मङ्गलबार, १९ नोभेम्बर २०२४

चौधर नदी धार परिवर्तन गरी बस्तीमा

कञ्चनपुरको चौधर नदी धार परिवर्तन गर्दै बस्तीमा पसेको छ। हालै आएको बाढीले चौधर नदीले धार परिवर्तन गर्दा बेल्लाडी गाउँपालिका र बेलौरी नगरपालिकाका केही वडा प्रभावित बनेका छन्। सोमबार बेल्डाडी गाउँपालिका–५ भुर्षामा चौधर नदीले धार परिवर्तन गरी महाकाली सिँचाइको नहर भत्काएपछि सो क्षेत्रका तीन सयभन्दा बढी परिवार प्रभावित बनेका छन्। बेल्डाडी गाउँपालिका–५ का वडाध्यक्ष इन्द्र खड्काले चौधर नदी बस्ती पस्दा इमलिया, झिलमिला, वैवाहा, खैरीघाट र बेलौरीको भुडा शिवनगर, कानपुर र कलकत्ता बस्ती डुबानमा परेको बताए। ‘अहिले पनि बस्तीमा पसेको पानी सुकिसकेको छैन’, उनले भने, ‘तत्काल नहर क्षेत्रको तटबन्ध नबने ठुलो क्षति हुने भय छ।’ बाढीका कारण गणेश माध्यमिक विद्यालयमा ठुलो क्षति पुगेको छ। बाढीले नहर क्षेत्र कटान गर्दा सो क्षेत्रमा सवारी आवागमन अझै प्रभावित बनेको छ। चौधर नदी गाउँ पस्दा बेल्डाँडी र बेलौरी नगरपालिकामा एक हजार बिघाभन्दा बढी खेतमा लगाएको धानबाली नष्ट भएको स्थानीयवासी बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

सरकारकाे निर्यण: सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने, सत्य निरुपण र बेपत्ता आयोगको म्याद थप गर्ने

‘सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचय पत्र लागू गर्ने निर्णय भएकोमा मुलुकका विभिन्न स्थानहरुमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचय पत्र बनाउन असहज परिस्थिति सिर्जना भएको हुनाले तत्कालका लागि राष्ट्रिय परिचय पत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ’, उनले भनिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रीहरु उपस्थित नभएपछि संसदको बैठक स्थगित

बिहीबारको बैठकमा मन्त्रीहरूकाे उपस्थिति नरहेपछि बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो। मन्त्रीहरु उपस्थित नभएपछि कांग्रेसका सांसद रामहरी खतिवडाले सभामुखको बैठकमा ध्यानाकर्षण गराएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हालको जनसंख्या वृद्धि नेपालका लागि समस्या होइन: हेमराज रेग्मी (अन्तर्वार्ता)

जनगणनाको पछिल्लो तथ्यांकले हामीलाई के देखाएकोछ भने जनसंख्या वृद्धि अब नेपालको समस्या होइन। किनभने नेपालको स्रोत साधनले यति जनसंख्यालाई धान्न सक्छ भन्ने अनुमान हो। स्रोत साधनले धान्न सक्छ भने जनसंख्या व्यवस्थापनको सिद्धान्तले के भन्छ भने स्रोत साधन प्रशस्त छ भने जनसंख्याको आकार आफैँमा समस्या होइन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बारामा बस दुर्घटना, १३ जना घाइते

जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित पसाहा पुल नजिकै बिहीबार ३१ जना यात्रु सवार बस दुर्घटना भएकाे हाे। मलंगवाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना. ४ ख ७१९४ नम्बरको यात्रुवाहक बस गति अनियन्त्रित भई दुर्घटना भएको प्रहरी जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभाको बैठक स्थगित

बिहीबार दिउँसाे १:१५ बजेका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको हो। संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले एक सूचना प्रकाशित गर्दै बैठक स्थगित भएको जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मोरङकाे सुन्दरहरैँचामा कुखुरा फार्मभित्र सञ्चालकको हत्या

सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्या गरेको अवस्थामा बिहीबार बिहान शव फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

५९ वर्षीया महिला बलात्कृत, एक युवक पक्राउ

मगरले ती महिलालाई सोही ठाउँस्थित चम्मरभुजिया जंगलमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुन्दरीडाडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - कपिलवस्तु

तीन दिन देशभर पानी पर्ने, सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीकाे अनुरोध

प्रहरीका अनुसार मनसुनका कारण अविरल वर्षापछि विभिन्न स्थानमा आएको बाढी तथा पहिरोले सडक अवरुद्ध भएको ठाउँ–ठाउँमा भत्किएका, भासिएकाले दर्जनौं सडक अझै खुलेको छैन। वर्षा जारी रहेकाले थप अवरोधको सम्भावना कायमै हुँदा विशेष ख्याल गर्न प्रहरीले नागरिकहरूसँग आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सीता दाहालको स्मरणमा बालुवाटारमा श्रद्धाञ्जली कार्यक्रम

प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू, सरकारी कर्मचारी, नागरिक समाजका अगुवा एवं नागरिकको उपस्थिति रहेको थियो। सीताको स्मरण गर्दै पार्टी उपाध्यक्ष श्रेष्ठले जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गर्ने र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस वर्ष रासायनिक मलको अभाव नहुने

पछिल्लो समय कृषि सामग्री र साल्ट ट्रेडिङले रासायनिक मलखादलाई खेतीयोग्य जमिनको क्षेत्रफल, विगत आवको मलको खपतको अभिलेख र बाली सघनताको आधारमा स्थानीय तहअनुसारको कोटाअनुसार रासायनिक मलको बाँडफाँट गर्दै आइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

पूर्व कानूनमन्त्री श्रेष्ठकै घरमा बाल्यकाल तुहाउने गरी बालश्रम शोषण

कुनै समय संविधान र कानुनको कार्यान्वयन गराउने निकाय कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका साथै संघीय मामिला मन्त्री भएका श्रेष्ठकै घरमा चरम बालश्रम शोषण भइरहेको खुलासा भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिराहा

आँप टिपेको विषयमा विवाद, थप्पडको बदला हत्या

जिल्लाको दक्षिणीभेग भारतीय सीमानासँग जोडिएको इशनाथ नगरपालिकामा आँप टिपेको विषयमा भएको विवादमा १७ वर्षीय किशोरको हत्या गरिएको प्रहरीले खुलासा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

बाढी, पहिरो लगायतका विपद्‍मा परेर ८३ जनाको मृत्यु, पाँच जना बेपत्ता

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्‍मा परेर बुधबार दिउँसोसम्म ८३ जनाको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुनवलका समीर परियार राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित

मर्यादित महिनावारी अभियन्ता, बाल अधिकारकर्मी एवम् युवाको क्षेत्रमा काम गर्दै परियारलाई युवा तथा खेलकुद मन्त्रालयले नगदसहित सम्मान गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

११ महिनामा १३ खर्ब २७ अर्ब रेमिट्यान्स भित्रियो

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको रिपोर्टमा अघिल्लो आवको तुलनामा चालू आवको ११ महिनामा १९.३ प्रतिशतले रेमिट्यान्स भित्रिएको उल्लेख छ। रेमिट्यान्स अमेरिकी डलरमा ९ अर्ब ९८ करोड पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कर्णालीमा मध्यम र अन्य प्रदेशमा भारी वर्षाकाे सम्भावना

मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भू-भाग/सीमाना आसपास) रहेको र आज रातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने  सम्भावना देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालअधिकारकर्मी परियार राष्ट्रिय युवा प्रतिभाबाट सम्मानित

मर्यादित महिनावारी अभियान्ता, बालअधिकारकर्मी सुनवलका समीर परियार राष्ट्रिय युवा प्रतिभा सम्मान-२०८१ बाट सम्मानित भएका छन्। युवा तथा खेलकुद मन्त्रालयले नगदसहित सम्मानपत्रद्धारा उनलाई सम्मान गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अनुचित लेनदेनका ५९ उजुरी दर्ता

चितवनमा अनुचित लेनदेन (मिटर ब्याजी) सम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि पछिल्लो पटक ५९ उजुरी दर्ता भएका छन्। जिल्ला प्रशासन कार्यालय चितवनमा ५७ वटा तथा जिल्ला प्रहरी कार्यालयमा दुईवटा उजुरी दर्ता भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन