चीनकाे सिआनमा नेपाली शान (भिडियाेसहित)

Breaknlinks
Breaknlinks

चीनको पल्लो शान्सी प्रान्तमा पर्ने सिआन सहर र नेपालको काठमाडौँ र बुटवलबीचमा भगिनी सम्बन्ध छ। भविष्यमा नयाँ पुराना दुवै भगिनी सहरहरूले एकअर्काको सम्मानमा केही परियोजना बनाउने खाका पनि प्रस्तुत गरेका छन्।

नेपालभित्र चिनियाँ परम्परागत कुराहरू के छन् भन्ने कुरा खासै अध्ययन भएको छैन। त्यसैगरी चीनभित्र नेपालका के कति कुराहरू लुकेका छन्, भन्ने कुरामा पनि  चासो देखाइएको छैन।

नेपाल चीनबीच मित्रताको पुराना किस्सा पहिल्याउने हो भने अनेकन तत्वहरू भेटिनेछन्। जुन कुरा चीनले विभिन्न तवरले संरक्षण गरिदिएको छ। चिनियाँ संस्कृति सभ्यतामा निकै ठूलो भूमिका राख्ने सिआन सहरको गर्भमा स्थानीय तत्वहरू मात्रै छैनन्, तर नेपाली विशेष शिलालेख पनि सजाइएको छ। यो कुरा थाहा पाएपछि कुन नेपालीले गर्व नगर्ला ? बेइजिङबाट पत्रकार लक्ष्मी लम्सालले निहाउ नमस्ते नामक युट्युब च्यानलभित्र सिआनस्थित पत्थर सङ्ग्रहालयमा पुगेर नेपाली प्रस्तरको दृश्य समेटेका छन्।

भिडियाे ः

प्रकाशित मिति: : 2021-10-08 19:21:00

प्रतिकृया दिनुहोस्