बिएल संवाददाता
आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा बुधबार दुई खेल हुँदै छन्। बुधबार विश्वकप अन्तर्गत पहिलो खेलमा इंग्ल्यान्ड र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।
आबुधाबीमा हुने खेल अपरान्ह ३:४५ बजे सुरु हुनेछ।
समूह-१ मा रहेको इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा छ। पहिलो खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको थियो। इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा छ।
बंगलादेश भने पहिलो जित निकाल्न चाहन्छ। पहिलो खेलमा बंगलादेशलाई श्रीलंकाले ५ विकेटले हराएको थियो। दोस्रो खेलमा नामिबिया र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। आबुधाबीमा हुने खेल साँझ ७:४५ बजे सुरु हुनेछ।
स्कटल्याण्ड बुधबार पहिलो जितमा खोजीमा हुनेछ। नामिबिया सुपर १२ मा सुखद् सुरुवात गर्न चाहन्छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया