शनिबार, ३१ अक्टोबर २०२६

प्रधानमन्त्री कार्यालयको नियन्त्रणमा रहेका सिँचाइका डीजी र सुनकोशी मरिणका आयोजनाका प्रमुख रिहा

News Image
• • •

प्रधानमन्त्री कार्यालयले नियन्त्रणमा लिएका सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी–मरिण डाइभर्सन आयोजनाका प्रमुख कृष्णप्रसाद रिजाल रिहा भएका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयको ठाडो निर्देशनमा प्रहरीले बिहीबार रजौरियालाई सिरहाको लहानबाट र रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिएर काठमाडौं पठाएको थियो।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनीहरूसँग आवश्यक सोधपुछ तथा अनुसन्धानपछि रिहा गरिएको हो।

रजौरिया सिँचाइ विभागका महानिर्देशक तथा रिजाल सुनकोशी–मरिण डाइभर्सन आयोजनाका प्रमुख हुन्।

सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रियासम्बन्धी विवादका विषयमा अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरी प्रधानमन्त्रीको कार्यालयमा झिकाइएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!