बिएल संवाददाता
काठमाडौं
निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल मर्छु भन्दै माइतीघर मण्डलाको झण्डावाला पोलमा चढेकी छन्।
मंगलबार दिउँसो झण्डावाला पोलमा चढेकी उनलाई प्रहरीले भर्याङको सहायतामा तल झारेकाे छ।
पोलमा चढेकी उनी तल झर्न नमानेपछि प्रहरीले उनलाई पोलमै डोरीले बाँधेर राखेको थियाे। पछि भर्याङको सहायतामा तल झारेकाे हाे।
उनलाई उद्दार गरेर प्रहरीले वीर अस्पताल लगेकाे छ।