बुधबार, २० नोभेम्बर २०२४

कर्णालीलाई बजेट चाहिँदैन भन्दै ज्ञानेन्द्र शाही फिर्ता गरे बजेट पुस्तिका

‘यो बजेटमाथि सांसदहरुले भोट हालेमा यो जुनीमा होइन, अर्को जुनीमा पनि कर्णालीका जनताले सराप्ने छन्’, उनले भने, ‘म यो किताब मन्त्रीजीलाई सिधै दिन मिल्दैन। म सभामुखमार्फत यो बजेट किताब जस्ताको तस्तै मन्त्रीजीलाई दिन चाहन्छु। चाहिँदैन बजेट।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीलाई कांग्रेस सांसदकाे प्रश्न- तीन वटा फाइल कसकाे हाे, कसलाई धम्क्याएकाे?

सांसद थानीले तीन वटा फाइल कसकाे हाे बताइदिन चुनाैतीसमेत दिए। ‘म भन्छु तपाईं कसलाई धम्क्याइरहनुभएकाे छ? मलाई लाग्छ, तपाईं सत्तामा बसेर सल्लाह गर्नुभएकाे छ। तपाईंले धम्क्याएकाे काँग्रेसलाई हाेला भन्ने मेराे अनुमान छ। म अलिअलि बुझ्न सक्छु। ल काँग्रेसले भन्याे अब- तागत छ तीन वटा फाइल कसकाे हाे? कुन कुन नेताकाे? हिम्मत छ?’, उनले प्रश्न गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेविरुद्धको रिट ‘हेर्न नमिल्ने’मा

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको सो रिट सर्वोच्च अदालतका न्यायाधीशद्धय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासमा पेशी तोकिएको थियो। तर, न्यायाधीश मनोज शर्माले यसअघि आदेश दिएको हुँदा आज हेर्न नमिलेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्री महासेठलाई ज्ञानेन्द्र शाहीको प्रश्न- तपाईं झापा र धनुषाको मात्र मन्त्री हो?

उनले भौतिक पूर्वाधार मन्त्रालयको कुल बजेटको १० प्रतिशत बजेट धनुषा र झापामा छुट्याइएको तर सिंगो कर्णालीलाई केवल ४ प्रतिशत बजेट छुट्याएको भन्दै आपत्ति जनाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्वय मनोजकुमार र विनोद शर्माको इजलासमा

न्यायाधीशद्वय शर्मा र श्रेष्ठको इजलासले जितेन्द्रबाबु राईसमेत भएको सहकारी ठगी विवादसम्बन्धी मिसिल झिकाएर पूर्व आदेशअनुसार अग्राधिकारसमेत दिने आदेशमा उल्लेख गरेको छ। रिटमा लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

बेँसीसहर नगरपालिका– १ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईंले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

प्रतिनिधिसभा बैठक बस्दै, आज पनि बजेटमाथिको छलफल जारी रहने

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजे बस्दैछ। प्रतिनिधिसभामा सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल जारी रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प, सगरमाथा क्षेत्रमा पुगेका पर्यटक मर्कामा

गत जेठ २६ गतेदेखि अतिव्यस्त सो विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - सोलुखुम्बु

बागमती र गण्डकीमा रातिदेखि नै वर्षा, पश्चिम नेपालमा छैन सम्भावना

अहिले देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। भने, बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भिजिट भिसाका नाममा घरेलु कामदारमा जान खोज्नेलाई फर्काइँदै

विशेषगरी घरेलु कामदारका लागि खाडी मुलुकसहित प्रतिबन्धित देशमा जाने महिलाको सङ्ख्या बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमै कडाइ गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यस वर्षको मनसुनबाट कोशीमा १ लाखभन्दा बढी घरधुरी प्रभावित हुने अनुमान

कोशी प्रदेश सरकारको विपद् व्यवस्थापन समितिले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ बनाएर कार्यान्वयनमा ल्याएको छ। प्रदेशका १४ जिल्ला र एक सय ३७ पालिका समेटेर ‘प्रदेश विपद् जोखिम नक्साङ्कन’ सहितको कार्ययोजना तयारी गरी कार्यान्वयनमा ल्याएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

एक लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘मुन्दुम ट्रेल’ भ्रमण वर्ष मनाइने

'पर्यटकका लागि अत्यावश्यक सेवा सुविधा थप्नुपर्ने आवश्यकता छ। सूचना तथा उद्धार केन्द्र स्थापनादेखि अन्य व्यवस्थापकीय काममा ध्यान दिनुपर्नेछ। यसो गरेमा तोकिएको सङ्ख्यामा पर्यटक पुर्याएर स्थानीयले अझबढी आर्थिक लाभ लिनसक्ने हाम्रो विश्वास छ', अध्यक्ष राईले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यस वर्ष रासायनिक मलको अभाव हुन्छ?

उनकाअनुसार ९४ हजार ५ सय १३ मेट्रिक टन मल मौज्दात छ। जसमा युरिया ६१ हजार ६०५, डिएपी २२ हजार ४०६ र पोटास १० हजार ५०२ मेट्रिक टन मल मौज्दात रहेको उनले बताइन्। बाटोमा अझै १ लाख ३१ हजार मेट्रिक टन मल आउँदैछ। प्रवक्ता शिवाकोटीकाअनुसार ५१ हजार मेट्रिक टन डिएपी मल भारतको विशाखापटनबाट नेपाल भित्रँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन

राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्टर्न स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका उनी २०८० माघ १० गते साँझ बेहोस भएर ढलेका उनकाे उपचारपछि जेठ १ गते घर लगिएको र उनको निधन घरमै भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

राष्ट्रपति पौडेलले गरे भत्किएको बर्लिनको पर्खाल अवलोकन

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुगेका छन्। राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच वर्लिनमा आजै भेटवार्ता हुने कार्यक्रम रहेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मेलम्चीबासीकाे चिन्ता- पानी पर्दा मुटु काँप्छ, टहरा बगाउला भन्ने डर लाग्छ

‘बर्खा लागेसँगै सम्भावित बाढीले पिरोल्छ, कसरी ज्यान जोगाउने भन्नेमै रात बित्छ’, उनी भन्छन्, ‘पानी पर्न थालेपछि पहिलाको विकराल बाढीको याद आउँछ अनि मुटु काँप्न थाल्छ, डर र त्रासका बीच रात बिताउँदैछौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुपाल्चोक

संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न अर्थ मन्त्रालयसँग छलफल गरिने

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, विभिन्न पार्टीका प्रमुख सचेतक-सचेतक र सचिवालयका उच्चाधिकारीसहितको छलफल सिंहदरबारमा बसेको थियो। आजको छलफलमा कर्मचारीको माग सम्बोधनका लागि भोलि अर्थमन्त्री वर्षमान पुनसँग छलफल गर्ने सहमति भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नदी धमिलिने बित्तिकै मेलम्ची खानेपानी बन्द गरिने

मनसुन सक्रिय भए पनि ठूलो वर्षा नभएकाले मलम्ची बन्द नगरिएको समितिले जनाएको छ। यदी ठूलो वर्षा भएर मेलम्ची नदी धमिलो हुन सुरु भएमा सोको १० मिनेटभित्र मेलम्ची बन्द गर्न सकिने समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्याङ्कर चालकहरु पेट्राेलियम पदार्थ ढुवानी गर्न सहमत, पेट्राल पम्प आजै खुल्ने

ट्याङ्कर चालकहरु पेट्राेलियम पदार्थ ढुवानी गर्न सहमत भएका छन्। सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएकाे छलफलमा चालकहरू पेट्रोलियम पदार्थको ढुवानी गर्न सहमत भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं