बुधबार, २० नोभेम्बर २०२४

मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई काठमाडौँ महानगरद्वारा जरिवाना

काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा ‘ब्रान्ड’ का उत्पादक कम्पनीलाई रु आठ लाख जरिवाना गराएको छ। कामपाले १३ वटा ब्रान्डका खाने तेलको नमूना परीक्षण गर्दा चारवटा ब्रान्डमा नेपाल सरकारले तोकेको पारोक्साइड भ्यालु धेरै भएको पाएपछि जरिवाना गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हुम्लाको सर्केगाड पालिकाद्वारा बिलबिना ७३ लाख बढी भुक्तानी

हुम्लाको सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा रु ७३ लाखभन्दा बढी आवश्यक कागजातबिनै भुक्तानी दिएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा बिलबिजक बिना नै भुक्तानी दिइएको औँल्याइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - हुम्ला

मन्थली–खिम्ती सडक कालोपत्र भएको १५ दिन नबित्दै उप्कियो

मन्थली–खिम्ति सडकअन्तर्गत हालै गरिएको कालोपत्र उप्किन थालेको छ। मन्थली बजारस्थित देवकोटा चोकमा १५ दिनअघि मात्र गरिएको कालोपत्र उत्किसकेको छ। विद्यालय र कार्यालय समयमा दैनिक भीडभाड हुने यस चोकमा भित्ता काटेर सडक विस्तार तथा कालोपत्र गरिएको थियो। यहाँ गोलन्जोर कन्स्ट्रक्सनले काम गरेको थियो। असारको समयमा चाँडै काम सकेर भुक्तानी लिन हतार गर्दा समस्या भएको स्थानीय एवं निवर्तमान वडाअध्यक्ष नारायणदास श्रेष्ठले बताए। ‘चाँडै काम सकेर भुक्तानी लिने बहानामा गुणस्तरलाई ध्यान दिइएन छ, त्यसै कारण समस्या भयो। मुख्य चोक (देवकोटा चोक) मै यति धेरै कमसल काम भएपछि अन्य ठाउँको अवस्था के होला ?’, उनले प्रश्न गरे।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

विपद्जन्य घटनाबाट झापामा एक वर्षमा १५ जनाको मृत्यु, १३ करोडभन्दा बढी क्षति

विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने रु १३ करोडभन्दा बढीको क्षति भएको छ। चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा बाढी, आगलागी, हावाहुरी र चट्याङजस्ता विपद्जन्य घटनाका कारण १५ को मृत्यु र रु १३ करोड ७२ लाख ८४ हजार नौ सयको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

नागढुंगा–नौबिसे सडकखण्ड बुधबार र बिहीबार राती पूर्ण रुपमा बन्द हुने

जिल्ला प्रहरी कार्यालय धादिङले बुधबार एक सूचना जारी गर्दै  बुधबार र बिहीबार राति १० बजेदेखि बिहान ३ बजेसम्म उक्त क्षेत्रमा सवारी आवागमन पूर्ण रुपमा रोक लगाइने बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एक किलाे  २४७ ग्राम काेकिनसहित विदेशी नागरिक पक्राउ

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई शनिबार दिउँसो काठमाडौं महानगरपालिका–१६ स्थित होटल ग्यालेरीबाट पक्राउ गरेको हो। उनीहरूबाट जुसको बट्टाभित्र कोकिन बरामद गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विदशमा रहेका नेपालीहरूको हितरक्षा र अधिकारलाई उच्च प्राथमिकता दिएको छु: प्रधानमन्त्री

बैठकमा प्रधानमन्त्रीले विदशमा रहेका नेपालीहरूको हितरक्षा र अधिकारलाई आफूले उच्च प्राथमिकता दिएको बताउँदै त्यसका लागि संस्थागत र संरचनागत क्षमता अभिवृद्धि मुख्य विषय भएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अख्तियार आयुक्तको घरमा ललितपुर महानगरले चलायाे डाेजर

ललितपुर महानगर–१० चाकुपाटस्थित अमात्यको घरमा महानगरले बुधबार दिउँसो डाेजर लगाएर पर्खाल भत्काएको हाे। गुठीको जग्गा मिचेको र गुठीयारले जग्गा खाली गराउन आग्रह गर्दा पनि अटेर गरेपछि डाेजर चलाइएकाे महानगरले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मनाङको बाटो सधैँ जोखिमपूर्ण, आवतजावतमा समस्या

मनाङ बाढीपहिराको जोखिम क्षेत्र मानिन्छ। त्यसैले मनाङवासीलाई बाढी-पहिरोको सधैँ त्रास रहन्छ। पर्यटकीय क्षेत्र भएकाले पर्यटकको यहाँ बाह्रैमास आवगमन हुने गर्छ। बाढीपहिराका कारण सडक अवरुद्ध भइरहँदा उनीहरुले सास्ती भोग्नुपर्ने अवस्था छ।

बिएल संवाददाता

बिएल संवाददाता - मनाङ

संसदको सचिवमा नियुक्त अधिकारीले लिए शपथ

प्रतिनिधिसभाको सचिवमा नियुक्त सुरेश अधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन्। बुधबार सभामुख देवराज घिमिरेले अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन काँग्रेसको आग्रह

‘सबैभन्दा ठुला दल काँग्रेस र एमालेले मिलेर सरकार बनाउने भनेपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ। काँग्रेसले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सोह्रखुट्टे-बालाजु सडक भासियाे, खाल्डाेमा खसेकाे मोटरसाइकल र दुई व्यक्तिकाे उद्दार (भिडियाे)

सडक भासिँदा दुईजना सवार मोटरसाइकल खसेको थियाे। भासिएकाे खाल्डाेमा खसेकाे बा ५० प ३८२ नम्बरको मोटरसाइकल महानगर प्रहरी र सशस्त्र प्रहरीले निकालेकाे छ। मोटसाइकलमा सवार व्यक्तिकाे पनि सकुशल उद्दार गरिएकाे प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तुलसीपुरमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता

दाङको बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छिन्। बुधबार बिहान ८ बजेतिर तुलसीपुर उपमहानगरपालिका- १४ निबासी १९ वर्षीया सम्झना चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएका छन।

बिएल संवाददाता

बिएल संवाददाता - तुलसीपुर

दिनभरि वर्षाकाे सम्भावना

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा कोशी, मधेस, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

फौजी कीराले मकैबालीमा क्षति, किसान चिन्तित

धादिङको खनियावास गाउँपालिका–१ झार्लाङमा फौजी किराको प्रकोपले मकैबालीमा क्षति पुर्याएको छ। घोगा लाग्ने बेलाको मकैमा कीराले क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका छन्।   वैशाखको असिना पानीले नगदेबाली भित्र्याउन नपाए पनि मकै राम्रो फल्ने आशामा किसान थिए। अहिले उनीहरु निरास बनेका छन्। 'वैशाखको असिना पानीले जौ, गहुँ, केराउ, आलुलगायत बाली नष्ट भयो। अहिले फेरि घोगा लाग्न थालेको मकै फौजी कीराले सखाप पार्दैछ', झार्लाङका स्थानीय नासुन तामाङले भने, 'महामारीको चक्रमा त फस्यौँ नै। बाली भित्र्याएर जीविका चलाउँला भन्ने आशा पनि रहेन।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय सुशील मण्डलका छ वर्षीय छोरा राहुल मण्डल र उनका भाञ्जा करिब आठ वर्षीय आशिष मण्डल रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

बाढीले पुल बगाउँदा बेँसीसहर–चामे सडक अवरुद्ध

बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। अविरल वर्षाले यस सडकअन्तर्गत चामे गाउँपालिका–१ स्थित तिमाङ खोलाको काठेपुल बगाएपछि सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका सूचना अधिकारी किरण पोखरेलले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

शिक्षाको विकासका लागि सरकार गैरजिम्मेवार भयो: प्रभु साह

देशैभरी एसईई परिक्षामा उत्तीर्ण हुनेको संख्या घटदो मात्रमा रहेको बेला मौलापुरमा उत्तीर्ण हुनेको संख्या बढ्दै गएकोमा उनले नगरपालिकाकी मेयर रिनाकुमारी साह, शिक्षक, व्यवस्थापन समिति लगायतलाई विशेष धन्यवाद दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

पोखरा महानगरको कार्यालयमा अख्तियारको छापा

पोखरा महानगरले मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजश्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले छापा मारेको हो। अख्तियारले सोही उजुरीको आधारमा छापा हानेर कागजातहरु नियन्त्रणमा लिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

निर्वाचन आयुक्तमा सिफारिस भएका प्रधानकाे सुनुवाइ २० र २१ गते

सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाइ समिति बैठकमा प्रधानविरुद्ध चारवटा उजुरी परेको जानकारी दिइएको हो। उक्त उजुरीका सम्बन्धमा आगामी असार २० र २१ गते सुनुवाइ हुने समिति सभापति पशुपतिशमशेर जबराले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं