर्च जोहो गर्दै आएकी छन्। दोदा नदीको बगरमा मन्तुराले बगर खेती पनि गरेकी छन्। तरकारी हेरचाह गर्न छाप्रो बनाएर बसेकी उनी फुर्सदको समयमा पहिरन सिउने काममा व्यस्त हुन्छिन्। ‘आजभोलि लुगा सिउने मेसिनले कपडा सिउँदा निकै सजिलो भएको छ। परम्परागत पहिचान बोकेका पहिरन लगाउने क्रम अहिले घट्दो छ’, उनले भनिन्, ‘कुनै कार्यक्रम, चाडबाडमा मात्रै यस्तो लुगा लगाउँछन्। पहिचान संरक्षणका लागि टेवा पुर्‍याउन सकेकोमा खुसी लाग्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

साढे १५ करोडको लागतमा बिर्तामोड–शनिश्चरे सडक कालोपत्र

झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब रु साढे १५ करोडको लागतमा कालोपत्र गर्ने काम थालिएको छ। पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रसुरु भएको सडक डिभिजन कार्यालय दमकका इन्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिएका हुन्। ‘बहुवर्षे योजनाअनुसार सडक निर्माण भइरहेको छ’, उनले भने, ‘मौसमले साथ दियो भने तीन–चार दिनभित्र काम सकिन्छ।’ बिर्तामोडको टाटा शोरुमदेखि महानन्द चोकसम्मको करिब पाँच सय मिटर सडकको चौडाइ १५ मिटर हुनेछ भने बाँकी सात मिटर हुनेछ। कालोपत्रको मोटाइ ४० सेन्टिमिटर रहने उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

भीर मौरीको टोकाइबाट १३ जना घाइते

भीर मौरीको टोकाइबाट १३ जना घाइते भएका छन्। मौरीको टोकाइबाट रुकुमपूर्वको भूमे गाउँपालिका–६ खाम्दीमा रहेको जनचेतना आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - त्रिवेणी

‘शितल’ अनि ‘न्यानो’ पार्ने ‘एसी’ले कसरी पर्यावरणको घाँटी अठ्याइँरहेको छ?

हरेक वर्ष पृथ्वी तातिइरहेको छ। यसपालि आधा विश्व प्रचण्ड गर्मीको चपेटामा छ। एशियाका धेरै देशमध्ये अत्यधिक गर्मी हुने नेपाल पनि हो। खासगरी नेपालका तराई-मधेसमा धेरै नै गर्मी हुन्छ। यो याममा चल्ने तातो हावाका कारण आम मानिसको जनजीवन पनि अस्तव्यस्त भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मकवानपुरमा जंगली च्याउ खाँदा श्रीमानको मृत्यु, श्रीमती र छोराछोरी बिरामी

मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने चार जना बिरामी भएका छन्। आइतबार राक्सिराङ गाउँपालिका–७, दगुवाङमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए। स्थानीयले उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पुर्‍याएकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

स्कुटर चोरेको आरोपमा एक युवक पक्राउ

स्कुटर चोरेको आरोपमा प्रहरीले गोंगबुबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको उमाकुण्ड गाउँपालिका–६ घर भएर स्वयम्भू बस्ने २५ वर्षीय सुरज बस्नेत छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

वैदेशिक रोजगारको ठगीबारे सरकार किन मौन?

‘वैदेशिक रोजगारमा गएका लाखौँ युवाहरुको माग सम्बोधनका निमित आफूहरुले निरन्तर आन्दोलन गरिरहेको भए पनि सरकारले समस्या समाधानका लागि पहल नगर्दा दुख लागेको छ। तर हामी थाकेका छैनौँ, हाम्रो माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ’, साहले भने, ‘हामी हाम्रो मागको बारेमा सरकार र विभागलाई ध्यानाकर्षण गराईसकेका छौँ तर पनि सम्बन्धित निकाय कानमा तेल हालेर बसेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हुलाकबाट छिरे, करोडौँका ‘काण्ड’हरूसँगै मुख्यसचिव भए

नेपालको निजामती कर्मचारी इतिहासमा बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको यो पहिलोपटक हो। इतिहासको यो कालो पानामा आफ्ना नाम नपरोस् भनेर अर्यालले मुद्दा दर्ता हुनुअघि नै प्रधानमन्त्रीसँग परामर्श गरेका थिए। तर प्रधानमन्त्रीले ‘विवेक प्रयोग गर्नू’ भनेर फर्काइदिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फणिन्द्र देवकोटाकाे रिट ‘हेर्दाहेर्दै’ मा

गण्डकी प्रदेशका पदमुक्त सांसद फणिन्द्र देवकोटाले दायर गरेको रिट आज हेर्दाहेर्दैमा राखिएको छ। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेकाे रिट आइतबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचार अभियोग लागेका बैकुण्ठ अर्याल स्वतः निलम्बित, काे बन्लान् मुख्यसचिव?

भ्रष्टाचार अभियोग लागेका मुख्यसचिव बैकुण्ठ अर्याल निलम्बनमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचार अभियाेगमा मुख्यसचिव अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार गरेकाे अभियोगमा मुद्दा दायर गरेकाे छ। नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरण र अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुशील प्याकुरेलद्वारा दक्षिण कोरियाकाे राजदूत बन्न अस्वीकार

उनले राजदूत पदमा सिफरिश गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद सचिवालयबाट कुनै सम्पर्क वा संकेतसमेत नदिइएकाे गुनासाे गरेका छन्। उनले राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक रहेकाे उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचारकाे आरोप लागेपछि राजीनामा दिने तयारीमा मुख्य सचिव अर्याल

मुख्य सचिव डा. बैकुण्ठ अर्यालले राजीनामाको तयारी गरेका छन्। टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार गरेकाे अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने भएपछि उनले राजीनामा दिने तयारी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चुरे संरक्षणमा सरकार जिम्मेवार भएन: सांसद पौडेल

संसद्को विशेष समयमा बोल्दै सांसद पौडेलले गमलामा विरुवा रोपेर चुरे संरक्षण नहुने जिकिर गर्दै चुरे संरक्षणका लागि निश्चित कानुनी आधार बनाएर सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं