मङ्गलबार, १९ नोभेम्बर २०२४

‘रेड एड्भाइजरी’ जारी भएका दिन रात्रिकालीन सवारी चलाउन रोक

अब ‘रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना) जारी भएका दिन रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ। शुक्रबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले उक्त निर्णय गरको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कुलेखानी–सिस्नेरी र दक्षिणकाली–काठमाडौँ खण्डमा यातायात सञ्चालन

मकवानपुरको कुलेखानी–सिस्नेरी खण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका– ३ टेक्करमा आज बिहान करिब ३ बजे गएको पहिरो पन्छाई एकतर्फी रुपमा यातायात सञ्चालन भइरहेका छन्। कुलेखानी–काठमाडौँ–दक्षिणकाली खण्डस्थित इन्द्रसरोवर–३ मा पहिरो पन्छाएर अहिले एकतर्फी रुपमा यातायात सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

रौतहटमा जन्ती बाेकेकाे जीप दुर्घटना हुँदा...

शुक्रबार बिहान ९ बजे रौतहटको देवाही गोनाही नगरपालिका धरहरीबाट जन्ती बोकर सर्लाहीको चक्रघटा फर्किने क्रममा गढीमाई नगरपालिका–६ मा जीप दुर्घटना भएकाे हाे। १२ जना सवार रहेकाे जीप पानीमा झरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

म्याग्दीमा पहिरोमा घर पुरिंदा २ जनाको मृत्यु

म्याग्दीको धौलागिरि गाउँपालिका-७ ताकममा पहिरोमा घर पुरिंदा दुई जनाको मृत्यु भएको छ। घर पुरिंदा तुलप्रसाद र उनीकी श्रीमती बालकुमारी न्यौपानेको आज बिहान मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

रात्रि बस सञ्चालनमा रोक लगाउने सरकारको तयारी

शुक्रबार बिहान नारायणगढ-मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता भएपछि मन्त्रालयले बर्खामा रात्रिकालीन बस सञ्चालनमा गर्दा  थप जोखिम हुने भएकोले रोक लगाउने प्रस्ताव गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रचण्डलाई विश्वासको मत दिन रवि लामिछानेको ह्विप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ। शुक्रबार बिहान बसेको पार्टी संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पहिराेले बगाएका दुईवटा बसमा कति थिए यात्रु? (नामसहित)

चितवनको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा नदीमा खसेका बस र यात्रुहरूको खोजी कार्य जारी छ। रौतहट र वीरगञ्जका ५४ यात्रुहरू सवार दुईवटा यात्रुवाहक बस सडकबाट त्रिशूली नदीमा खस्दा कैयौँ यात्रुहरू बेपत्ता भएको हुनसक्ने अधिकारीहरूले आशङ्का गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चितवन दुर्घटना: बेपत्ता २ बसका यात्रु खोज्न सशस्त्रको गोताखोर परिचालन

नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर दुईवटा यात्रुवाहक बस सडकबाट त्रिशूली नदीमा खस्दा कैयौँ यात्रुहरू बेपत्ता भएको हुनसक्ने अधिकारीहरूले आशङ्का गरेका छन्। शुक्रवार बिहान झन्डै साढे ३ बजेतिर दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेर हराइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बीबीसीलाई बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, सिमलटारका ४० घर डुबानमा

नहुँका विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। बिहीबार रातिदेखि परेको वर्षाका कारण आज बिहान विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा, व्यास नगरपालिका–१२ घाँसीकुवा, म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ। याम्यामा बिहान ४ बजे गएको पहिरो हटाइए पनि रुख ढलेर पुनः राजमार्ग अवरुद्ध भएको छ। निर्माणाधीन मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को निर्माण कम्पनीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

अपडेट: पहिरोले दुईवटा बस बगाउँदा ६५ जना यात्रुको अवस्था अज्ञात

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ।  शुक्रबार बिहान ३ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई यात्रु सवार बस बगाउँदा झण्डै पाँच दर्जनबढी यात्रु बेपत्ता भएका छन्।  भरतपुर महानगरपालिका–२९ सिमलतालनजिक खसेको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस बगाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पहिरोले घर पुरिँदा एकैपरिवारका ७ सहित ९ जनाको मृत्यु, २ बेपत्ता

अविरल वर्षाका कारण कास्कीमा पहिरो खसेर घर पुरिँदा एकै परिवारका सात जनाको मृत्यु भएको छ, भने २ जना बेपत्ता भएका छन्। पोखरा–महानगरपालिका वडा नम्बर १२ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

बुद्धको विमान अवतरणको क्रममा धावनमार्ग बाहिर

बुद्ध एअरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चिप्लेर रनवे बाहिर पुगेको छ। राति १० बजेको समयमा भएको उक्त घटनामा विमानको अगाडिको चक्का धावनमार्गभन्दा पाँच मीटर बाहिरको जमिनमा पुगेको बताइन्छ।  उडान नम्बर बीएचए ८०५  विमान काठमाडौँबाट गएराति साढे ९ बजे उडेको थियो। विमानका ५९ जना यात्रुलाई सकुशल बाहिर निकालिएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

डा रुइतलाई श्रीपति समाजसेवा पुरस्कार

स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा ख्यातिप्राप्त नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई यस वर्षको ‘श्रीपति समाजसेवा राष्ट्रिय पुरस्कार’ प्रदान गरिने भएको छ।  पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार दुई सय १७औँ श्रीपति जयन्तीका अवसरमा रुइतलाई प्रदान गर्ने घोषणा गरिएको हो। विसं २०७७ देखि सुरु गरिएको यस पुरस्कारको राशि रु दुई लाख २२ हजार दुई सय २२, श्रीपति समाजसेवा पदक र ताम्रपत्र रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

उपकुलपतिलाई असहयाेग गर्ने एमाले महासचिवका भान्जा निलम्बित

नेपाल संस्कृत विश्वविद्यालय बेलझण्डी दाङका कुलसचिव माधव अधिकारी निलम्बित भएका छन्। विश्वविद्यालयका उपकुलपति डा. यादवप्रकाश लामिछानेले बुधबार (हिजो) उनलाई निलम्बन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण सुरु

भद्रकाली मन्दिर परिसर पुनर्निर्माण सुरु गरिएको छ। रु ३४ करोड ८० लाख ७१ हजार लागतमा मन्दिरको दक्षिण पश्चिमबाट पुनर्निर्माण सुरु गरिएको हो। काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले आज मन्दिर परिसर पुनःनिर्माणको शिलान्यास गरिन्। विसं २०७२ को भूकम्पले मन्दिर जीर्ण भए पनि अझै पुनर्निर्माण हुन सकेको थिएन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-७ कुमारीगाल बस्ने ५२ वर्षीय मणिराम पौडेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रौतहटमा छुट्टाछु्टै घटनामा ४ जनाको मृत्यु

सञ्जय मिश्रा, रौतहटमा बिहिवार छुट्टाछुट्टै घटनामा परेर चार जनाको मृत्यु भएको छ। जिल्ला सदरमुकाम गौर स्थित पोखरीको पानीमा डुबेर एकजनाको मृत्यु भएको छ, भने राजदेवी नगरपालिकामा छतबाट खसेर अर्का एक पुरुषको मृत्यु भएको हो। त्यस्तै ट्याक्टर पल्टिएर चालकको मृत्यु भएको छ भने चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

वर्षाको अध्ययन गर्न विज्ञ टोली खटाइयो

पश्चिम नेपालको कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ भएको वर्षाबारे जल तथा मौसम विज्ञान विभागले अध्ययन गर्न लागेको छ। विभागले आजै त्यसतर्फ विज्ञसहितको टोली अध्ययनका लागि खटाएको छ। विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलको नेतृत्वमा आजै टोली कञ्चनपुर गएको हो। कँडेलका अनुसार त्यहाँको वर्षा मापन केन्द्रको अवस्था, वस्तुस्थिति तथा प्राविधिक पक्षको अध्ययन गरिनेछ। कतिपय अवस्थामा वास्तविकतामाथि प्रश्न उठेकाले वास्तविक के कस्तो हो, यन्त्र उपकरण ठिक छ छैनलगायत सबै विषयमा अध्ययन गरिने उनले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ