बुधबार, २० नोभेम्बर २०२४

युवा–विद्यार्थीको विदेश पलायन रोक्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

‘युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि समेत विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अतः २१औँ शताब्दीका युवा–विद्यार्थीको चाहना, आवश्यकता र प्राथमिकताहरू बुझेर सोही अनुसारका पाठ्यक्रम तयार गरी शैक्षिक कार्यक्रमहरू सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिन्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

४ बुँदे माग राख्दै कृषिका कर्मचारीहरूकाे मन्त्रालयमै धर्ना

संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषि तर्फका पुल दरवन्दीमा रहेको ३२८ जनासमेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपुर्ति हुने व्यवस्था गर्नुपर्ने उनीहरूकाे माग छ। यसैगरी उनीहरूले संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषितर्फका प्राविधिक कर्मचारीहरुको न्यायोचित वृत्ति विकास सुनिश्चित हुनुपर्ने माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पहिरोमा पुरिएर पाँच वर्षीय छाेराकाे मृत्यु, बुबा घाइते

पहिरोले पुरिएर जाजरकोटमा एक बालकको मृत्यु भएको छ। भेरी नगरपालिका– ५ इबरका रमेश विकका ५ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जाजरकोट

आज दिउँसाे चार प्रदेशका केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भक्तपुरका विद्यार्थी धान रोपाईमा व्यस्त

सधैं कक्षाकोठामा रहने भक्तपुरको एउटा स्कुलका विद्यार्थी बुधबार धान रोपाईमा रमाएका छन्। भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेष्ट इंग्लिश स्कुलका विद्यार्थी रोपाईमा रमाएका हुन्। असार १५ को अवसरमा स्कुलले प्रत्येक वर्ष जस्तै रोपाई कार्यक्रम गरेको थियो। स्कुल नजिकैको खेतमा विद्यार्थीलाई रोपाईका लागि लगिएको थियो। रोपाईमा विद्यार्थी मात्रै नभई शिक्षक शिक्षिकाहरु पनि रमाइलो मानी काममा मस्त देखिए। सधै कक्षा कोठामा व्यस्त देखिने स्कुलका शिक्षकशिक्षिकाहरु प्रिन्सिपलसहित मस्त देखिए।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

भारी वर्षाले भैरहवा जलमग्न

आइतबार केही समय मात्रै भएको भारी वर्षाले बैंकरोड, प्रहरी टोल, मिलनचोक, मैत्री पथलगायतका भैरहवाको मुख्य बजार नै जलमग्न भएको हो। पानीको निकास नभएको कारण सडकमा पानी जमेको छ। नालाबाट पानी ओभर फ्लो भएसँगै पसलहरुमा पनि पानी पसेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - भैरहवा

राति देशभर वर्षा हुने, पाँच प्रदेशका केही स्थानमा भारी वर्षाकाे सम्भावना

राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भुटानी शरणार्थी प्रकरण: बेचन झालाई ७ दिन थुनामा राख्न अदालतकाे अनुमति

दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ परेका झालाई आइतबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत अदालतबाट हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने अनुमति लिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘द डार्क फाइल’ प्रकरणलाई लिएर गृहमन्त्री लामिछानेमाथि रामहरिले ठडाए औँला

‘त्यहाँ बयान लिएकाे अभियुक्तलाई कसकाे निर्देशनमा किन? बयान लिएकाे मान्छेलाई छुटाएर फरार अभियुक्त भनेर अदालतमा मुद्दा पेस गरियाे? याे आपत्तिजनक छ कसकाे निर्देशनमा भयाे? यसकाे जवाफ गृहमन्त्रीले दिनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्यार्थीले देखेको सपनामा वृजकोर्सले थपेको उत्साह (भिडियो )

माध्यामिक शिक्षा परीक्षा (एसईई) सकाएर काठमाडौँ छिरेकी छिन सुर्केतकी निस्तिका अधिकारी। उनी काठमाडौँमा आफनो सपना पुरा गराउन आएकी हुन।उनलाई साइन्स पढ्न मन छ। साइन्सको लागि ब्रिजकोर्स गदैछिन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२० सहकारीलाई कागजात उपलब्ध गराउन पत्राचार गर्ने य छानबिन समितिकाे निर्णय

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले कार्यादेशमा समावेश २० सहकारीलाई कागजात उपलब्ध गराउन पत्रचार गर्ने भएकाे छ। आइतबार बसेकाे समितिकाे साताैँ बैठकले साे निर्णय गरेकाे समिति सभापति सूर्य थापाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारीको ६ अर्ब बढी रकम ठगी गरेर भागेका काँग्रेस नेतासहित ४ जना पक्राउ

३१ वर्ष नेपाल बैंक लिमिटेडकाे मुख्य कार्यालय न्युरोडमा चिफ म्यानेजरको रुपमा काम गरेका श्रेष्ठ २०६१ सालमा लालीगुराँस सहकारी संस्थाको सचिवको रुपमा प्रवेश गरेका थिए। २०६४ सालमा संस्थाको उपाध्यक्ष भएर ८ वर्ष काम गरेका श्रेष्ठ २०७४ सालदेखि अध्यक्षको रुपमा कार्यरत रहेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललितपुर महानगरले बनायो आफ्नै लगानीमा पक्की पुल

निर्धारित समयअघि नै पुल निर्माण सम्पन्न गरेकोमा ठेकेदार कम्पनीलाई उनले धन्यवाद दिए। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि १८ महिनामा नै पुल निर्माण सम्पन्न भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

आज संसद् दिवस मनाइँदै

आज असार १६ गते नेपालमा संसद् दिवस मनाइँदैछ। हरेक वर्ष संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा संसद् दिवस मनाउने गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बेस्सरी तातिइरहेका एसियाली सहरका ३० करोड  ज्यान जोखिममा

एउटा नयाँ अध्ययनले गर्मीको उच्च पारोलाई जलवायु परिवर्तनका कैयन डरलाग्दा संकेतहरू भनेका छन्। जसले निकट भविष्यमै मानव जीवनलाई गम्भीर खतरातिर लैजाँदैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वर्षाकाे सम्भावना

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तीन वर्षमा बन्ने भनिएको गेउरिया पुल १० वर्षसम्म पनि बनेन

मोरङको कानेपोखरी रङ्गेली सडकअन्तर्गत गेउरिया पुल १० वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन। कानेपोखरी गाउँपालिका–२ स्थित कानेपोखरी रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुलबारे गत चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सडक विभागको टोलीले अनुगमन गरेर चाँडै काम सक्न निर्देशन दिएको थियो। निर्देशन दिएको चार महिना बितिसक्दा पनि पुलको निर्माण भने कछुवा गतिमा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पथरी

बर्दियामा चितुवा नियन्त्रणमा लिइयो

बर्दियाको गुलरिया नगपालिका–१ स्थित शङ्कर बस्तीमा घरपालुवा जनावर मार्ने चितुवालाई नियन्त्रणमा लिइएको छ। डिभिजन वन कार्यालयको टोलीले पिँजडामार्फत चितुवा नियन्त्रणमा लिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बर्दिया

सरकार किसानसँग हातेमालो गरेर अगाडि बढ्न तयार छ : मुख्यमन्त्री महरा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र विस्तारमा सरकार लागिरहेको बताएका छन्। २१ औँ राष्ट्रिय धान दिवसका अवसरमा गृहजिल्ला रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ काभ्रा पुगेका मुख्यमन्त्री महराले जलवायु अनुकूलित प्रविधिहरूको प्रसार, जैविक विविधताको उपयोग गरी पोषणयुक्त धानको उच्च उत्पादन दिने जातहरूको विकास तथा उत्पादनमा बढाउने रणनीतिमा लाग्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लद्दाखमा बाढीमा परेर पाँच भारतीय सैनिकको मृत्यु

भारतको लद्दाखको सीमा-रेखा नजिकै आएको बाढीमा पाँच भारतीय सैनिकको मृत्यु भएको छ। भारतीय सेनाले यो दुर्घटना लद्दाख नजिकै दौलत बेग ओल्डी क्षेत्रमा भएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं