बुधबार, २० नोभेम्बर २०२४

सिकारी र सेनाबीच दोहोरो झडप हुँदा एक सिकारीको मृत्यु

पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र वन्यजन्तु सिकारी र निकुञ्ज सुरक्षाकर्मीबीच भएको दोहोरो झडपमा एक जना सिकारीको ज्यान गएको छ। आज बिहान करिब ८:१५ मा निकुञ्ज कर्मचारी, नेपाली सेनासहितको टोली गस्तीको क्रममा वन्यजन्तु सिकारीसँग जम्काभेट हुँदा दोहोरो झडप भएको थियो। झडपमा वन्यजन्तु सिकारी हेटौँडा उपमहानगर वडा नं १४ का ५२ वर्षीय सुकबहादुर तिक्तुङ्गको ज्यान गएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। दोहोरो झडपको क्रममा हतियारसहित ५ जनाको समूहमा आएका सिकारीहरूमध्ये अन्य ४ जना भाग्न सफल भएको इप्रका सिमराका प्रमुख चिरञ्जीवी दाहालले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

राष्ट्रिय दलित पत्रकार संघ रौतहटको अध्यक्षमा पुनः पासवान

राष्ट्रिय दलित पत्रकार संघ रौतहटको अध्यक्षमा राजेश पासवान दोहरीएका छन्। सम्पन्न संघको दोस्रो जिल्ला अधिवेशनले पासवानको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरेको हो। नवगठित समितिको उपाध्यक्षमा दिपेन्द्र रजक, सचिवमा सुनिल रजक, सहसचिवमा शम्भु दास र कोषाध्यक्षमा प्रदिप कुमार दास निर्वाचित भएका छन्। त्यस‌गरी सदस्यहरुमा अमृता पासवान,जयनरायण पासवान,गोपाल महरा र आदित्य रजक निर्वाचित भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ब्राजिलबाट स्वदेश फर्किए बालेन

स्वदेश फर्किएपछि बैठकमा भएका छलफल र नीति वहसका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘ठूला सहर केन्द्रित बसाइँसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनु पर्छ। भौगोलिक, सामाजिक, आर्थिक जस्ता कारणले फरक फरक ठाउँका सहरहरुको समस्या फरक हुन सक्छन्। यति भएर पनि केही साझा कार्यक्रम सञ्चालन हुन सक्छन्। बैठकमा यसका नीतिगत पक्षमा छलफल भयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जङ्गली च्याउले लियाे ज्यान

तनहुँमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने ४ जना बिरामी भएका छन्। मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङ रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा एक युवकको मृत्यु भएको छ, भने दुईजना गम्भीर घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाल पत्रकार महासंघको चुनाव यहि असार २२ गते हुने भएको छ। महासंघको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान तय गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मुग्लिङ–नारायणगढ सडक एकतर्फी खुला

पहिरोका कारण अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडक खण्डमा एकतर्फी गाडी सञ्चालनमा आएका छन्। पहिरो आंशिक रूपमा पन्छाएपछि बाटो एकतर्फी रूपमा खुला भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा भारी वर्षा

हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाढीपहिरोले मकालुमा २४ घर विस्थापित

सङ्खुवासभाको मकालु गाउँपालिका–६ सागसेवामा आएको बाढीपहिरोले २४ घर परिवार विस्थापित भएका छन्। एक सातासम्म लगातार परेको वर्षापछि गुहे खोल्सामा आएको बाढीपहिरोले २४ घर उच्च जोखिममा परेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए। उच्च जोखिममा परेका ती परिवारहरुलाई आफन्तको घरमा सुरक्षित स्थानान्तरण गरिएको उनले बताए। बाढीपहिरोले मानवीय क्षति भने भएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - सङ्खुवासभा

विद्युत् आयोगको अध्यक्ष र सदस्य नियुक्त

सरकारले विद्युत नियमन आयोगकोे अध्यक्षमा रामप्रसाद धिताललाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले आयोगको अध्यक्षमा धिताल र सदस्यहरूमा डा. मधुसुदन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आठ देशमा राजदुत सिफारिस

मन्त्रिपरिषद् बैठकले ८ देशका लागि राजदूत सिफारिसको निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठक ८ देशका लागि राजदूत सिफारिस गरेको हो। सरकारले अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरेलाई पठाउने निर्णय गरेको छ। भारतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, दक्षिण कोरिया सुशील प्याकुरेल पठाउने भएको छ। रेग्मी यसअघि बेलायतका लागि सिफारिस भएका थिए

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रकले  स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौँको कोटश्वरमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको टिपर र सोही दिशामा जाँदै गरेको स्कुटर ठोक्किँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल

प्रधानमन्त्रीले भने, ‘पोखरा र भैरहवा एयरपोर्ट राष्ट्रिय गौरवका परियोजना हुन्। यी परियोजना निर्माणमा राज्यको ठूलो लगानी पनि भइसकेको छ। निजी क्षेत्रले समेत पर्यटन पूर्वाधारमा लगानी गरिसकेको छ। यस्तो परिस्थितिमा यी विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्नुको अर्को कुनै विकल्प छैन। पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले गम्भीरतापूर्वक तयारी गर्नुस् र विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालनको ठोस प्रस्ताव छिटै ल्याउनुहोस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेविरुद्धको रिटको ‘हेर्दाहेर्दै’ मा

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा परेकाे रिटमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हाे। अर्को पेशी असार १६ गतेका लागि तोकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ठूला सहरकेन्द्रित बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ : मेयर बालेन

ब्राजिलको साओ पाउलोमा हिजोबाट सुरु भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन जानु भएका प्रमुख शाहले आज(शुक्रबार) भएको ‘मेयरल राउण्ड टेवल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति वहस’ मा यस्तो धारणा राखेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वैदेशिक रोजगारीमा फ्री भिसा–फ्री टिकटको माग गर्दै आईटी आर्मीद्वारा रोजगार विभाग घेराउ

वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अवैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका विविध समस्याहरु समाधान गर्नुपर्ने माग गर्दै विभाग घेराउ एवं धर्ना दिइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा गौतम नियुक्त

लुम्बिनी प्रदेशमन्त्री परिषद् तथा मन्त्रीस्तरीय निर्णयबाट उनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

परराष्ट्रमन्त्री श्रेष्ठ भाेलि इरान जाने

एसिया सहयोग संवाद (एसिया को-अपरेसन डायलग) को विदेशमन्त्रीस्तरीय १९औँ बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्वाचन आयुक्तमा सिफारिस प्रधानविरुद्ध मागियाे उजुरी

संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानविरुद्ध उजुरी आह्वान गरेको छ। शुक्रबार बसेको समितिकाे बैठकले १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको सभापति पशुपति शमशेर राणाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्पलाई एकै व्यक्तिले दिए ५ करोड डलर चन्दा

अमेरिकी राष्ट्रपतिको निर्वाचनको मैदानमा रहेका डोनाल्ड ट्रम्पलाई एक व्यक्तिले ५ करोड डलर चन्दा दिएका छन्। अर्बपति टिमोथी मेलनले एक्लैले ट्रम्पको राष्ट्रपति चुनाव अभियानमा ५० मिलियन डलर चन्दा दिएको विषय अहिले चर्चामा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं