बागमती प्रदेशका उपसभामुखलाई कोरोना संक्रमण

बागमती प्रदेशसभाका उपसभामुखलाई कोरोना संक्रमण पुष्टि भएको छ। कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि सङ्कलन गरिएको उनको स्वाव परीक्षणको आजको रिपोर्ट पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ।

हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईँले पनि सोको पुष्टि गरे। हेटौंडास्थित आफ्नै निवासमा उनी सेल्फ आइसोलेशनमा बसेका छन्।

कोरोना सङ्क्रमण पुष्टि भए पनि उनीमा सामान्य रुघाखोकीबाहेक कुनै लक्षण नदेखिएको उनका स्वकीय सचिवले जनाएका छन्। उनीसँगै मकवानपुरमा आज १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ।

प्रकाशित मिति: : 2020-08-17 17:10:31

प्रतिकृया दिनुहोस्