बिएल संवाददाता
ठगी मुद्धामा पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक तारामान गुरुङ रिहा भएका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंले ठगी मुद्धाको जाहेरीका आधारमा ९ दिनअघि पक्राउ परेका गुरुङले रकम बुझाएपछि छाडिदिएको बतायो।
पूर्वराज्यमन्त्री समेत रहेका गुरुङविरुद्ध ३ जना पीडितले किटानी जाहेरी दिएका थिए। तीनैजना पीडितको रकम बुझाएपछि उनलाई हिरासत मुक्त गरिएको प्रहरीले जनाएको छ।
उनीविरुद्ध दोर्जे शेर्पा, रिंगुज्याम्बु शेर्पा र सुनुर्पा शेर्पाले प्रहरीमा जाहेरी दिएका थिए। उनीहरूको जाहेरीपछि प्रहरीले भदौ १८ गते गुरुङलाई पक्राउ गरेको थियो।
प्रहरी स्रोतका अनुसार गुरुङले दोर्जेको ३३ लाख ५० हजार, रिंगुको १४ लाख र सुनुर्पुको २४ लाख रुपैयाँ बुझाएपछि रिहा भएका हुन्।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया