बुधबार, २० नोभेम्बर २०२४

पहिराेका कारण मध्यपहाडी लाेकमार्ग अवरुद्ध

निरन्तरको वर्षासँगै खसेको पहिराले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ। गलकोट नगरपालिका-१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

पाँच प्रदेशका केही स्थानमा भारी वर्षाकाे सम्भावना

हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सिस्नेमा पहिरोले पुरिएका ३ जनाको उद्धार, १ जना मृत भेटिए

रूकुममा पहिरोले पुरिएका ३ जनाको जीवितै उद्धार गरिएको छ भने एक जनाको शव भेटिएको छ। रुकुम पूर्वी जिल्लाको सिस्ने गाउँपालिका–१ दल्ली गैरामा अविरल वर्षाका कारण २४ असारमा पहिरोमा परी घाइते भएका ३ जनाको शसस्त्र प्रहरीले उद्धार गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रूकुम

त्रियुगामा पहिरोमा परी एक जनाको मृत्यु, दुई घाइते

सोमबार रातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ, भने अन्य दुईजना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - उदयपुर

कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पूर्तिघाट सडक सञ्चालनमा

पहिरोले पाँच दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ। करिडोरअन्तर्गत गुल्मीको रुद्रवेणी‐हर्मिचौर र पुर्तिघाट सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि गत शुक्रबारदेखि उक्त सडक अवरुद्ध थियो।

बिएल संवाददाता

बिएल संवाददाता - गुल्मी

पर्सामा ६० प्रतिशत रोपाइँ

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आजसम्म पर्सामा ६० प्रतिशत रोपाइँ भएको छ। हालसम्म २८ हजार दुई सय ७८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो। यो जिल्लामा ४७ हजार एक सय ३० हेक्टरमा धानखेती हुने गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

संसदीय छानबिन समितिले सहकारी पीडितसँग छलफल गर्ने

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गर्ने भएको छ। सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याका बारेमा पीडितहरूसँग छलफल गर्ने निर्णय गरिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाढीमा ज्यान गुमाएका तीन किशोरीको सामुहिक अन्त्येष्टि

बाढीमा ज्यान गुमाएका पुनर्वास नगरपालिकाका तीन किशोरीको सामुहिक दाहसंस्कार गरिएको छ। आज तीनैजनाको दोदा घाटमा सामूहिक दाहसंस्कार गरिएको पुनर्वास नगरपालिका–५ का वडाध्यक्ष पदमबहादुर रोकायाले जानकारी दिए। 'पोष्टमार्टमपछि आज दाहसंस्कार गरिएको छ। पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल भइरहेको छ,' वडाध्यक्ष रोकायाले भने।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

सहकारी समस्या चाँडै समाधान नभए आर्थिक प्रणालीमै असर गर्छ: सभापति थापा

‘आज जतिपनि सहकारीहरु समस्यामा परेका छन्, उनीहरुको समस्या ठिक तरिकाले, कानुन निर्माण गरेर, प्रस्तावित संरचना बनाएर समाधान गरिएन भने सिंगो आर्थिक प्रणालीमा यसको दुस्प्रभाव पर्छ। बैंकहरुमा पनि यसको प्रभाव पर्छ, सहकारीको मात्र समस्या हो भनेर सिंगो अर्थतन्त्रको हकमा भन्न सक्ने अवस्था नहुनसक्छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मोदीले पुटिनलाई भेटेकोप्रति जेलेन्स्कीको असन्तुष्टि, शान्ति प्रयासमा ठूलो धक्का भएको आराेप

हाल रुस भ्रमणका क्रममा मस्कोमा रहेको मोदीले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग भेट गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। राष्ट्रपति जेलेन्स्कीले मोदीको यो भ्रमण युक्रेनमा शान्ति प्रयासमा ठूलो धक्का भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढी-पहिरोमा परेकाकाे उद्धार गर्न सशस्त्र प्रहरी सक्रिय

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–८ गोइसारमा वर्षाको कारण टेङ्गा खोलाको बाँध फुटी जोखिम रहेका २० घरपरिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केशर पुस्तकालय छिटो सञ्चालन गर्न समितिकाे निर्देशन

समितिका सभापति शर्माले निर्माणमा भएको ढिलाइ र बाँकी काम कहिले सकिन्छ भनेर प्रश्न गरेकामा पुस्तकालय प्रमुख यादवले भवनको सेलिङ राख्न केही ढिलाइ भएको जवाफ दिए। त्यसका लागि बोलपत्रको समय नौ महिना थप गरिएको उनले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

४ वर्षीय छोरासहित सम्पर्कविहीन भएकी महिला भुटानमा बन्दी

उद्धारका लागि नेपाल प्रहरी र पालिकाको वैदेशिक रोजगार शाखामार्फत समन्वय भइरहेको उनले बताए। ‘वैदेशिक रोजगार शाखा संयोजक धनबहादुर विकसँग समन्वय गरी सबै ठाउँमा सोधपुछ गर्दा भुटानमा रहेको निश्चित भएको छ। अब जतिसक्दो छिटो प्रहरी प्रशासनको सहयोगमा नेपाल झिकाउने प्रयासमा लागेका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

रुकुम पूर्वमा पहिरोमा परी एक बालकको मृत्यु, तीन जना घाइते

सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम पूर्व

रातु नदीको बहाव बढ्यो, सचेत रहन आग्रह

गएरातिबाट परेको अविरल वर्षाका कारण महोत्तरीको रातु नदीको सतह बढेको छ। जिल्लाको उत्तरवर्ती क्षेत्र धनुषाको तुलसी र महोत्तरीको पाटु क्षेत्रमा नदीको पानीले डुबानमा परेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

विराटनगरमा एक युवकको हत्या, दुई जना घाइते

माेरङकाे कटहरी गाउँपालिका-१ का २१ वर्षीय करण कामतको सोमबार राति हत्या भएकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ। कटहरी–१ कै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय गम्भीर घाइते छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जयेन्दु बाल सुधार गृहमा झपड, बाल कैदी फरार

झडपपछि झण्डै ५० जना बाल कैदी सुधार गृहबाट भागेका हुन्। भागेकामध्ये ८ जना अझै फरार छन्। अन्यलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। यहाँ २ सय ७२ जना बाल कैदी राखिएको छ। विवाद गर्ने ८ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जम्मु कश्मीरमा आतंकवादी हमला, पाँच सैनिकको मृत्यु

सुरक्षा बल लोहाई मल्हार ब्लकको मछेदी क्षेत्रको बडनोटामा खोजी गरिरहेको बेला आतङ्ककारीले हमला गरेको बताइएको छ। अत्याधुनिक हतियारले सुसज्जित आतंकवादीले सुरक्षा बलमाथि गोली चलाउन थालेपछि दोहोरो भिडन्त भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभा बैठक आज पनि

प्रतिनिधिसभा बैठक आज (मंगलबार) पनि बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेका लागि बाेलाइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कोशी, बाग्मती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाल देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी,मधेश र बागमती प्रदेशका थोरै  स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं