सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले शिक्षकहरुको माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन्।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै परिस्थिती जटिल रहेको भन्दै शिक्षकहरूले पनि मेरो गोरुको बाह्रै टक्का गर्न नहुने बताएका हुन्।
शिक्षकहरूले सरकारको अनुरोधनलाई नसुनेकाे बताउँदै त्यसकाे नतिजा राम्राे नहुने उनकाे चेतावनी थियाे।
भिडियो-
000
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मुकश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा संलग्नलाई कठघरामा उभ्याउने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भएको टेलिफोन वार्तामा मोदीले अपराधीलाई कठघरामा उभ्याउन भारत प्रतिबद्ध रहेको कुरामा जोड दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
मंगलबार आतंकवादी समूहले गरेको आक्रमणमा पहलगामस्थित पर्यटकीय क्षेत्रमा २६ जनाको हत्या गरेकाे थियो। सो आक्रमणमा परेर बुटवलका सुदीप न्यौपानेको समेत मृत्यु भएको थियो।
000
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शिक्षा विधेयक संसद्बाट वैशाख महिनाभित्रै पारित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
बुधबार सभामुख देवराज घिमिरेसमक्ष दलका प्रमुख सचेतक र सचेतकहरूको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेट अधिवेशनबाटै शिक्षकका माग सम्बोधन हुने बताएका हुन्।
शिक्षकहरूमा शिक्षाप्रतिको जवाफदेहिता भएकाले आन्दोलन फिर्ता लिएर शैक्षिक गतिविधिमा जोडिन उनकाे आग्रह थियाे।
000
राष्ट्रिय परीक्षा बोर्डले नयाँ मिति अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ।
शिक्षक आन्दोलनका कारण बोर्डले हिजोमात्र वैशाख ११ देखि तय गरिएको परीक्षा मिति १० दिन धकेलेर २१ गतेदेखि गर्ने निर्णय गरेको थियो।
बोर्डले नियमित तथा आंशिकतर्फका परीक्षा तालिका संशोधन गरी प्रकाशन गरेको हो।
000
गत चैत १५ मा तीनकुनेमा भएको राजावादीको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनको परिवारलाई १०-१० लाख राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने सरकारले निर्णय गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन्।
000
नेकपा माओवादी केन्द्र केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई एक दिन पनि सरकारको नेतृत्वमा बस्ने नैतिक अधिकार नभएको जिकिर गरेको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष अग्निप्रसाद सापकोटाले ओली सरकार आफ्नो औचित्य पुष्टि गर्न पूर्ण असफल भइरहेको बताएका हुन्।
कांग्रेस-एमाले सरकारले प्रचण्ड नेतृत्वमा अघि बढाइएको भ्रष्टाचारविरोधी अभियानलाई राेकेर सुशासन कायम गर्न लागेका अधिकारीलाई छानी–छानी दण्डित गरिरहेको उनको आरोप थियाे।
000
प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टाे कार्लाेसबीच भेटघाट भएको छ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूबीच भेट भएको हो।
विश्वविजेता कार्लाेस नेपाल सुपर लिगको तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आएका उनलाई ओलीले माउन्टेन फ्लाइट र जंगल सफारीको योजनासहित अर्कोपटक नेपाल आउन निम्ता दिएका थिए।
000
नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो आधिकारिक पेजमार्फत सूचना जारी गर्दै नेपाली राष्ट्रिय टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो।
एन्फाका अनुसार नेपाल र हङकङबीचको खेल आगामी जुन ५ मा हङकङमा आयोजना हुनेछ।