रेशम चौधरी पक्राउ परेपछि पार्टी एकता घोषणा स्थगित भयाे– सिके राउत

फाइल तस्बिर
फाइल तस्बिर

जनमत पार्टीका अध्यक्ष सिके राउतले नागरिक उन्मुक्ति पार्टीसँग एकता घोषणा स्थगित भएको बताएका छन्। 

बुधबार प्रज्ञा भवनबाट नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेपछि पार्टी एकता घोषणा अनिश्चितकालका लागि स्थगित गरिएको उनले बताएका हुन्। 

पार्टी एकीकरण हुन लाग्दा रेशमलाल चौधरीलाई प्रहरीले पक्राउ गरेको बताउँदै उनले भने, ‘यसको हामी घोर भर्त्सना गर्दछौं। यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ। बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं।’

आज जनमत र नाउपाबीच पार्टी एकता भएर नागरिक जनमत पार्टी बन्दै थियो। 

प्रकाशित मिति: : 2025-04-30 14:06:00

प्रतिकृया दिनुहोस्