पेट्राेलियम पदार्थकाे मूल्य घट्याे
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। शनिबार रातिपछि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो।
बिएल संवाददाता - काठमाडाैं
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। शनिबार रातिपछि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौँको बूढानीलकण्ठस्थित नेपाल विपस्यना केन्द्रमा आज १० दिवसीय विपस्यना ध्यान शिविरको समापनका अवसरमा महानिरीक्षक कुँवरले कार्यक्रमा सहभागी प्रहरी निरीक्षकको जागिरे जीवनमा मात्र नभई व्यक्तिगत जीवनमा समेत आध्यात्मिक चिन्तनले प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे।
बिएल संवाददाता - काठमाडाैं
पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि बिहान ४ बजेदेखि नै पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५० हजार भेटी सङ्कलन भएको छ। पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद सङ्कलन गरिएको हो।
बिएल संवाददाता - ताप्लेजुङ
काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ। आज साँझदेखि यहाँ केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
बेनी नगरपालिका–९ गलेश्वरमा नदी नियन्त्रण योजना निर्माण भएको छ। कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको गलेश्वर बजारमा कटान र बाढी नियन्त्रणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्र्तगतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनामार्फत योजना निर्माण भएको हो।
बिएल संवाददाता - म्याग्दी
पश्चिम म्याग्दीको मालिका गाउँपालिका– ६ मा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको छ्यारछ्यारे माथिको ढाँडखर्कमा अडिट नं २ सुरुङको काम सुरु भएको छ। गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको सो आयोजनाको सुरुङ खन्ने काम पाँच महिनादेखि रोकिएको थियो। विसं २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको करिब एक किलोमिटर लम्बाइको पहिलो अडिटको काम सकिएको आयोजनाका प्रमुख गोपाल रेग्मीले जानकारी दिए।
बिएल संवाददाता - गलेश्वर
बझाङमा गएराति दुई पटक भूकम्प गएको छ। पाँच मिनटेको अन्तरमा दुई पटक भूकम्प गएको हो।
बिएल संवाददाता - बझाङ
पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन्। पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैँ
डेङ्गु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा फैलिएको छ। गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको सङ्क्रमण बढेको बताए।
बिएल संवाददाता - काठमाडाैँ
हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
मनसुन सक्रिय भएर मेलम्ची आयोजनामा ठूलो क्षति पुग्ने सम्भावना देखिएमा जुनसुकै समयमा बन्द गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए।
बिएल संवाददाता - काठमाडाैं
महाशाखाको मौसमविद् सरोज पुडासैनीले हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू-भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेकाले अन्य क्षेत्रमा मनसुन सक्रिय हुन नसकेको बताए।
बिएल संवाददाता - काठमाडौं
कामपामा रहेका ८९ वटा सामुदायिक विद्यालयमध्ये दुई सयभन्दा कम विद्यार्थी भएका विद्यालयहरुमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने नीतिमार्फत उहाँले जानकारी गराएका हुन्। खेललाई पूर्वप्राथमिक तहदेखि अनिवार्य गरिने र सबै विद्यालयमा अध्ययनरत शारीरिक रुपमा अशक्त विद्यार्थीहरुलाई सहज पठनपाठनको व्यवस्था मिलाइने पनि नीतिमा उल्लेख गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
सोरु गाउँपालिका–८ कच्चे गाउँका मदुकला कार्कीलाई आजभोलि घर परिवारका लागि खानासँगै तिउन तरकारी के बनाउने भन्ने झर्को लाग्न छोडेको छ। कच्चेकी अर्की गृहिणी नन्दादेवी बुढा एक वर्षअघिका दिन सम्झँदै भन्छिन् 'बिहान बेलुका खाना बनाउन लाग्दा के तिउन, तरकारी बनाउने भनेर सधैँ चिन्ता लाग्ने गरेको तर अब त्यो झर्को टरेको छ।'
बिएल संवाददाता - मुगु
‘अधिकांश माननीयहरू मदिरा पिउनुहुन्न। लन्डन स्कुल अफ इकोनोमिक्सको क्यान्टिनमा जाँदा त्यहाँ पनि बार रहेछ। त्यसको लिमिटेसन हुन्छ। सम्माननीय सभामुख महोदय, अहिले बन्दै गरेको संसद भवनभित्र विदेशी पाहुन आउँदा सोसलाइजेसन गर्ने बार निर्माण गर्ने हो कि? यसमा ध्यानाकृष्ट गर्न चाहन्छु’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
‘केही दिनअघि भारतीय समकक्षी नरेन्द्र मोदीजीको सपथ ग्रहण कार्यक्रममा जाँदा भएको भेटमा विगतमा गरिएका द्विपक्षीय सम्झौताहरूलाई अझै सशक्त रूपमा कार्यान्वयन गर्ने विषयमा कुराकानी भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसले दुई मुलुकबीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धि हासिल हुनेछ।’
बिएल संवाददाता - हेटौंडा
सीमामा अपराध तस्करी रोक्न तारजाली गर्नु समस्याको समाधान नरहेको भन्दै खुल्ला राखेर पनि वैज्ञानिक पद्धति अपनाएर व्यवस्थित गर्न सके दुबै देशको सम्बन्ध प्रगाढ भइराख्ने उनको तर्क छ।
बिएल संवाददाता - जनकपुरधाम
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले देशमा आशाको सञ्चार प्रवाह गरेको बताएका छन्।
बिएल संवाददाता - हेटौंडा
दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बिएल संवाददाता - चितवन