मङ्गलबार, १९ नोभेम्बर २०२४

प्रधानमन्त्रीकाे भारत भ्रमणबारे संसदलाई जानकारी गराउन काँग्रेसकाे माग

News Image
• • •

नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे भारत भ्रमणबारे संसद्लाई जानकारी गराउनुपर्ने माग गरेकाे छ। 

शुक्रबार बसेकाे प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले देशकाे प्रधानमन्त्री कुनै पनि मित्र राष्ट्रकाे भ्रमणमा जाँदा सदनलाई जानकारी गराउने परम्परा भएकाे भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

‘नवनिर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मादीजीलाई बधाइ दिने, सम्मान व्यक्त गर्ने, शुभकामना दिने कुरा एकदमै ठिक हाे। तर याे सबै कुरा गर्दा सम्माननीय प्रधानमन्त्रीज्यूले हाम्रै सदन यही गरिमामय संसदलाई बिर्सिनुभयाे भन्ने म आग्रह गर्न चाहन्छु हाम्राे एउटा परम्परा छ, संसदीय अभ्यास छ। देशका कार्यकारी प्रमुख, देशकाे प्रधानमन्त्री कुनै पनि मित्र राष्ट्रकाे भ्रमणमा जाँदा, उहाँ भ्रमणमा जानुभन्दा पहिला सदनलाई उहाँ जाने कार्यक्रम किन जाने, के उद्देश्यले जाने, कति दिनका लागि जाने, कहिले फर्किने भनेर जानकारी गराउने एउटा बाध्यात्मक रूपमा नै स्थापित भएकाे अभ्यास छ’, उनले भने।

प्रमुख सचेतक लेखकले प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएको पाँच दिन हुँदा पनि संसदमा उपस्थित नभएको बताए।

‘सम्माननीय प्रधानमन्त्रीजी एक हप्ता पहिला जानु भएकाे छ। उहाँ फर्केर आउनु भएकाे नि आज पाँच दिन भइसकेकाे छ। हामी नेपाली काँग्रेस प्रतिपक्ष दल अत्यन्तै धैर्यतापूर्वक र रचनात्मक प्रतिपक्षकाे रूपमा हामी कुरेर बसेका थियाैँ’, उनले भने, ‘प्रधानमन्त्रीजी याे सदनमा उपस्थित हुनुहाेला, भारत भ्रमणका बारेमा आफ्नाे जानकारी गराउनु हाेला र सदनले पनि थाहा पाउला भनेर। तर पाँच पाँच दिनसम्म प्रधानमन्त्रीजी यहाँ आउनसक्नु भएन।’

प्रधानमन्त्री भारत गएको र राष्ट्रपति विदेश गएको विषय आफूहरुले पत्रिका पढेर थाहा पाउनु दुर्भाग्य भएको बताए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?