बुधबार, २० नोभेम्बर २०२४

ट्रम्पलाई एकै व्यक्तिले दिए ५ करोड डलर चन्दा

अमेरिकी राष्ट्रपतिको निर्वाचनको मैदानमा रहेका डोनाल्ड ट्रम्पलाई एक व्यक्तिले ५ करोड डलर चन्दा दिएका छन्। अर्बपति टिमोथी मेलनले एक्लैले ट्रम्पको राष्ट्रपति चुनाव अभियानमा ५० मिलियन डलर चन्दा दिएको विषय अहिले चर्चामा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, कुनै अप्ठ्यारो मान्नु पदैन: प्रधानमन्त्री

‘सबै नेता उस्तै हुन्, यहाँ केही हुँदैन भन्ने भाष्य गलत हो, जसले नकारात्मक भाष्य बनाएका छन्, उनीहरूमा देश र जनताप्रति माया छैन, रहँदैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘इतिहासमा योगदान गर्ने शक्तिहरूको पक्षमा सकारात्मक तवरले सन्देश प्रवाह हुनुपर्छ, गर्नुपर्छ। तपाईँ बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, डटेर लेख्नुहोस्, कुनै अप्ठ्यारो मान्नु पदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासमा

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै दायर भएकाे रिटको सुनुवाइका लागि आज पेसी तोकिएको छ। उक्त रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेविरुद्धको रिटको आज सुनुवाइ हुँदै

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिटको आज सुनुवाइका लागि पेशी तोकिँदै छ। सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट सुनुवाईकै क्रममा रहेको छ। यस अघि उक्त रिट यसअघि हेर्न नमिल्ने न्यायाधीशको पेशी पर्दै सरेको थियो। इजलासबाटै सुनुवाइको मिति तोकिएकाले आजका लागि पेशी तोकिएको थियो। आज दुई न्यायाधीशको इजलासले यो विवादमा सुनुवाइ गर्ने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

इलामका ग्रामीण किसानलाई उन्नत जातका बाख्रा वितरण

इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाले ग्रामीण किसानको जीवनस्तर उकास्न बाख्रा वितरण गरेको छ। माङसेबुङ गाउँपालिकाले बिहीबार वडा नं ४ का तीनवटा बाख्रापालन समूहलाई ७८ वटा उन्नत जातका पाठी र छवटा जातका ‘ब्याडे बोका’ वितरण गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - फिक्कल

यस्तो छ आजको मौसम

हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागसम्म फैलिएको छ । देशका बाँकी भूभागमा भने स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बुटवलको डेल्टा कम्प्लेक्समा आगलागी

बुटवल उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो निभाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

मनसुनमा मिसिएर किन चलिरहेछ हुरी?

पछिल्लो समय वर्षाले रुप फेर्दै गइरहेको छ। कहिले समयभन्दा पहिले वर्षा सक्रिय हुन्छ। कहिले वर्षाको समय भइसक्दा पनि वर्षा हुँदैन। कतै बेपत्ता पानी पर्छ। कतै पानीका छिटासम्म हुँदैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एसइई दिएका बालबालिकालाई करियर काउन्सेलिङ

काठमाडौँकी कीर्तिपुरमा एसइई दिएर बसेका बालबालिकालाई करियर काउन्सेलिङ गरिएको छ। कीर्तिपुर नगरपालिका र असल छिमेकी नेपालसँगको सहकार्यमा ब्यवसायिक सिप तथा क्षमता पहिचान गर्न काउन्सेलिङ गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दमकका वडाध्यक्षको गैरकानुनी धन्दा, पैसा लिँदै किर्ते सिफारिस दिँदै

वडा नम्बर ५ को वडाध्यक्ष इन्द्र बहादुर गुरुङले आर्थिक प्रलोभनमा परि उक्त वडाबाट विवाह भई गएकी एक जनालाई विवाहित भनेर जान्दा जान्दै अविवाहित भएको भनि सिफारिस दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - दमक

स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा गृहमन्त्री लामिछानेविरुद्ध टेकु प्रहरीमा जाहेरी

लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले हुलाकमार्फत जाहेरी दर्ता गराएका हुन्। उक्त जाहेरीमा सहकारी ठगी अरोपमा फरार रहेका गितेन्द्रबाबु राईलाई पनि प्रतिवादी बनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीले गरेको कारबाहीविरुद्ध फणिन्द्र देवकोटाले सर्वोच्चमा दिए रिट

नेकपा माओवादी केन्द्रले गरेको कारबाहीविरुद्ध नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। प्रदेशसभा सदस्यको हैसियतले कार्य गर्न दिन माग गर्दै देवकोटाले आइतबार सर्वोच्चमा  रिट दायर गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मोरङको सुनवर्षीमा कार्यपालिका बैठकमै मेयरले गरे वडाध्यक्षमाथि दुर्व्यवहार

वडाध्यक्ष राईका अनुसार बैठकमा आफ्नो वडाका जनताका माग र समस्याहरूबारे प्रसङ्ग निकाल्दा मेयर राजवंशीले असन्तुष्टि जनाउँदै व्यक्तिगत आक्षेप समेत लगाए। ‘मेयरज्यूले अमर्यादित भाषा प्रयोग गरेर मेरो मानमर्दन गर्नुभयो, जसले गर्दा मैले आफूलाई असुरक्षित महसुस गरेँ’, राईले भने।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

केसीले ती बालिकालाई २०८० फागुन ८ गते साँझ डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोञ्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ताे छ १० सांसदले साेधेकाे प्रश्नमा प्रधानमन्त्रीकाे जवाफ (पूर्णपाठ)

बजेट तर्जुमा गर्दा प्रचलित ऐन, कानुन, बजेट तर्जुमा दिग्दर्शन एवं स्वीकृत प्रणाली अनुरूप अर्थ मन्त्रालय र विषयगत मन्त्रालहरूबाट हुने गर्दछ। जनताका माग सम्वोधन गर्न विकास आयोजना तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा विनियोजन गरी कार्यान्वयन गरिने विश्वास दिलाउन चाहन्छु।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित एवं मर्यादित बनाइन्छ: प्रधानमन्त्री प्रचण्ड

‘राष्ट्रको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखलाई परिचालन गर्न सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ बमोजिम सरकारले आवश्यक ठानेमा राजदूतलाई पदावधि पूरा हुनु अगावै निर्णय गरी फिर्ता बोलाउन सक्ने प्रावधान छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारीको समस्याग्रस्त अवस्थाको पहिचान गर्न उच्चस्तरीय जाँचबुझ समिति गठन गरिन्छ: प्रधानमन्त्री

‘समितिको सिफारिसको आधारमा त्यस्ता संस्थाहरूलाई समस्याग्रस्त घोषणा गरी सम्पत्तिको व्यवस्थापन र दायित्व भुक्तानी (बचत फिर्ता समेत) को कार्य अघि बढाइनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसका लागि प्रदेश र स्थानीय तहको नियमन क्षेत्राधिकारमा पर्ने सहकारी संस्थाहरूको सहकारी विभाग, प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय र सम्बन्धित स्थानीय तहबाट विवरण लिइन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाँकेमा हुरीबतासले पर्खाल भत्किँदा एकजनाको मृत्यु, विद्युत् आपूर्ति बन्द

बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार कोहलपुरको हवल्दारुरमा हुरीबतासले पर्खाल भत्किँदा खातुनलाई च्यापेको थियो। उनले स्थानीय राम्रो इन्टरप्राइजेजलगायतमा काम गर्ने गरेको प्रहरीको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्च