बुधबार, २० नोभेम्बर २०२४

मुग्लिन-मलेखु सडक पुनः सञ्चालन

पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–मलेखु सडक दुईतर्फी सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गको मुग्लिन-मलेखु सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–३ डहकीखोलामा सोमबार १ः३० बजे पहिरो खस्दा सडक अवरुद्ध थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अफलाइन राईडिङमा मोटरसाइकल दुर्घटना गराएर फरार तीन जना पक्राउ

प्रहरीले अफलाइन राइडिङमा मोटरसाइकल दुर्घटना गरी फरार रहेका तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार पक्राउ पर्नेमा जुम्ला चन्दनाथ नगरपालिका वडानम्बर ८ घर भएका तेज रावल, जुम्ला गुठीचौर ५ का पदम धिताल र जुम्ला गुठीचौर ४ का सुरेश अधिकारी रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कोरोना भाइरसविरुद्धका१६ लाख ६८ हजार मात्रा खोप आयो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ नामक १६ लाख ६८ हजार चार सय ८० मात्रा खोप ल्याएको जनाएको छ। स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाकी फार्मेसी अधिकृत निशा पराजुलीका अनुसार वयस्क (१२ वर्षभन्दा माथिका) १६ लाख एक हजार दुई सय ८० मात्रा र बालबालिका (६ देखि १२ वर्षमुनिका) लागि ६७ हजार दुई सय मात्रा खोप ल्याएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जतिसुकै पूर्वतयारी गरेपनि सरकारले विपद् रोक्न सक्दैन: डा.भुसाल (अन्तर्वार्ता)

माननीयज्यूहरूले भनेको विषयमा मैले केही भन्नुपर्छ जस्तो लाग्दैन। किनकी उहाँहरूको ह्वाट्सएपमा बाढीको पूर्वसूचनादेखि हामी (कमाण्ड पोष्ट)ले के गरिरहेका छाैँ भनेर एसएमएस पठाइएको हुन्छ। तर माननीयज्यूहरूले नागरिकको ज्यान रक्षाका लागि चासो राख्नुपर्छ राख्नु राम्रो हो। अर्को के कुरा बिर्सनु हुँदैन भने जतिसुकै पूर्वतयारी गरेपनि सरकारले विपद् रोक्न सक्दैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जसपाका मन्त्रीको राजीनामा स्वीकृत, प्रधानमन्त्रीको काँधमा १० वटा मन्त्रालय

राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्य तथा जनसङ्‌ख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य तथा जनसङ्‌ख्या राज्यमन्त्री हसिना खानले प्रधानमन्त्रीसमक्ष दिएको राजीनामा स्वीकृत गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदीय समितिमा गभर्नरकाे सुझाव- सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाऔँ

सोमबार सिंहदरबारमा बसेको सहकारी रकम हिनामिना प्रकरणको छानबिन गर्न गठित संसदीय समितिको बैठकमा आज गभर्नर अधिकारीले सहकारीका लागि नियमनकारी निकाय आवश्यक भएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढी-पहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते, पाँच जना बेपत्ता

जेठ २८ देखि आज बिहानसम्म बाढीपहिराेमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। प्रहरीका अनुसार घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजदेखि केही दिनसम्म वर्षा कम हुने

विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रुपमा दक्षिणतर्फ सर्दै जाने भएकाले मुलुकमा मनसुनको सक्रियतामा कमी आई आजदेखि वर्षा कम हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रौतहटमा दुई जनाको शव फेला, एक जना बेपत्ता

जिल्लाको पूर्वीभेग माधव नारायण नगरपालिका-९ गढो गाउँनजिकै बागमती नदी किनारमा आइतबार एक जना पहिचान नखुलेका ५३ वर्षीय पुरुषको शव बरामद गरी सशस्त्र प्रहरी ११ नम्बर हेक्वाटर रौतहटबाट गएको टोलीले पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाएको डिएस्पी गेहेन्द्र भण्डारीले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

वर्षाले कञ्चनपुर जलमग्न, जनजीवन अस्तव्यस्त (तस्बिरहरू)

भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्रका घरहरु डुबानमा परेका छन् भने जनजीवन अस्तव्यस्त भएकाे छ। डुबानका कारण अस्तव्यस्त बनेको कञ्चनपुरमा नदी र तटीय क्षेत्रका स्थानीयबासी बढी प्रभावित बनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दोधारा चाँदनीमा २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

कार्यालयका प्रमुख सञ्जय साहले भने, ‘दोधारा चाँदनीमा यतिधेरै वर्षा मापन भएको नेपालको इतिहासमै सबैभन्दा बढी हो, यसअघि विगतका वर्षमा हेटौँडामा पाँचसय १६ मिलिमिटर वर्षा मापन गरिएको थियो।’ अति भारी वर्षापछि दोधारा चाँदनी र आसपासका क्षेत्रमा डुबान भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

गृहमन्त्रीलाई एमाले सांसदकाे चुनाैती- तपाईंहरू पदमा रहनुहुन्छ फाइलहरू खाेल्नुस्, धम्की मात्र दिएर पुग्दैन

‘मन्त्रीकाे जिम्मेवारीमा हुनुहुन्छ। महत्वपूर्ण मन्त्रीकाे जिम्मेवारीमा हुनुहुन्छ। कहाँ कसाे, कुन फाइल कसरी खाल्नपर्ने हाे, याे सदनमा माग गर्न चाहन्छाैँ। जति दिन तपाईंहरू पदमा रहनुहुन्छ, खाेल्नुस्। माग गर्न चाहन्छाैँ, कुन-कुन फाइलहरू कसरी खाेल्नपर्ने हाे। तपाईंहरूले धम्की मात्र दिएर पुग्छ?

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घट्यो सप्तकोशीमा पानीको बहाव

सप्तकोशी ब्यारेजमा अहिले पानीको बहाब २ लाख ६० हजार क्युसेक रहेको जानकारी दिइएको छ। सप्तकोशी ब्यारेजमा आइतबार सर्वाधिक ३ लाख ९५ हजार क्यूसेकसम्म पानीको बहाब पुगेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

बागमती सरकारबाट बाहिरियाे एमाले, ५ मन्त्रीले दिए राजीनामा

साेमबार माओवादी केन्द्र नेतृत्वकाे बागमती सरकारलाई दिएकाे समर्थन फिर्ता लिएर  एमालेले बाहिरिएकाे हाे। एमालेबाट सरकारमा सहभागी पाँच जना मन्त्रीहरूले समर्थन फिर्तासहित मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा बुझाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

बिहान ११ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन पेश गर्ने र व्यवस्थापन कार्यसम्बन्धी कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

हाल देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तनहुँका दुई पालिकामा विद्युत् सेवा अवरुद्ध

शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिराले विद्युत् पोलमा क्षति हुँदा यहाँका दुई पालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ। विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले दिएको जानकारीअनुसार जिल्लाको म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाका केही वडामा विद्युत् सेवा अवरुद्ध भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

किरिया बसेकै अवस्थामा गाउँपालिकाको काम गर्दै घिमिरे

लमजुङ राइनास नगरपालिका–१ साहिँलिटारका नरेन्द्रराज घिमिरे दुधपोखरी गाउँपालिकाका लेखा अधिकृत हुन्। घिमिरेलाई यतिबेला पितृशोक परेको छ।  घिमिरेले जनताको सेवामा समस्या नपरोस् र आर्थिक वर्षको अन्तिम समयमा भएकाले कार्यालयको काम कारबाहीमा कुनै असर नपरोस् भन्ने ध्येयले घरमा किरिया बसेकै कोठाबाट काममा गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

बाढीपहिरोका कारण हालसम्म ४८ जनाको मृत्यु, ५४ घाइते

अविरल वर्षाका कारण आएको बाढी पहिरो लगायतका विपद‍्मा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन्। गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी आइतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ