बिएल संवाददाता
नेपालगञ्च
बाँकेमा गएराति आएको हुरीबतासले पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोहलपुर–१४, वीरगञ्जका मीना खातुन रहेकी छन्।
बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार कोहलपुरको हवल्दारुरमा हुरीबतासले पर्खाल भत्किँदा खातुनलाई च्यापेको थियो। उनले स्थानीय राम्रो इन्टरप्राइजेजलगायतमा काम गर्ने गरेको प्रहरीको भनाइ छ।
त्यस्तै विद्युत्को पोलमा क्षति पुर्याउँदा बाँकेका केही स्थानीय तहमा विद्युत् आपूर्ति बन्द भएको छ।
जिल्लाको डुडुवा, राप्तीसोनारी, नरैनापुरलगायतका स्थानमा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण शाखाका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए।
लामिछानेले राप्तीसोनारीको जंगलमा रुख ढलेको र त्यसलाई हटाउन केही समय लाग्ने भएकाले विद्युत् आपूर्ति सहज गराउन समय लाग्ने बताए। उनका अनुसार कोहलपुरमा ९, डुडुवामा ९, खजुरामा ८ र राप्तीसोनारीमा ५ गरी ३१ विद्युतीय पोल ढलेको अवस्थामा छन्। ‘अझै कहाँ–कहाँ कति ढलेका छन्, विस्तृत विवरण आएको छैन’, उनले भने।
हुरीबतासका कारण जिल्लाको डुडुवा गाउँपालिका वडा नं १ खडैचामा आगलागी हुँदा ३४ खरले छाएका घर जलेका छन्। घरमा रहेका अन्नपातसमेत जलेको प्रहरीले जनाएको छ।
१ .
२ .
३ .
विराटनगर किङ्समा इस्मत आलम अनुबन्ध
बिएल संवाददाता
-काठमाडाैँ
४ .
सुनको मूल्य घट्दा चाँदी बढ्यो
बिएल संवाददाता
-काठमाडौं
५ .
फरार झाँक्री पक्राउ
बिएल संवाददाता
-काठमाडाैँ