मङ्गलबार, १९ नोभेम्बर २०२४

मन्त्री रहुन्जेल इमान्दारीपूर्वक काम गर्नेछु: नवनियुक्त गृहमन्त्री लेखक

नवनियुक्त गृहमन्त्री रमेश लेखकले मन्त्रालयमा रहुन्जेल इमानदारीपूर्वक काम गर्ने बताएका छन्। साेमबार पदभार ग्रहण गर्दै उनले अहिले तत्काल विपद्मा नागरिकको जीवनरक्षामा सबै शक्ति लगाइने पनि बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रविलाई मुकुल ढकालको चेतावनी- मुकुल अर्को शालिकराम पुडासैनी बन्दैन

‘रवि लामिछानेज्यू आफ्ना भक्तहरू प्रयोग गरेर व्यक्तिगत जीवन र मेरो परिवार समेतलाई अनेकन आक्षेप लगाउन थाल्नुभएछ। तपाईं आफ्नो स्तर देखाउँदै हुनुहुन्छ। तपाईं जति सक्नुहुन्छ, गर्नुहोस्, मेरो शुभकामना छ। चिन्ता लिनु पर्दैन, मुकुल ढकाल अर्को शालिकराम पुडासैनी बन्दैन’, उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नवनियुक्त स्वास्थ्यले भने- अस्पतालहरूमा अब लाइन बस्नुपर्दैन्

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने प्रविद्धता जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्वास्थ्यमन्त्री पौडेलको पहिलो निर्णय- क्यान्सर रोग निवारण रणनीति बनाउने

उनले नेपालमा क्यान्सर रोगका बिरामी दिनप्रतिदिन बढिरहेको भन्दै त्यसको निवारणका लागि रणनीति बनाउने निर्णय गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नयाँ मन्त्री आउँदै गर्दा गृह मन्त्रालयमा छैन उत्साह

गृह मन्त्रालयमा भने नयाँ मन्त्री आउने कुराले कुनै उत्साह छैन। सरकार परिवर्तनसँगै गृहमा काँग्रेसका रमेश लेखक मन्त्री भएर आउँदैछन्। तर यसअघिका गृहमन्त्री रवि लामिछाने मन्त्रालयमा आउँदा उत्साह थियाे। समर्थककाे ठुलै भिड थियाे। यसपटक भने त्यस्ताे उत्सव देखिँदैन। गृह मन्त्रालयमा सीमित कर्मचारी मात्रै स्वागतमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ मन्त्रीहरूकाे स्वागतकाे तयारी सिंहदरबार (तस्बिरहरू)

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरुलाई पद तथा गोपनीयताकाे शपथ गराएसँगै पदभार सम्हाल्न सिंहदरबार जाँदैछन्। साेमबार राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित २१ मन्त्रीलाई शपथ गराएपछि उनीहरू पदभार सम्हाल्न सिंहदरबार जान लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ताे बन्याे ओली नेतृत्वकाे २२ सदस्यीय मन्त्रिपरिषद्

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् गठनका छन्।  साेमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् गठनका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रकाशमान सिंह र विष्णु पौडेल बने उपप्रधानमन्त्री

नेपाली कांग्रेसका नेता प्रकाश मान सिंह र एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन्। राष्ट्रपति रामचन्द पौडेलले सिंह र पौडेललाई साेमबार शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिमलताल बस दुर्घटना: बेपत्ताको खोजीमा ‘इकोसाउन्डर’ प्रयोग

चितवनको सिमलतालस्थित त्रिशुली नदीमा दुई बससहित ६२ जना बेपत्ता नागरिकको खोजीका लागि इकोसाउन्डर उपकरण प्रयोग गरेर खोजी गरिँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रधानमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

संविधानको धारा ७६ काे उपधारा २ अनुसार गरिएकाे प्रधानमन्त्रीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। प्रधानमन्त्रीको नियुक्तिविरुद्ध साेमबार खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सर्वोच्चमा रिट गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नारायणी नदी किनारमा अहिलेसम्म ११ जनाको शव भेटियो

गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुहरु खोज्ने क्रममा अहिलेसम्म ११ वटा शव भेटिएको प्रहरीले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

आज विश्व युवा दक्षता दिवस मनाइँदै

विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यता अनुसारको रोजगार नपाइने प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्यले पनि यो दिन मनाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

न्यूरोडको फुटपाथ बिस्तारकाे बाटो खुल्यो

महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि सुचारु गर्ने बाटो खुलेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

देशभर मध्यम वर्षाकाे सम्भावना

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मधेस प्रदेशः आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सर्वसम्मतिले पारित भएको छ। प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री सतिशकुमार सिंहले प्रस्तुत गरेको विनियोजन विधेयक २०८१ सभामुख रामचन्द्र मण्डलले निर्णयार्थ पेस गर्दा सभाको सर्वसम्मतिले पारित भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर

बिर्तामोडमा हात्तीले चार घरमा क्षति पुर्‍यायो

जिल्लाको बिर्तामोड नगरपालिका–७ स्थित डाँडागाउँमा गएराति हात्तीले चारवटा घरमा क्षति पुर्याएको छ। राति आएका चारवटा हात्तीले चार घरमा क्षति पुर्‍याएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले हात्तीले ती घरमा क्षति पुर्‍याउँदा रु तीन लाख १० हजार बराबरको क्षति भएको जानकारी दिए। हात्तीले स्थानीय नवराज लिम्बू, डम्बर विक, सोनु सुनुवार र खगेन्द्र घिमिरेको घरका पर्खाल भत्काउनाका साथै घरभित्र अन्नपातसमेत नष्ट गरेको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - बनियानी

चितवन बस दुर्घटना– अध्ययनमा गएको गृह टोलीले के देख्यो?

चितनवमा पहिरोमा परी तीन दिनदेखि त्रिशुलीमा दुई बससँगै हराइरहेका ५७ जना नागरिकको खोजीबारे गृहमन्त्रालयको टोलीले अध्ययन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

हजारौँ नेपालीको पैसा कुम्लाएका सगुनका ठगहरू फेरि सक्रिय

यस ठगी धन्दाका मुख्य पात्र हुन्, अमेरिकामा बस्दै आएका गोविन्द गिरी र कविन्द्र सिटौला। गिरी संस्थापक हुन्। सगुनले त्यत्तिबेला मार्क जुकरबर्गको फेसबुक (मेटा)लाई ठक्कर दिने दावी गिरी र सिटौलाको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं