बुधबार, २० नोभेम्बर २०२४

जुम्लाको गुठीचौरमा प्याराग्लाइडिङ परीक्षण उडान

जुम्लाको गुठीचौर गाउँपालिकाको पर्यटकीयस्थल गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान गरिएको छ। पोखरामा प्याराग्लाडिङ गर्दै आएका बाबु एडभान्चर ग्रुपका मोहन सुनावार, सानुबाबु सुनुवार, राजकुमार सुनुवार, निर्गम सुनुवार र निर्मल सुनुवारलगायतको प्याराग्लाइडिङ पाइलटको टिमले गुठीचौरमा आज पहिलोपटक परीक्षण उडान गरेको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

सहकारी पीडितको तारोमा ‘रवि’

बुधबार ‘सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति’ले सिंहदरबारमा सहकारी पीडितसँग छलफल गर्‍यो। छलफलमा उपस्थित पीडितका प्रतिनिधिहरूले विशेषत: रवि लामिछानेमाथि प्रश्नै उठाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

शनिबार बिहानसम्म मनसुन सक्रिय हुने

शनिबार बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान विभागले विशेष बुलेटिन जारी गर्दै  शनिबार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना रहेकोले सतर्क हुन आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संसदीय छानबिन समितिले जेलमा भएका सहकारीका सञ्चालकहरुसँग पनि सोधपुछ गर्ने

बुधबार सहकारी पीडितहरुसँगको छलफलमा बोल्दै समितिका सभापति सूर्य थापाले कानुनअनुसार जेलमा भएका सहकारी सञ्चालकहरुलाई पनि सोधपुच्छ गरी तथ्य प्रमाणहरु खोज्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएकाे अभियाेगमा हाेटल सञ्चालक पक्राउ

सिन्धुली होटल ढिडो सर्भिस् एण्ड गेष्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानी हुने काममा लगाइदिने प्रलोभनमा पारेर गेष्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई वेश्यावृत्तिमा लगाएको अनुसन्धानबाट खुल्न आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ: मुकुल ढकाल

ढकालले लामिछानेमाथि सहकारी ठगी प्रकरणमा पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन्। साथै ढकालले लामिछानेको दुई वटा पासपोर्टको विषयमा पनि पार्टीले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढी–पहिरो पीडित नागरिकको उद्धारको लागि पहल गर्न सरकालाई कांग्रेसको आग्रह

कांग्रेसले अविरल वर्षाका कारण आएको बाढी, पहिरोलगायतका प्राकृतिक विपद्मा परी दर्जनौँ नागरिकले ज्यान गुमाइसकेको, ठूलो संख्यामा नागरिकहरु घाइते, वेपत्ता भएको भन्दै उनीहरुको उद्धारको लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

म नेपाली नागरिक नै हुँ, कुनै देशको पिआर लिएकी छैन: शिक्षामन्त्री श्रेष्ठ

उनले आरोप आफैँमा अस्पष्ट रहेको बताउँदै कुन देशको पीआर वा नागरिकता भनेर पनि खुलाइएको छैन र आरोप पूर्णतः निराधार रहेको तथा आफूले छानबिनमा पूरा सहयोग गर्ने बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

परराष्ट्र सचिव लम्साल नयाँ दिल्ली जादै

भारतको नयाँ दिल्लीमा यही जुलाई ११-१२ मा आयोजना हुने दोस्रो बिमस्टेक विदेश मन्त्रीहरूको रिट्रिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सुश्री सेवा लम्साल आज नयाँ दिल्ली जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतमा बस दुर्घटना, १८ जनाको मृत्यु

उत्तर प्रदेशको आगरा-लखनऊ एक्सप्रेसवेमा उन्नावबाट आइरहेको स्लीपर बस दुर्घटना भएको हो। यो बस दुधको ट्यांकरसँग ठोक्किएपछि दुर्घटनाग्रस्त भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वर्षाका कारण मध्यपहाडी लोकमार्ग भासियाे, यातायात ठप्प

‘वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ‘, उपाध्यक्ष राईले भनिन्, ‘सडकमा ठूलो क्षति भएको छ। यसरी नै निरन्तर वर्षा भयो भने अझ बढी क्षति हुनसक्छ।‘

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

पोखरामा बाढीमा फसेका ४ जनाको सकुशल उद्धार, एक जना मृत फेला

पोखरा महानगरपालिका–२७ स्थित दिपाङ्ग तालको पानी बस्तीमा पस्दा एक तल्ले घर डुबेर फसेका एकै परिवारका ४ जनाकाे बुधबार सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको डिएसपी शैलेन्द्र थापाले  जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदीय छानबिन समितिमा सहकारी पीडितहरुसँग छलफल

हालसम्म (१२औँ बैठक) सम्बन्धित निकायहरुसँग आवश्यक कागजात मगाउनुका साथै सहकारीसम्बन्धी समस्या समाधानका क्षेत्रमा काम गर्दै आएका विभिन्न व्यक्तित्व र अनुसन्धानमा खटिएका निकायसँग छलफल गरेकाे समितिले अब भने पीडितसँग प्रत्यक्ष कुराकानी गर्न लागेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मोदीकाे रुस भ्रमण: पश्चिमी देशहरू असन्तुष्ट

चिनियाँ पत्रिका ग्लोबल टाइम्सले रुससँग भारतको गहिरो सम्बन्धलाई लिएर पश्चिमी देशहरू बढी चिन्तित देखिएको जनाएको छ। सिचुआन इन्टरनेशनल स्टडीज युनिभर्सिटीका प्रोफेसर लङ जिङचुनले अखबारमा लेखेका छन्, ‘चीनले रुस–भारत घनिष्ठ सम्बन्धलाई खतराको रुपमा देख्दैन। तर पश्चिमी देशहरूचाहिँ असन्तुष्ट देखिन्छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढी/पहिरोमा परेर ८० जनाको मृत्यु, पाँच जना बेपत्ता

अविरल वर्षाको कारण गत जेठ २८ देखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्‍मा परेर ८० जनाको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उदयपुरकाे बेलाका र चौदण्डीगढीमा बाढी, प्रभावितलाई सुरक्षित स्थानमा सारिँदै

बेलका र चाैदण्डीगढी नगरपालिकाका केही क्षेत्रमा बाढी पसेकाे हाे। बाढीमा फसेकाहरुकाे सशस्त्र प्रहरी बल र नेपाल प्रहरीकाे टाेलीले उद्दार गरेकाे सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - उदयपुर

नौबिसे-मलेखु सडक आजदेखि रातिमा बन्द, प्रयाेग गर्नुहाेस् याे वैकल्पिक सडक

पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ। आजदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पहिराले घर पुरिँदा छाराेकाे मृत्यु, आमाकाे उद्दार

पाेखरा महानगरपालिका- २७ सहेलापाटामा पहिराले घर पुरिँदा २२ वर्षीय भीमबहादुर थापाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

संसदीय छानबिन समितिले सहकारी पीडितहरुसँग छलफल गर्दै

सहकारी ठगी प्रकरणसम्बन्धी अनुसन्धान गर्न बनेकाे संसदीय छानबिन समितिले पीडितहरुसँग छलफल गर्दैछ। बिहीबार (आज) पीडितहरुसँग छलफल गर्ने समिति संयाेजक सूर्य थापाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं