मङ्गलबार, १९ नोभेम्बर २०२४

विकिलिक्सका संस्थापक जूलियन असान्ज जेलमुक्त

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
GETTY IMAGES
• • •

विकिलिक्सका संस्थापक जूलियन असान्ज पाँच वर्षपछि बन्दी जीवनबाट मुक्त भएका छन्। उनलाई बेलायतको बेलमार्स उच्च सुरक्षा घेरा भएको  झ्यालखानाबाट रिहा गरिएको श्रीमती स्टेला असान्जले बताएकी छन्। 

श्रीमान जुलियनको रिहाइका लागि समर्थक तथा शुभेच्छुकहरूले गरेको अनवरत पहलका लागि उनले सामाजिक सञ्जालबाट धन्यवाद दिएकी छन्। लेखेकी छन्, ‘जुलियन रिहा भएका छन्। विश्वव्यापी रुपमा उनको रिहाइका लागि समर्थकहरूबाट भएको पहलका लागि हार्दिक आभार व्यक्त गर्न मसँग कुनै त्यस्तो शब्द छैन। वर्षौंदेखिको सबैको पहल सत्य साबित भएको छ। धन्यवाद।’

बेलायती उच्च अदालतको आदेशपछि उनी जमानतमा रिहा भएका हुन्। रिहाइपछि उनी विमान चढेर लण्डनतर्फ गएका थिए।

असान्जमाथि अमेरिकी सेनाको गोप्य कागजात विकिलिक्समार्फत् सार्वजनिक गरिदिएको गम्भीर आरोप लगाइएको थियो। उनले अमेरिकाका धेरै संवेदनशील कूटनीतिक संवाद तथा अभिलेखहरू पनि जस्ताको तस्तै सार्वजनिक गरिदिएका थिए। जसमा माओवादी द्वन्द्वताका काठमाण्डौबाट वासिङ्ग्टन पठाएका दस्तावेजहरू पनि थिए।

विकिलिक्सले धेरै मुलुकका त्यस्ता गोप्य कागजात बाहिर ल्याएपछि एकाएक धेरैको टाउको दुखाएको थियो। उनीमाथि स्विडेनमा यौन शोषणको आरोप लगाइएको थियो। तर,पछि उक्त मुद्दा फिर्ता लिइयो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?