बुधबार, २० नोभेम्बर २०२४

ललितपुर गेस्टहाउसमा एकजना मृत फेला

ललितपुर महानरपालिका–१७ सिचाहिटीमा रहेको ललितपुर गेस्टहाउसमा एक पुरुष मृत भेटिएका छन्। मृत भेटिनेमा सोलुखुम्बुघर भएका २१ वर्षीय जीवन निरौला रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

१४ किलो चाँदीका गहनासहित ३ जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १४‍‍.२५० किलो चाँदीको गरगहनासहित ३ जनालाई पक्राउ गरेको छ। चाँदीका अवैध गरगहना भण्डारण र बिक्री वितरणमा संलग्न भारतीय नागरिक २२ वर्षीय अमनकुमार, २६ वर्षीय बिकीकुमार साह तथा पर्साको लिपर्नीबिर्ता–६ का ३४ वर्षीय श्रवणप्रसाद कानुनलाई पक्राउ गरिएको सीआईबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सोमबारदेखि नेपालमा मनसुनको सकृयतामा कमी आउने

मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि न्यून चापीय रेखा क्रमिक रूपमा दक्षिणतिर सर्दै जाने भएकोले नेपालमा मनसुनको सकृयतामा कमी आउने बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बर्षा अविरल छ, बस्तीबस्तीमा बाढी छ, पहिरो खसिरहेछ, तर सरकार छैन

यो वर्षे झरीले नागरिकको आम दैनिकी बिथोल्न थालेको असार सुरु देखि नै हो। यो समयमा कसरी सरकार बलियो बनाउने र नागरिकको हितमा काम गर्ने भन्नेमा नेताहरूको चिन्तित भएको देखिँदैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बाढी, पहिरो र अविरल वर्षाका कारण दुई दिनमा १४ जनाकाे मृत्यु

शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी, पहिरो र अविरल वर्षामा परी हालसम्म १४ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाे तथ्याङ्कअनुसार उक्त विपत्तिमा परी १८ जना घाइते भएका छन् भने ४ जना बेपत्ता भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिंहदरबारकाे ‘कन्ट्रोल रुम’बाट प्रधानमन्त्रीले भने- जनताको जीउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ

‘विपद व्यवस्थापनका लागि व्यवस्थित तयारी गरिएको छ। उच्च सतर्कता अपनाउन सम्पूर्ण रूपले मेहेनत गरेका छौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस वर्ष विपदबाट ठूलो क्षति हुनसक्ने अनुमान गरिएको छ, सोहीअनुसार रोकथाम र क्षति न्यूनीकरणका लागि राम्रो तयारी छ, जनताको जीउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महान्यायाधिवक्ताले प्रधानमन्त्रीलाई बुझाए ‘फौजदारी न्याय प्रशासन सुधार’सम्बन्धी प्रतिवेदन

महान्यायाधिवक्ता डा. दीनमाणी पोखरेलको अध्यक्षतामा गठित ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदल’ले तयार पारेको सो प्रतिवेदन आज सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई बुझाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘मधेसको शिक्षाको अवस्था सुधार्न सरकार गैरजिम्मेवार भयाे’

पछिल्लो समय आजपानिकटको आम विद्यार्थी मोर्चाले मधेस प्रदेशका विभिन्न जिल्लाका विद्यालयहरुमा शिक्षक, विद्यार्थीको अवस्था बुझ्न अनुगमन गरेको छ। आम विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले मधेस प्रदेशका कुनै पनि विद्यालयमा विद्यार्थी अनुपातमा तहगत र बिषयगत शिक्षक नभएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्दार

चितवनको भरतपुर महानगरपालिका–१६ झन्झने गोब्रेनीस्थित नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्दार गरिएको छ। वर्षाको कारण नारायणी नदीमा आएको बाढिमा फसेका उनीहरूकाे गएराति उद्दार गरिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

तनहुँ पहिरो: बेपत्ता भएका थप दुई जनाको शव भेटियाे

शुक्लागण्डकी नगरपालिका-७ काउरेमा शनिबार दिउँसो पहिरोले घर पुरिँदा बेपत्ता भएका दुई जनाको शव भेटिएको हाे। हीरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा हीरा ३ जना पहिरोमा पुरिएका थिए। हीराकाे शव भने गए राति भेटिएको थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देशभर कुन–कुन राजमार्ग अवरुद्ध छ?

शनिबारदेखिको अविरल वर्षापछि आएको बाढी पहिरोले देशभर ३ दर्जन बढी राजमागर्गहरू अवरुद्ध भएको छ। कतै पूर्ण रुपमा कतै आँशिक रुपमा राजमागहरू अवरुद्ध भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

राप्ती नदीमा बेपत्ता २ जनाको शव फेला

शनिबार नदी तर्ने क्रममा बेपत्ता भएका लमही नगरपालिका-८ बग्रपुरका ६२ वर्षीय मनिराम चौधरी र राजपुर गाउँपालिका २ बेला बस्ने १९ वर्षीय राजकुमार यादव बेपत्ता भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै

हालै सम्पन्न महाधिवेशनपछि एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ भने पदाधिकारीमा अध्यक्ष, सम्मानित नेता र महासचिव चयन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सप्तकोशीमा ५६ वटै ढोका खोलियो

सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि ५६ वटै ढोका खोलिएको छ। बिहान ९ बजेसम्म नदीको वहाव प्रतिघण्टा  ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको सप्तकोशी जलमापन केन्द्रले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्राकृतिक प्रकाेपकाे जाेखिमप्रति सुरक्षा सतर्कता अपनाउन प्रधानमन्त्रीकाे अनुराेध

निरन्तर वर्षा भइरहेका बेला बाढी/पहिराेबाट हुने सक्ने सम्भावित जाेखिमप्रति सुरक्षा सतर्कता अपनाउन प्रधानमन्त्रीले अनुराेध गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सप्तकोशी ब्यारेजका ४१ ढोका खोलिए

सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ। अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मधेसबाहेक सबै प्रदेशमा भारी वर्षाकाे सम्भावना

देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई  स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सप्तकोशी नदीमा पानीको सतह बढेपछि सतर्क रहन सुरक्षा निकायको आग्रह

वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह निरन्तर बढेपछि सतर्क रहन आग्रह गरिएको छ। आज साँझ पानी बहाव मापन गर्दा कोशी ब्यारेज भएर तीन लाख तीन हजार आठ सय ६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - इनरुवा

पहिरोमा परी स्याङ्जामा २ को मृत्यु, १ जना बेपत्ता

स्याङ्जामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। शनिबार विरुवा गाउँपालिका-६ लामाखेतमा ईश्वरी लम्सालको घरमा पहिरो जाँदा विरुवा-६ माझकोटकी ६५ वर्षकी गह्येश्वरी शर्मा मरासिनी र ६७ वर्षकी हरिमाया शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - स्याङ्जा