मङ्गलबार, १९ नोभेम्बर २०२४

संसदीय छानबिन समितिले जेलमा भएका सहकारीका सञ्चालकहरुसँग पनि सोधपुछ गर्ने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले जेलमा भएका सहकारीका सञ्चालकहरुसँग पनि सोधपुछ गर्ने भएको छ।

बुधबार सहकारी पीडितहरुसँगको छलफलमा बोल्दै समितिका सभापति सूर्य थापाले कानुनअनुसार जेलमा भएका सहकारी सञ्चालकहरुलाई पनि सोधपुच्छ गरी तथ्य प्रमाणहरु खोज्ने बताएका हुन्।

समितिले आज सहकारी संचालक र पीडितहरुसँग छलफल गरेको थियो। छलफलका क्रममा सहकारी पीडितले आफूहरुले सहकारी ठग देखेको भएपनि सरकारले नदेखेको गुनासो गरेका थिए।

सभपति थापाले सरकारले र संसदले गर्ने काम फरक हुने भन्दै सहकारी पीडितहरूलाई न्याय दिलाउने गरी काम गरिरहेको बताए। उनले सहकारी क्षेत्रमा देखिएको सहकारी समस्या वास्तविक सहकारीको कारणले नभई सहकारीका माध्यमबाट बचतको अपचलन ठगी गर्ने नियतका साथ आएका केही सहकारीका कारणले समस्या आएको बताए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?