बिएल संवाददाता
सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा थप ३ जना घाइते भएका छन्।
शनिबार बिहान करिब ८ बजे लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको हो जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ।
मृत्यु हुनेमा त्रिवेणी–६ पोखरी बस्ने ८ वर्षीय रेशम बुढाथोकी, सोही पालिका वडा नम्बर ५ सल्ले बस्ने १८ वर्षीया विपना बुढाथोकी र सिम्ख बस्ने ५० वर्षीय डिल्लीबहादुर वली छन्।
उनीहरूमध्ये रेशम र विपनालाई घटनास्थलबाट उद्धार गरी जिल्ला अस्पताल सल्यान पठाइएकोमा बिहान सवा १० बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए। त्यस्तै डिल्लीबहादुरको थप उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते हुनेहरूमा चालक त्रिवेणी गाउँपालिका–५ सिम्ख बस्ने २४ वर्षीय भुपाल पुनस, सोही वडाका २९ वर्षीय पारस बोहरा, वडा नम्बर ६ बस्ने ४२ वर्षीया लालमति बुढाथोकी छन्।
घाइतेहरूलाई त्रिवेणी हेल्थ केयर लुहाम सल्यानमा सामान्य उपचार गराए थप उपचारको लागि दाङस्थित घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया