बुधबार, २० नोभेम्बर २०२४

फिस्लिङ दुर्घटना अपडेट: कार चालकको मृत्यु, तीन जनाको अवस्था गम्भीर

दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

राष्ट्रपति पौडेलले भोलिदेखि जर्मनीको औपचारिक भ्रमण गर्दै

राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन्। उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए। राष्ट्रपति पौडेल  असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झापामा एकै परिवारका ३ जना मृत फेला

शिवसताक्षी नगरपालिका वडा नम्बर ३ भोटेपुलमा शुक्रबार बिहान एकै घरमा दुई बालकसहित तीनजना मृत फेला परेका हुन्। सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, छोराहरु ९ वर्षका विशाल र ३० महिनाका आयुष मृत फेला परेका हुन्। अन्जली झुन्डिएको अवस्थामा फेला परेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

४०० केभीको हेटौँडा सबस्टेसनको प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन

ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौँडा सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालन (चार्ज) मा ल्याइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा उठेका विषयप्रति सभामुखले गराएका सरकारकाे ध्यानाकर्षण

संसदको बैठकमा सांसदहरुले उठाएको विषयमा सरकारले ध्यान नदिएको सांसदहरुले गुनासो गरेपछि सभामुखले सरकारलाई ध्यानाकर्षण गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ गते

पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घुमाइएर थती टोलमा राखिएको रथ उक्त दिनदेखि तानिने मच्छिन्द्रनाथका पुजारी शाहु शाक्यले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

प्रधानमन्त्रीकाे भारत भ्रमणबारे संसदलाई जानकारी गराउन काँग्रेसकाे माग

शुक्रबार बसेकाे प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले देशकाे प्रधानमन्त्री कुनै पनि मित्र राष्ट्रकाे भ्रमणमा जाँदा सदनलाई जानकारी गराउने परम्परा भएकाे भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाइडेन भन्छन्- मेरो छोरालाई दिएको सजाय माफ गर्दिनँ

बाइडेनका छोरालाई अवैध रूपमा हतियार खरिद गरेको र लागुऔषध प्रयोगको बारेमा झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गर्मीका कारण हेटौँडाका विद्यालयहरू बन्द

गर्मीको मार झेल्न नसक्ने अवस्थामा पुगेपछि हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू दुईदिन बिदा दियो। विगतका केही वर्षयता नै गर्मीको समस्याले शिक्षा क्षेत्रलाई प्रभाव पारिरहेको भए पनि यस वर्ष गर्मीको मात्रा अत्याधिक बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौँडा

पृथ्वीराजमार्गमा सवारी दुर्घटनाः २० जना घाइते मध्य पाँच जनाकाे अवस्था गम्भीर

पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ। नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धादिङ

हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण आयोजना : आज प्रधानमन्त्रीले ‘सबस्टेशन’को उद्घाटन गर्ने

मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं  विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौँडा

सडक बनेको १८ वर्षपछि स्तरोन्नति

म्याग्दीको बेनी नगरपालिका–६ डाँडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र र ढलान भएको छ। विसं २०६४ मा निर्माण गरिएको महारानीथान–छाप–डाँडाखेत सडक योजनामार्फत बेनी नगरपालिका–६ को ढलेढुङ्गा–डाँडाबारी खण्डमा कालोपत्र भएको हो। गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको साझेदारीमा सडक विस्तार, नाली, पर्खाल निर्माण गरी ढलान र कालोपत्र भएको बेनी–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

मध्य तथा पश्चिम तराईमा तातो हावा चल्ने, सावधानी अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनमध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ। विभागले बिहीबार साँझ विशेष बुलेटिन निकालेर कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाउँदै ती स्थानका बासिन्दालाई सचेत रहन आग्रह गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ताप्लेजुङमा पहिरो, एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते

जिल्लाको फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, श्रीमती जसमाया र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो। यसैगरी ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीया छोरी घाइते भएको फक्ताङलुङ गाउँपालिका-२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - ताप्लेजुङ

विश्व बैङ्कको सहयोगमा व्यास क्षेत्रको सडक स्तरोन्नति हुँदै

विश्व बैङ्कको सहयोगमा शहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नति सुरु गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

अपडेट: ढिस्कोले पुरिएकी बेपत्ता महिलाको शव फेला

आज साँझ कावासोती नगरपालिका– २ स्थित फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गर्दै गरेका तीन जना महिला मजदुर पुरिएकामा दुई जनाको यसअघि नै मृत्यु भएको थियो। एक जना महिला बेपत्ता भएकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

बाढीका कारण एक सय २५ भन्दा बढी परिवार विस्थापित

पहिरोले खाँदबारी– ११ आङ्ला गाउँमा तीन घर बगाएको हो। बुधबार राति भएको अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - खाँदबारी

२०.२७ प्रतिशत नेपाली गरिबीको रेखामुनि, सबैभन्दा धेरै सुदूरपश्चिमका

नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८०को विस्तृत प्रतिवेदन सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आज तथ्याङ्कीय प्रतिवेदन सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

त्रिशुलीमा बेपत्ता व्यक्तिलाई सशस्त्र प्रहरी गर्‍याे सकुशल उद्दार

उनलाई साँझ सवा पाँच बजे नदी किनारको फाेहाेरमा अड्किएको अवस्थामा जिबितै उद्दार गरी कुरिनटारस्थित सशस्त्र प्रहरिबलको ट्रमा सेन्टरमा ल्याइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पूर्वीतिर पहिरा खस्न थाले, पश्चिममा भतभती पोल्ने घाम

सामान्यतया नेपालमा मनसुन जुन १३ देखि भित्रिनथाल्छ। तर यसपालि पूर्वी नेपालबाट भित्रिन थालेको मौसम प्रणाली सदरदर मिति भन्दा ३ दिन अगावै भित्रियो। मनसुन भित्रिदाँ सामान्य वर्षाले पनि यहाँको तापमान अलि कम हुनसक्थ्यो। तर मनसुनकै आशामा पश्चिम तराई अनि मध्यपहाडहरू भने घामले सुकिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ