बुधबार, २० नोभेम्बर २०२४

मुग्लिङ–नारायणगढ सडक एकतर्फी खुला

फाइल तस्बिर
• • •

पहिरोका कारण अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडक खण्डमा एकतर्फी गाडी सञ्चालनमा आएका छन्।

पहिरो आंशिक रूपमा पन्छाएपछि बाटो एकतर्फी रूपमा खुला भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ। 

एकतर्फी खुला भएको बाटो पूर्ण रूपमा सञ्चालनमा आउन केही घण्टा लाग्ने बताइएको छ। दुईतर्फी सवारी सञ्चालनका लागि पहिरो पूर्ण रूपले पन्छाउने काम भइरहेको छ। 

गएराति १ः१० मा सिमलताल नजिक आएको पहिरोले सडक पूर्ण रूपले अवरुद्ध भएको थियो। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?