बिएल संवाददाता
काठमाडाैँ
मर्यादित महिनावारी अभियान्ता, बालअधिकारकर्मी सुनवलका समीर परियार राष्ट्रिय युवा प्रतिभा सम्मान-२०८१ बाट सम्मानित भएका छन्। युवा तथा खेलकुद मन्त्रालयले नगदसहित सम्मानपत्रद्धारा उनलाई सम्मान गरेको हो।
बुधबार आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र मन्त्रालयका सचिव सुमनराज अर्यालले नगद सहित सम्मानपत्र प्रदान गरे।
सामाजिक विकास तथा समाज सुधारको क्षेत्रमा अनुकरणीय कार्य गरी नेपाली युवामा सिर्जनशिलता, उद्यमशीलता र सकारात्मक सोच प्रवाहीत गर्नका लागि उल्लेखनीय योगदान पुर्याएकोमा उनलाई सम्मान गरिएको हो।
परियारलाई नगद १ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो।