बिएल संवाददाता
काठमाडाैं
सरकारले रात्रि बस सञ्चालनमा रोक लगाउने तयारी गरेको छ।
गृह मन्त्रालयले बर्खामा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको हाे।
शुक्रबार बिहान नारायणगढ-मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता भएपछि मन्त्रालयले बर्खामा रात्रिकालीन बस सञ्चालनमा गर्दा थप जोखिम हुने भएकोले रोक लगाउने प्रस्ताव गरेको हो।
मन्त्रालयले सो प्रस्तावबारे अहिले यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृह मन्त्रालयमा छलफल गर्दैछ।
यसअघि २०७९ सालमा रातिको यात्रा जोखिमपूर्ण भएको भन्दै मकवानपुर प्रहरी प्रशासनले त्रिभूवन राजपथ हुँदै काठमाडौं आउने बसलाई रोक लगाएको थियो।